Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

भण्डारीको विद्यावारिधि उपाधि प्राप्तिको अनुसन्धानको सार सार्वजनिक

गण्डकी न्यूज गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
ShareTweetSend

नेपालमा लघुवित्त सेवाले कृषि प्रयोजनका लागि लगानी गरिएका लघुवित्त प्रयोगकर्ता सदस्यहरूको जीवनस्तरमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सकारात्मक परिवर्तन ल्याएको तथ्य एक विस्तृत अध्ययनले देखाएको छ।

यो अध्ययन अनुसन्धानकर्ता विष्णु प्रसाद भण्डारीद्वारा विद्यावारिधि (PhD) उपाधि प्राप्तिको क्रममा पाँच वर्ष लामो अवधिमा सम्पन्न गरिएको शैक्षिक अनुसन्धान हो, जसले लघुवित्त संस्थामा आबद्ध भएपछि सदस्यहरू आर्थिक रूपमा सबल बन्दै सामाजिक रूपान्तरणतर्फ अघि बढेको निष्कर्ष प्रस्तुत गरेको छ।

यो अध्ययन प्राध्यापक डा. केशरजंग बराल र प्राध्यापक डा. केशव राज जोशीको शोध–निर्देशनमा सम्पन्न गरिएको हो। अनुसन्धानमा Sequential Explanatory Mixed Methods विधि अपनाइएको छ, जसअनुसार पहिला संख्यात्मक र त्यसपछि गुणात्मक विधिमार्फत तथ्यको विश्लेषण गरिएको छ।

संख्यात्मक पक्षमा ३८० जना लघुवित्त प्रयोगकर्ता सदस्यहरूसँग विस्तृत सर्वेक्षण गरिएको थियो भने गुणात्मक पक्षमा ५ वटा प्रतिनिधिमूलक केस अध्ययन गरी सदस्यहरूको वास्तविक अनुभव, व्यवहार र जीवनस्तरमा आएको परिवर्तनलाई गहिराइका साथ अध्ययन गरिएको थियो। यो अनुसन्धान कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका तथा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सञ्चालन गरिएको हो।

अध्ययनका नतिजाअनुसार लघुवित्त संस्थामा आबद्ध भएपछि सदस्यहरूको औपचारिक वित्तीय सेवामा पहुँच उल्लेखनीय रूपमा विस्तार भएको पाइयो। पहिले साहु–महाजन तथा अनौपचारिक ऋणमा निर्भर रहेका धेरै सदस्यहरूले अहिले लघुवित्त तथा बैंकिङ प्रणालीमार्फत ऋण, बचत तथा अन्य वित्तीय सुविधा उपयोग गर्न थालेका छन्। सहरी क्षेत्रमा यसको प्रभाव तुलनात्मक रूपमा बढी देखिए पनि ग्रामीण क्षेत्रमा पनि लघुवित्त क्रमशः महत्वपूर्ण वित्तीय आधारका रूपमा स्थापित हुँदै गएको अध्ययनले संकेत गर्दछ। तथापि, ग्रामीण क्षेत्रका केही सदस्य अझै पनि अनौपचारिक कर्जामा निर्भर रहनु लघुवित्त सेवाको पहुँच, गुणस्तर र लक्षित कार्यक्रमहरू अझ सुदृढ गर्नुपर्ने आवश्यकताको द्योतक हो।

आर्थिक दृष्टिले हेर्दा, लघुवित्तमा आबद्ध भएपछि सदस्य परिवारहरूको औसत आम्दानी, बचत, खर्च र सम्पत्तिमा स्पष्ट वृद्धिदर देखिएको छ। यसले सदस्य परिवारहरूको आर्थिक स्थायित्वलाई मजबुत बनाउँदै दीर्घकालीन सुरक्षातर्फ अग्रसर गराएको छ। साथै, धेरै सदस्यहरू पशुपालन, तरकारी खेती तथा कृषि आधारित साना उद्यमतर्फ आकर्षित भएका छन्। यस्ता उद्यममा संलग्न सदस्यहरूको आम्दानी अन्य सदस्यहरूको तुलनामा बढी देखिनु लघुवित्तले रोजगारी सिर्जना र स्थानीय उद्यमशीलता प्रवर्द्धनमा सकारात्मक योगदान दिएको पुष्टि हो। यसका परिणामस्वरूप परिवारभित्रको बेरोजगारी दर उल्लेखनीय रूपमा घटेको पाइएको छ।

लघुवित्त सेवाको प्रभाव आम्दानीमै सीमित नरही सदस्यहरूको बजार पहुँच विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग अभिवृद्धि तथा खाद्य आत्मनिर्भरता सुदृढीकरणमा समेत देखिएको छ। आधुनिक कृषि अभ्यास अपनाउने सदस्यहरूमा खाद्य सुरक्षाको अवस्था तुलनात्मक रूपमा राम्रो रहनुले लघुवित्त र कृषि आधुनिकीकरणबीचको सम्बन्धलाई प्रस्ट पारेको छ।

सामाजिक पक्षका दृष्टिले समेत उल्लेखनीय परिवर्तन देखिन्छ। लामो समयसम्म लघुवित्त संस्थामा आबद्ध सदस्य परिवारहरूमा बालबालिकाको विद्यालय उपस्थिती बढेको, स्वास्थ्यसम्बन्धी सचेतना विकास भएको, नियमित स्वास्थ्य जाँचको अभ्यास बढेको तथा समुदायगत सहभागिता र नेतृत्व क्षमतामा सुधार आएको पाइयो। यसले लघुवित्त सेवाले आर्थिक उन्नतिसँगै सामाजिक सशक्तीकरणमा पनि योगदान पुर्‍याएको स्पष्ट संकेत गर्दछ।

सदस्यहरूको धारणा र सन्तुष्टिको विश्लेषण गर्दा, सूक्ष्मकर्जा सेवाप्रतिको सन्तुष्टि नै लघुवित्तप्रतिको समग्र धारणा निर्धारण गर्ने प्रमुख आधार बनेको देखिएको छ। विशेषतः सहरी क्षेत्रका सदस्यहरू कर्जासेवाबाट बढी सन्तुष्ट देखिए पनि ग्रामीण क्षेत्रका सदस्यहरूको सन्तुष्टि स्तर तुलनात्मक रूपमा कम देखिनुले ग्रामीण लक्षित सेवा, कर्जा व्यवस्थापन तथा सहायक कार्यक्रमहरू अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने संकेत गर्दछ।

यस अध्ययनको बाह्य विज्ञका रूपमा दिल्ली विश्वविद्यालय (भारत) का वाणिज्य विभागका पूर्व डिन प्राध्यापक डा. सी. पी. गुप्ताले मूल्याङ्कन गरेका थिए । उक्त अध्ययनलाई पृथ्वी नारायण क्याम्पसले बुधबार क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको उपस्थितिमा अनुसन्धानको सार सार्वजनिक गरिएको हो । कार्यक्रमको अध्यक्षता व्यवस्थापन अनुसन्धान विभागका प्रमुख सह–प्राध्यापक डा. वीर बहादुर कार्कीले गरेका थिए भने QAA प्रमुख अमृत भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

समग्रमा, कर्जा, बचत, तालिम, बीमा तथा सामाजिक सहायतासँग जोडिएको एकीकृत लघुवित्त मोडेल कृषि प्रयोजनका लागि संलग्न लघुवित्त प्रयोगकर्ता सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि प्रभावकारी माध्यम बन्न सक्ने निष्कर्ष यस विद्यावारिधि अनुसन्धानले प्रस्तुत गरेको छ। उपयुक्त नीतिगत व्यवस्था, वित्तीय साक्षरताको विस्तार, ग्रामीणमैत्री सेवा विकास तथा संस्थागत समन्वयलाई थप सुदृढ गर्न सकेमा लघुवित्तले सदस्य परिवारहरूको जीवनस्तर उकास्न दीर्घकालीन योगदान पुर्‍याउन सक्ने विश्वास यस अध्ययनले व्यक्त गरेको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 21 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा
Breaking 1

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

by राम बहादुर रोकाहा
2026 August 21 मा प्रकाशित
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद
गण्डकी क्षेत्र

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ
गण्डकी क्षेत्र

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
गण्डकी क्षेत्र

भरुवा बन्दुकजस्ता सात संरचना बरामद

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 21 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

2026 August 21 मा प्रकाशित
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

2026 August 20 मा प्रकाशित
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

2026 August 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews