जेन-जेड आन्दोलनको क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी बिनोद दर्जी स्याङ्जामा पक्राउ परेका छन् ।
स्याङ्जा चापाकोट नगरपालिका –४ का ३४ वर्षीय दर्जीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवाअर्चलेको संयुक्त टोलीले आज बिरुवा गाउँपालिका –६ धरादीबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दर्जीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार स्याङ्जामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।