Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
ShareTweetSend

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै डिजिटल सुरक्षाका चुनौती पनि थपिँदै गएका छन् । ह्याक भएका खाता, नक्कली प्रोफाइल र अनलाइन ठगीका घटनाले चिन्ता बढाइरहेका बेला डिजिटल पहिचान व्यवस्थापन एक नयाँ सम्भावनायुक्त क्षेत्रका रूपमा अघि आउन थालेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ छापाका २० वर्षीय चन्द्र काफ्ले यही क्षेत्रमा सक्रिय छन् । उनले प्रोफाइल भेरिफिकेशन, खाता सुरक्षा र डिजिटल व्यवस्थापनसम्बन्धी काम गर्दै आएका छन् ।

उनको यो यात्राको सुरुआत भने औपचारिक शिक्षा वा तालिमबाट होइन । कोभिड–१९ महामारीको लकडाउनका बेला अनलाइन गतिविधि बढेसँगै खाता ह्याक हुने र दुरुपयोगका घटनाहरू बढेको देखेपछि उनी आफैं सिक्दै यस क्षेत्रमा लागेका हुन् । “समस्या देखेपछि समाधान खोज्ने जिज्ञासा बढ्दै गयो,” उनी भन्छन् ।

सुरुआतमा सामाजिक सञ्जाल पेज व्यवस्थापनबाट काम थालेका काफ्लेले विस्तारै प्राविधिक पक्षमा ध्यान दिन थाले । अहिले उनी भेरिफिकेशन प्रक्रिया, प्रोफाइल अप्टिमाइजेसन, गुगल नलेज प्यानल व्यवस्थापनजस्ता काममा संलग्न छन् । साथै, दुई-तह प्रमाणीकरण (2FA), रिकभरी सिस्टम र शंकास्पद गतिविधिको निगरानीजस्ता सुरक्षात्मक उपायमा पनि उनी सक्रिय छन् ।

नेपालमा यो क्षेत्र अझै व्यवस्थित र औपचारिक रूपमा विकास भइसकेको छैन । प्रायः अनुभव र स्व-अध्ययनमै आधारित भएर काम भइरहेको छ । तर, पछिल्लो समय सार्वजनिक व्यक्तित्व, खेलाडी र विभिन्न पेशामा आबद्ध व्यक्तिहरूले आफ्नो डिजिटल पहिचान सुरक्षित र प्रमाणित राख्न यस्तो सेवाको माग गर्न थालेका छन् ।

काफ्लेले हालसम्म २५ भन्दा बढी व्यक्तिहरूसँग काम गरिसकेका छन् । उनका क्लाइन्टमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, नन्दन यादव, गुल्शन झा, सोमपाल कामी र करण केसी लगायत रहेका छन् । साथै, उनले विदेशी खेलाडी रुबेन ट्रम्पेलम्यानको डिजिटल प्रोफाइल व्यवस्थापनमा समेत काम गरेका छन् ।

उनका अनुसार यो काममा सबैभन्दा ठूलो आधार विश्वास हो । “व्यक्तिगत खाता र जानकारीसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले गोपनीयता र सुरक्षा पहिलो प्राथमिकता हो,” उनी भन्छन् ।

ग्रामीण परिवेशबाट आएका काफ्लेको डिजिटल यात्राको सुरुआत सामान्य थियो । टेलिभिजनबाट सुरु भएको प्रविधिप्रतिको चासो पछि मोबाइल र इन्टरनेटसम्म पुगेको हो । विद्यालय जीवनमै उनले डिजिटल प्रणालीबारे बुझ्न थालेका थिए ।

प्राविधिक कामसँगै उनी लेखनमा पनि रुचि राख्छन् । किशोर अवस्थादेखि नै लेखन सुरु गरेका उनका सामग्री विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् ।

यद्यपि, यो क्षेत्रमा चुनौती पनि कम छैनन् । औपचारिक मान्यता अभाव, साइबर जोखिमको निरन्तर परिवर्तन र सामाजिक सञ्जालका नीतिमा हुने उतारचढावले कामलाई जटिल बनाउँछ । आम्दानीको अनिश्चितता पनि अर्को पक्ष हो । “प्रविधि सधैं परिवर्तन भइरहन्छ, त्यसैले सिकाइ पनि निरन्तर हुनुपर्छ,” काफ्ले भन्छन् ।

आगामी दिनमा उनले आफ्नो कामलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना बनाएका छन् । उनका अनुसार डिजिटल पहिचान अब केवल अनलाइन प्रोफाइल नभई व्यक्तिको सार्वजनिक पहिचानको महत्वपूर्ण हिस्सा बनिसकेको छ, जसको सुरक्षा अपरिहार्य हुँदै गएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी
गण्डकी क्षेत्र

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
गण्डकी क्षेत्र

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews