जेन-जेड आन्दोलनको क्रममा कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदी ४४ दिनपछि स्याङ्जामा पक्राउ परेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका –१ का २५ वर्षीय विश्वास नेपालीलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
गत भदौ २४ गते राति नेपाली कास्की कारागार कार्यालयबाट फरार भएका थिए । जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका नेपालीलाई कात्तिक ७ गते स्याङ्जाको भीरकोट नगरपालिका –१ दार्सिङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक कमल नेपालीले बताए ।
उनीमाथि थप कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार अपराधी पक्राउ गर्न देशभर कडाइ गरिएको छ र विशेष सूचनाको आधारमा निरन्तर निगरानी बढाइएको छ ।














