Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 11 मा प्रकाशित
नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी
ShareTweetSend

नेपालमै पहिलोपटक निर्माण भएको नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख रुपैयाँ बढी भेटी रकम संकलन भएको छ ।

भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी भएको हो । नगद, बैंक क्युआर तथा खाद्य सामाग्री बिक्रीबाट ७७ लाख ६९ हजार तीन सय २९ रुपैयाँ भेटी रकम संकलन भएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिए ।

सहयोग रसिद तथा बैंक क्युआरबाट ५९ लाख दस हजार आठ सय ८९ रुपैयाँ, दान पेटिकाबाट १६ लाख २६ हजार छ सय ६५ रुपैयाँ र चामल, धान, आलू, आटा खाद्य सामाग्री बिक्री गर्दा दुई लाख ३१ हजार सात सय ७५ रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पोख्रेलले बताए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा एक लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए ।

१४४ बर्षमा आएको महाकुम्भको समयमा फागुन ६ गतेबाट नौ दिन महाशिवरात्रीसम्म धार्मिक महोत्सव गरिएको थियो । पहिलो दिनबाटै भक्तजनको भीड लागेको नवग्रह मन्दिरमा दैनिक जसो लाइनमा बसेर भक्तजनले पूजा तथा दर्शन गर्नु परेको थियो । धार्मिक महोत्सवमा छिमेकी देश भारत, नेपालभित्रका सबै जिल्लाका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको थियो ।

नवग्रह मन्दिर अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख वाचक रहेका थिए भने डाक्टर केएन स्वामी, युवा पण्डित प्रशान्त ढकालले समेत धार्मिक प्रवचन दिएका थिए ।

महोत्सवमा गायक खुमन अधिकारी, गायिका देवी घर्ती मगरले आफ्ना साङ्गितिक प्रस्तुति समेत राखिएको थियो । महोत्सवको अन्तिम दिन महाशिवरात्रीमा गायक टेक नारायण चापागाईं र गायिका देवी घर्ती मगरको स्वरमा रहेको नवग्रह भजन ‘नवग्रह तिम्रै चरणमा छौं, तिम्रै सरण पर्छौँ’ बोलको गीतको भिडियो छायांकन समेत गरिएको थियो ।

१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।

पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रंग लगाइएको छ । नवग्रह मन्दिरसङ्गै षट्कोण शिवालय बनाइएको छ भने यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग (सात क्वीन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिङ्गको दुई पटक घुमेर पूजा गरेसङ्गै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने मन्दिरमा विवाह नहुने हुँदा सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । यहाँ षट्कोण शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रह फर्काएर करिब तीन मिटर पूर्वको जङ्गलमा राखिएको छ ।

नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ ।

मूल नवग्रह मन्दिर पालिकाको वडा नं. – १ मा रहेपनि अन्य नौवटा निशान प्रतीमा पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरूप ब्रह्माण्डीय स्वरूपमा घुमेर रहेको भीरकोट नपाको वडा नं – ७, पुतलीबजार नपाको वडा नं – १३ र १४ र आँधीखोला गापा – १ मा निशान प्रतिमालाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइएको छ भने नौ वर्षमा सबै निशान पहिलाको ठाउँमा पुग्ने छन् ।

नव्रग्रह मन्दिर बनेको यस जल वराह धार्मिक वनभित्र ग्रह अनुसारका बिरुवा समेत रोपिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
Breaking 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

by राम बहादुर रोकाहा
2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
Breaking 2

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Main News 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Main News 1

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

2026 March 22 मा प्रकाशित
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews