Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ताल बाराही मन्दिर शिलान्यास, ९ करोड लगानी, २ बर्षमा सम्पन्न हुने

ताल बाराही पोखराको गहना भएकाले रकमको चिन्ता नलिनू: मेयर आचार्य

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 1 मा प्रकाशित
ताल बाराही मन्दिर शिलान्यास, ९ करोड लगानी, २ बर्षमा सम्पन्न हुने
ShareTweetSend

पोखराको फेवाताल बीच भागमा अवस्थित ताल बाराही मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार शिलान्यास गरे ।

ऐतिहासिक महत्वको यो मन्दिर पुरानै स्वरुपमा निर्माण गर्न पुरातत्व विभागको समन्वयमा कुल ९ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिने योजना छ ।

आचार्यले ताल बाराही पोखराको गहना भएको बताए । मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने जनाउँदै उनले रकमको चिन्ता नलिन आग्रह समेत गरे ।

मन्दिर व्यवस्थापन समितिले गत वर्षदेखि नै माइकिङ गरेर मन्दिर दर्शन गर्न आउने भक्तजनबाट सहयोग रकम संकलन गर्दै आएको छ ।

मन्दिर गुठी व्यस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले मास्टर प्लान अनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणमा ९ करोड खर्च हुने अनुमान रहेको बताए । उनका अनुसार मन्दिर आगामी २ वर्षमा निर्माण पूरा हुनेछ ।

मास्टर प्लानअनुसार यहाँ मूल मन्दिरसहित गणेश मन्दिर, हवनकुण्ड बन्नेछन् । साथै, अण्डरग्राउन्डमा सभा हल, बैठक कक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायत बन्ने छन् ।

तालवाराहीमा कोजाग्रत पूर्णिमामा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भने भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आएको छ । पुरानो मन्दिर भत्काइए पनि बाराही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी त्यहाँ पुग्ने गर्छन ।

मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ ।

अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति
Breaking 1

पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
धर्म/संस्कृति

पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
धर्म/संस्कृति

श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न
धर्म/संस्कृति

पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

by गण्डकी न्यूज
2025 April 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 8 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 8 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

2025 May 7 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

ट्याक्टरको ठक्करबाट एकजना घाइते

2025 May 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews