Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

स्वास्थ्य चौकीबाट कन्डम ल्याए, राती चार्ज गर्न निहूँ बनाए, रक्सी खाएर बलात्कार गरे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2025 June 27 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
ShareTweetSend

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ कोलगाउँ बस्ने १२ वर्षीया निशा तामाङ स्थानीय विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन् । असार १० गते मंगलबार राति सुतेकी उनी बिहान उठ्दा भेटिइनन् ।

बुधवार(असार ११ गते) बिहान गाउँको एक भिरमा उनै निशा मृत फेला परिन्। घरबाट करिब ४ मिटर तल रहेको छ्यादीखोला जंगलको भिरमा उनको शव भेटिएको थियो।

ठूलो बुवाका छोरा फुर्वा तामाङ सोही दिन बिहानै च्याउ टिप्न भन्दै छ्यादीखोला जंगलतर्फ लागे । च्याउ टिप्ने क्रममा उनले भीरमा अड्केको अवस्थामा मान्छेको खुट्टा देखे । अलि नजिक गएर हेर्दा शव चिनिहाले । उनले बीभत्स अवस्थामा निशाको शव भेटेका थिए। घटनाबारे प्रहरीलाई खबर भयो। त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो।

‘घटना प्रथम दृष्टिमै हत्या थियो। सँगै बलात्कार पनि भएको हुनसक्ने अनुमान ग¥यौँ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले भने। त्यतिन्जेल हत्यारा पत्ता लागेको थिएन।

एसपी कार्कीसहितको टोली अनुसन्धानमा जुट्यो। यस्तै प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुर पनि घटनास्थलमा परिचालन भए।

कुकूर पुग्नुअघि नै प्रहरीले घटनास्थल पत्ता लगाइसकेको थियो। प्रहरीका अनुसार घर नजिकैको मकै बारीमा मकै भाँचिएका थिए, रगत लतपतिएको ढुंगा पाइएको थियो। त्यही ढुंगाले टाउकामा हानेर हत्या गरेको देखियो। त्यहाँ हत्या गरेपछि बोकेर भिरमा लगेर फालेको प्रहरीले आशंका गरिसकेको थियो।

सोही क्रममा दुई जना युवकलाई शंकाको दृष्टिमा लिइसकेका थिए। ‘दुई जना केटाहरूमाथि हामीले प्रस्ट शंका गरिसकेका थियौँ,’ एसपी कार्कीले भने, ‘उनीहरूको व्यवहार, शारीरिक हाउभाउ, शंका गर्ने खालका त्यही। घटनास्थलको अवस्था हेर्दा एक जनाको हातबाट त्यो सम्भव पनि देखिन्नथ्यो ।’

जब तालिमप्राप्त कुकूर पुग्यो, प्रहरीको शंका पुष्टि हुने गरी संकेत गर्‍यो। ‘कुकूरले हत्यामा प्रयोग भएको ढुंगा सुँघेपछि शंका गरेकै केटाको घरमा डोर्‍याएर लग्यो, घरमा घटनाका बेला लगाएका लुगा पनि भेटिए,’ एसपी कार्कीले भने।

त्यही संकेतका आधारमा थप अनुसन्धान गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन्।

बलात्कार र हत्यापछि पनि उनीहरू गाउँमै बसोबास गर्दै आएका थिए । पक्राउ परेकाहरू विरुद्ध नाबालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

चार्ज गर्ने निहुँ बनाएर घरबाट अपहरण गरी हत्या

पक्राउ पर्नेहरू मृतक बालिकाकै आफन्त नाता पर्ने तथा छिमेकीहरू रहेको प्रहरीले बताएको छ । उनीहरूलाई प्रहरीले सोही गाउँबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये एक जनालाई भने आज शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । निशाको बलात्कार र हत्या प्रकरणमा जोडिएका सबै जना पक्राउ परेको एसपी कार्कीको भनाइ छ ।

उनीहरूले निशालाई बलात्कार गर्ने योजना बनाएर चार्ज गर्ने निहुँले उनको घरमा पुगेको एक अनुसन्धान अधिकृतले बताए ।

हाफ लाइन आएकाले त्यस दिन मोबाइल चार्ज हुन पाएको थिएन । पदम विदेशबाट फर्केकाले उनले पावर बैंक ल्याएका थिए । त्यही पावर बैंकमा चार्ज गर्न भन्दै उनीहरूले मोबाइल निशालाई दिए । ‘टिकटक पनि हेर्नु, मोबाइल पनि चार्ज गर्नु भनेर केटाहरूले मोबाइल दिएका थिए । मोबाइल लिने निहुँमा राति उनको घरमा गई बालिकालाई बाहिर लगेर बलात्कारपछि हत्या गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

निशालाई घरबाट बाहिर निकालेपछि उनीहरूले सुरुमा कटेरामा लगेको खुलेको छ । कटेरोमा निशाका बाहिरी कपडाहरू समेत भेटिएको थियो । त्यसपछि नजिकैको मकैबारीमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । घटनास्थलको मकैबारी माडिएको समेत प्रहरीले जनाएको छ ।

यो सबै काम गर्नेहरूलाई निशाले चिनेको हुनाले पोल खुल्ने डरले उनीहरूले घाँटी कसी हत्या गरेको स्वीकार गरेको प्रहरीले समेत बताएको छ । कपडाले घाँटीमा कसेर हत्या गरेको, अनुहारमा ढुंगाले हानेको पाइएको प्रहरीले बताएको छ ।

मकैबारीमा निशाका भित्री बस्त्रहरू भेटिएका थिए । शव कसैले नभेटोस् भनेर करिब एक किलोमिटर टाढाको छ्यादीखोलामा फाल्ने उद्देश्यले भिरबाट खसालेका थिए । तर रूख र ढुंगाको कारण शव माथि नै अड्किएको अवस्थामा भेटिएको थियो । हत्यापछि चार जनाले शव बोकेर भिरमा लगेर फाले। ‘एक जनाले बलात्कार गर्दा प्रयोग गरेको कन्डम खोलामा बगाउन गएको रहेछ,’ उनले भने।

स्वास्थ्य चौकीबाट कन्डम ल्याए, रक्सी खाएर बलात्कार गरे

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त सबैले प्रारम्भिक सोधपुछका क्रममा घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। सँगै योजना बनाएर बलात्कार गरेको पनि बताएको एसपी कार्कीले बताए।

‘उनीहरू सबै छिमेकी हुन्। सबैको मृतक बालिकासँग नजिकको नाता पनि लाग्छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति र अभियुक्तको कुरा सुन्दा सबै योजनाबद्ध देखिन्छ।’

उनले त्यसको कारणका रूपमा अभियुक्तहरूले भनेको कुरा जानकारी दिए। घटना असार १० गते(मंगलवार) राति १० बजेको हो।

‘त्यो दिन उनीहरू दिउँसो स्वास्थ्य चौकी गएर कन्डम ल्याए। राति पाँचै जनाले रक्सी सेवन गरे,’ एसपी कार्कीले भने, ‘त्यसपछि मृतक बालिकालाई मकै बारीमा लगेर पालैपालो बलात्कार गरेको देखिन्छ।’ १२ वर्षिया बालिकाले पाँच जनाको करणी सहन गर्न सकिनन्।

अभियुक्त नै भन्थे- अपराधीलाई छोड्नुहुँदैन

सिन्धुपाल्चोक प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा अहिले पक्राउ परेका अभियुक्तहरू पनि घटनास्थल वरपर घुम्दै प्रहरीलाई नै गाइड गर्थे ।

‘यताबाट घिसार्दै उता लगेको जस्तो छ । यस्तो अपराधीलाई त छोड्नुहुँदैन सर । हेर्नै नसकिने गरी मारेको छ । कस्तो अपराधी रहेछ,’ भन्दै आफूहरूलाई त्यतिबेला अहिले पक्राउ परेका व्यक्तिले भनेको एक अनुसन्धान अधिकृत बताउँछन् ।

प्रहरीको कुकुर घटनास्थल सुँघ्दै एक व्यक्तिको घरमा पुग्यो । त्यसपछि कपडामा संकेत गर्‍यो । ती कपडामा रगतका केही टाटा समेत भेटिए । कपडा कसको भन्ने पत्ता लगाएपछि केहीबेर अघिसम्म प्रहरीलाई गाइड गर्दै हत्यारालाई छोड्नुहुँदैन भन्ने व्यक्ति नै पक्राउ परे । एक जनालाई पक्राउ परेपछि उसैले अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएपछि धमाधम अरू पनि पक्राउ परे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
Breaking 2

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 June 6 मा प्रकाशित
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
Breaking 2

बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित
हिंसापीडित महिलाको सहारा बन्दै स्याङ्जाको अल्पकालीन सेवा केन्द्र
Breaking 2

हिंसापीडित महिलाको सहारा बन्दै स्याङ्जाको अल्पकालीन सेवा केन्द्र

by राम बहादुर रोकाहा
2026 May 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews