Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो

पचहत्तर हजार भन्दा बढी भक्तजनले गरे पुजाआजा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 February 24 मा प्रकाशित
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
ShareTweetSend

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वल गरिएको छ । दीप प्रज्वलनमा हजारौंको संख्यामा भक्तजनको सहभागिता रहेको थियो ।
अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा अनुष्ठानको सातौं दिनमा सवा करोड दीप प्रज्वलन गरिएको हो । यहाँको पञ्चकन्या मन्दिर, षट्कोण शिवालय र नवग्रह मन्दिरमा दीप प्रज्वलन गरिएको हो ।

गत वर्ष शिवरात्रीको दिनमा सुरुवात गरेर पालिकाले एक वर्षमै देशकै पहिलो नवग्रह मन्दिर निर्माण गरेको हो । १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठाण र धार्मिक महोत्सव गरिएको हो ।

उक्त महोत्सवमा दिनहुँ हजारौं भक्तजनले पुजाआजा तथा दर्शन गरेका छन् । मन्दिरमा पुजा तथा दर्शनको लागि दैनिकजसो भक्तजनको घुइँचो लाग्दा लाइन लगाउनु परेको छ ।

नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान तथा धार्मिक महोत्सवको सातौं दिनसम्म ७५ हजारभन्दा बढी भक्तजनले पुजाआजा तथा दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । जिल्ला मात्र नभई छिमेकी जिल्लाहरु तथा अन्य प्रदेशका भक्तजन समेत यहाँ आएर पुजाआजा तथा दर्शन गरेको अध्यक्ष तिवारीको भनाइ छ ।

दीप प्रज्वलनसङ्गै यहाँ चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन चलिरहेको छ ।

यस महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहेका छन् भने डा. केएन स्वामीले समेत शनिबार धार्मिक प्रवचन दिएका थिए ।

घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ नेपालकै पहिलोपटक नवग्रह मन्दिरको निर्माण गरिएपछि दर्शन तथा पूजाअर्चना गर्न पाइने भएको हो ।

१५७ रोपनी अर्थात् आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।

पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रंग लगाइएको छ । नवग्रह मन्दिरसङ्गै षट्कोण शिवालय बनाइएको छ भने यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग (सात क्वीन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिङ्गको दुई पटक घुमेर पूजा गरेसङ्गै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने मन्दिरमा विवाह नहुने हुँदा सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । यहाँ षट्कोण शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रह फर्काएर करिब तीन मिटर पूर्वको जङ्गलमा राखिएको छ ।

अनुष्ठानपछि नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ ।

मूल नवग्रह मन्दिर पालिकाको वडा नं. – १ मा रहेपनि अन्य नौवटा निशान प्रतीमा पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरूप ब्रह्माण्डीय स्वरूपमा घुमेर रहेको भीरकोट नपाको वडा नं – ७, पुतलीबजार नपाको वडा नं – १३ र १४ र आँधीखोला गापा – १ मा निशान प्रतिमालाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने छ भने नौ वर्षमा सबै निशान पहिलाको ठाउँमा पुग्ने छन् ।

नव्रग्रह मन्दिर बनेको यस जल वराह धार्मिक वनभित्र ग्रह अनुसारका बिरुवा समेत रोपिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
Breaking 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

by राम बहादुर रोकाहा
2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
Breaking 2

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Main News 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Main News 1

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

2026 March 22 मा प्रकाशित
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews