Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा अब मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा मान्यता, प्रदेश प्रमुख भट्टद्वारा प्रमाणीकरण

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 4 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा मान्यता, प्रदेश प्रमुख भट्टद्वारा प्रमाणीकरण
ShareTweetSend

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाले सरकारी कामकाजी भाषाको रूपमा मान्यता पाएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयकलाई संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् ।

पारित भएका विधेयकमा ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ रहेका छन् ।

गत असार २४ गते प्रदेशसभाबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि साउन १२ गते कार्यालयमा आएको र सोमबार प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिइन् । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै अब राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ ।

देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरक्त मगर र गुरूङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सरकारले सुझाव सङ्कलन पनि गरेको थियो । यहाँका मगर तथा गुरूङ समुदायले आफ्ना मातृभाषालाई सरकारी कामकाजमा मान्यता प्रदान गर्न पटक पटक ध्यानाकर्षण गराएका थिए भने आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको थियो । भाषा आयोग काठमाडौँले पनि प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको थियो ।

गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ । पछिल्लो २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । त्यसमध्ये ४ लाख ६४ हजार ३ सय १० (१८.८ प्रतिशत) मगर र २ लाख ७२ हजार २ सय ७० (११ प्रतिशत) गुरुङ समुदायका छन् ।

सरकारी कार्यालयमा रहने सार्वजनिक दस्तावेज पनि अनुवाद गरी अभिलेखीकरण गर्न सकिने, प्रदेश राजपत्रमा पनि दुई भाषामा प्रकाशन गर्न सकिने, मगर र गुरुङ भाषालाई उच्च शिक्षासम्म अध्ययन–अध्यापनको व्यवस्था गर्न सकिने विषय पनि विधेयकले समेटेको छ ।

सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारी कामकाजका भाषाका अतिरिक्त अन्य भाषाको संवर्धन र संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्ने विषय विधेयकमा उल्लेख छ ।

Tags: विधेयक प्रमाणीकरण

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Main News 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews