Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक

ShareTweetSend

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मिनप्रसाद गुरुङले आगामी पाँच वर्षका लागि ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ‘समृद्ध स्याङ्जा, जनताको हित’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको सङ्कल्प पत्रमा पूर्वाधार, सामाजिक विकास, उद्यमशीलता तथा स्थानीय अर्थतन्त्र, कृषि तथा पशुपन्छी विकासलाई मुख्य आधार बनाइएको छ ।

गुरुङले पाँच वर्षभित्र निर्वाचन क्षेत्रका सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडक सञ्जालले जोड्ने लक्ष्य अघि सारेका छन् । वडा केन्द्रसम्म सडक विस्तार गर्ने र सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी स्याङ्जा–पाल्पा–रुपन्देहीलाई जोड्ने आर्थिक करिडोरका रूपमा विकास गर्ने योजना पनि उनको प्राथमिकतामा परेको छ ।

यसैगरी, ज्याग्दी र आँधीखोला करिडोर सुधार, वैकल्पिक लोकमार्ग निर्माण, ‘एक घर–एक धारा’ अभियानमार्फत खानेपानी विस्तार, आवश्यक स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता गरिएको छ । सदरमुकाम स्थित मालेबगर खेलमैदानलाई सुविधासम्पन्न बनाउने र प्रत्येक पालिकामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने योजना पनि समेटिएको छ ।

सामाजिक क्षेत्रमा गुरुङले निरपेक्ष गरिबी आधाले घटाउने, अति विपन्न परिवारलाई उद्यमशील कार्यक्रममा आबद्ध गर्ने र बेरोजगारी दर घटाउने लक्ष्य राखेका छन् । स्वास्थ्य बिमामा शतप्रतिशत सहभागिता सुनिश्चित गर्ने उनको अर्को प्रतिबद्धता छ ।

स्वास्थ्य र शिक्षातर्फ स्याङ्जा सदरमुकामस्थित प्रदेश अस्पताललाई ५० शय्यामा पूर्ण क्षमतासहित सञ्चालन गर्ने, स्थानीय तहका अस्पतालको पूर्वाधार पूरा गर्ने तथा सामुदायिक विद्यालय सुधारका लागि सङ्घीय शिक्षा ऐन संशोधन पहल गर्ने योजना अघि सारिएको छ । विद्यालय तहदेखि नै उद्यमशीलता शिक्षा लागू गर्ने, दलित समुदायका परम्परागत सिप संरक्षण गर्दै आयआर्जनमा जोड्ने तथा विधवा र एकल महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने, होमस्टे स्तरोन्नति गरी अन्तर्राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने तथा साहसिक पर्यटनका सम्भावना उजागर गर्दै पूर्वाधार विस्तार गर्ने लक्ष्य पनि राखिएको छ । निजी क्षेत्रसँग सहकार्य गरी सुन्तला प्रशोधन र जडीबुटीजन्य उद्योग स्थापना गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

कृषितर्फ सुन्तला, कफी र मसलाबालीको क्षेत्र विस्तार, गाईभैंसी जोन विकास, सहकारीमार्फत जग्गा चक्लाबन्दी र दुई सय आधुनिक कृषि तथा पशुपन्छी फर्म स्थापना गर्ने योजना समेटिएको छ ।

गण्डकी प्रदेश सभाका पूर्व सदस्य गुरुङले यो सङ्कल्प पत्र पार्टीको घोषणापत्र नभई आफ्नो व्यक्तिगत कार्यदिशा भएको स्पष्ट पार्दै कार्यान्वयनका लागि मतदातासँग साथ र समर्थनको आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन
Breaking 1

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

by गण्डकी न्यूज
2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
Breaking 1

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
Breaking 2

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
Main News 1

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
Main News 1

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

by राम बहादुर रोकाहा
2026 April 11 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

2026 April 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews