स्याङ्जाको वालिङ नगरपालिका –६ मिर्दीस्थित आँधीखोला किनारबाट अवैध रूपमा ढुंगा उत्खनन् र ओसार–पसार भइरहेको अवस्थामा प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान करिब ९:३० बजे विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले ग १ त ३४०७ नम्बरको ट्याक्टर ढुंगा लोड गर्दै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीले सो ट्याक्टरका चालक वालिङ नगरपालिका –६ मिर्दीका ३८ वर्षीय चुत्र दर्जीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ ।