Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा कहाँ कहाँ पाइन्छ सयपत्री फूलमाला ? यति पर्छ मूल्य

पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 12 मा प्रकाशित
पोखरामा कहाँ कहाँ पाइन्छ सयपत्री फूलमाला ? यति पर्छ मूल्य
ShareTweetSend

दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरले तिहारका लागि आवश्यक फूल स्थानीय उत्पादनले धान्ने र बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगर फूलमा आत्मनिर्भर बनेको महानगरको दाबी छ ।

मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रमुख कडरियाले यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन ।

“स्थानीय किसानसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ”, उनले भने, “यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।”

पोखरामा कहाँकहाँ पाइन्छ सयपत्री फूल ?

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र फूलविक्रीको लागि स्थान तोकेको छ । विभिन्न वडाका किसान बजारहरूमा फूल विक्री थालेको हो । आइतबार बिहानदेखि फूल विक्री सुरु भैसकेको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

पोखरा १७ विरौटा, वडा नम्बर १३, पोखरा १६ र १९ को ठूलीपोखरी, अमरसिंहचोक, कोलपाटन र पोखरा ३१ बेगनासमा फूल किन्न पाइन्छ । बेगनासको कोट देउराली सहकारी हो भने अरू सबै स्पट महानगरले नै खोलेको किसान बजार हो ।

महानगरपालिकाले सयपत्री फूलको मूल्यसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय किसानको समन्वयमा फूलको मूल्य तोएिको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच, १० देखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु चार र पाँचदेखि १० ग्रामको रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, एक सय ८० र रु एक सय ५० तोकिएको छ । यसैगरी प्रतिकेजी रु चार सय सयपत्री फूलको मूल्य तोकिएको छ ।

यसैगरी महानगरले रैथाने हाटबजारसमेत आजदेखि शुभारम्भ गरेको छ । हाटबजारमा स्थानीय उत्पादनका १० बढी प्रदर्शनी कक्ष रहेका छन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।

यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्यवस्तु कोदो, मकै, गहुँ, फापरलगायत तरकारीजन्य वस्तु पनि बिक्रीका लागि राखिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा सेरोफेरो

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

by गण्डकी न्यूज
2025 June 20 मा प्रकाशित
पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति
Breaking 1

पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
धर्म/संस्कृति

पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews