Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बिरामीको मृत्युपछि डाक्टर कुट्दा मणिपालमा तनाव, संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे !

गण्डकीभर ईमर्जेन्सी बाहेकका सेवा ठप्प, दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 September 27 मा प्रकाशित
बिरामीको मृत्युपछि डाक्टर कुट्दा मणिपालमा तनाव, संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे !
ShareTweetSend

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर डाक्टरमाथि कुटपिट हुँदा अस्पताल सोमबार रातिसम्मै अशान्त रह्यो ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरे । चिकित्सकका अनुसार डा. शाहले ‘होहल्ला नगरिदिनुस्, अरु बिरामीलाई डिस्टर्व हुन्छ’ भन्नासाथ गुरुङले उनीमाथि प्रहार गर्न सुरु गरेका थिए । तर, मृतक पक्ष भने यस कुरा मान्न तयार छैनन् ।

कुटपिट भएपछि प्रहरी बोलाइयो । प्रहरीले कुटपिट गर्ने गुरुङलाई नियन्त्रणमा लिए । गुरुङले प्रहरीकै बीचबाट सबैलाई पालैसँग फोन गर्दै केटाहरुको ठूलो समूह बोलाएको मनिपालमा अध्ययनरत एक विद्यार्थीले गण्डकन्यूजलाई बताए । ‘डाक्टरमाथि कुटपिट भएपछि हामीले सुरक्षाका लागि प्रहरी बोलाएका हौँ । उहाँहरु आउनुभयो । र, कुट्ने व्यक्तिलाई उता कोठामा राख्नुभयो । मोबाइल नियन्त्रणमा लिनुपर्ने थियो तर लिइएन । प्रहरीकै अगाडि सबैलाई बोलायो । अनि, ठूलो समूह आएर अस्पतालमाथि तोडफोड गरेको हो ।’ ति विद्यार्थीले भने ।

राति अबेरसम्मै मृतकका आफन्त र उनको समर्थनमा पुगेका युवाहरुको ठूलो भीड अस्पतालमा थियो । चिकित्सकहरुले भने डाक्टरमाथि हातपात गर्नेमाथि मुद्दा चलाउनुपर्ने माग राख्दै दबाब दिइरहेका थिए । एकातिर आफन्त र शुभचिन्तकको भीड मान्छे गुमाएका कारण आक्रोसित हुने नै भए । अर्कोतिर चिकित्सकले पनि नारा लगाउन थालेपछि प्रहरीले चिकित्सकहरुमाथि लाठी चार्ज गर्‍यो ।

दिउँसोदेखि नै जिल्ला प्रशासनको समन्वयमा अस्पताल व्यवस्थापन, पीडित परिवार र चिकित्सकबीच वार्ता बसिरहेको भए पनि टुंगो लाग्न सकेको थिएन । प्रहरी पनि अन्ततः बल प्रयोग गर्ने मनसायमा पुगे ।

ती विद्यार्थीले युवाहरुको समूह हतियारसहित आएको बताउँछन् । युवाको समूहले होहल्ला गर्दै सामानहरु फुटाउने, हेल्मेटले हान्ने, सीसा फोड्न थाले । मणिपालमा अध्ययनरत इन्टर्न विद्यार्थीहरु, कर्मचारीहरुले पनि माथिबाट पानीको बोत्तल मात्र फालेको उनले दाबी गरे । नर्स, चिकित्सकहरु निकै अतालिएका थिए । प्रहरीले वार्ड वार्डमै पुगेर चेकजाँच गरिरहेका डाक्टरमाथि समेत लाठीचार्ज गरेको डाक्टर पक्षको दाबी छ ।

प्रहरीले डाक्टर दिनेश कुमार बिकलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि चिकित्सकहरु झनै आन्दोलित भएका हुन् । डाक्टरको संरक्षणका लागि पुगेको प्रहरीले नै उल्टै डाक्टर कुटेपछि झनै माहौल बिग्रिएको थियो । अस्पतालमा कांग्रेसनिकट नेविसंघ र तरुण दलमा आवद्ध युवाहरू मृतकको तर्फबाट आन्दोलन गर्न पुगेका थिए । दिउँसो २ बजेदेखि सुरु भएको नाराबाजी र आन्दोलन राति ९ बजेसम्म चलेको थियो ।

जब प्रहरीले नै आक्रोशित भीडमा पुगेर अश्लिल शब्द प्रयोग गर्दै डाक्टर कुटेँ भने

प्रहरी निरीक्षकले नै डाक्टर कुटेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ । इन्स्पेक्टर मदन श्रेष्ठले आक्रोशित भीडसामु गएर अपशब्द बोल्दै डाक्टरमाथि कुटपिट गरेको कुरा बडो शानले सुनाएका छन् । सुरक्षा दिन पुगेको प्रहरीले नै अपशब्द बोल्दै डाक्टरलाई रगताम्य हुने गरी चुटेको बताउँदा चिकित्सकहरुले असुरक्षाको महसुस गरेको बताइरहेका छन् ।

इन्स्पेक्टर श्रेष्ठले यहाँ उल्लेख गर्नै नमिल्ने अपशब्द प्रयोग गर्दै आक्रोशित भीडमा गएर भनेका छन् –डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ । त्यसपछि भीडबाट ताली बज्छ । खै भिडियो हेरौं भनेर भन्छन् । इन्स्पेक्टर श्रेष्ठले ल अब हल्ला नगर्नुस्, आनन्दले बस्नुस् है तपाईंहरुलाई गाली गरेको छु मैले ? भनेर बाहिरिन्छन् ।

प्रहरीको यही रबैयाका कारण हो आज डाक्टरले दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग प्रमुखताका साथ उठान गरेको पनि हो । हामीसँग सम्पर्कमा आएका विद्यार्थीले पनि आज अस्पताल जाने अवस्थामा आफूहरु नरहेको बताए ।

‘हिजो रातिसम्मै आतंक मच्चियो । संरक्षण गर्ने प्रहरी नै पीडक पक्षतिर लागेर डाक्टरमाथि जाइलागे । आज त पढाइ पनि भएन । हामी पनि गएनौँ । केही होस्टलमै छन् । हामी फुलबारीमा कोठा लिएर बस्छौँ । खाना खान होटलसम्म पनि निस्कन सकेका छैनौँ । निकै अशान्ति र भयको वातावरणमा छौँ ।’ ती विद्यार्थीले भने ।

बिरामीको अप्रेसन गरिएको जानकारी नै दिइएन, बिरामी भेट्न पनि दिइएन — आफन्त

बिरामीका आफन्तले भने चिकित्सकबाट आफूहरुलाई अभद्र व्यवहार भएको बताएका छन् । उपचार गर्न लगेको बिरामी भित्र लगेको केही समयपछि नै मृत्यु भइसकेको जानकारी चिकित्सकले दिएपछि आफन्त आक्रोशित बनेका थिए । ‘केही सोधपुछ गर्न लाग्दा उल्टै डाक्टरहरु आएर घेर्न थाल्नुभयो,’ एक आफन्तले भने, ‘हातमा हतियार जस्ता सामान लिएर हामीलाई नै आक्रमण गर्न लाग्नुभयो ।’
अस्पतालमा उपचार सुरु गर्दा पनि समस्या के हो भनेर नभनिदिएको र सल्लाह नगरेको आफन्तको गुनासो छ । अप्रेसन गरिएको जानकारी नै आफूहरुले नपाएको उनीहरूले बताएका छन् । ‘एकपटक भेट्न पनि दिइएन,’ एक आफन्तले भने, ‘के के भयो भनेर बुझ्न जाँदा महिलामाथि नै डाक्टरबाट उल्टै अभद्र व्यवहार भयो ।’

तनाव उत्पन्न भएपछि जम्मा भएको भिडसँग चिकित्सकहरुको समूह आमनेसामने पनि भएको थियो । भुइँतलामा जम्मा भएको आफन्त र आक्रोशितको भिडलाई माथिल्लो तलाबाट चिकित्सक समूहबाट बोतल प्रहार गरेका थिए । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई पनि उनीहरुले ‘हामीलाई तपाईहरुको सुरक्षा चाहिँदैन भन्दै च्याँठ्ठिएका थिए । हाम्रो मणिपालबाट तिनलाई निकाल्नोस् भन्दै अस्पतालका आवासीय र इन्टर्न चिकित्सकहरुले प्रहरीलाई थर्काएका पनि थिए ।

आफन्तहरुले चिकित्सकमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन् । ‘कुनुकन औषधि दिइएको थियो, अप्रेसन गर्दा किन जानकारी गराइएन, के उपचार गरिएको हो, छानबिनबाट खुल्नुपर्छ,’ उनीहरुले भनेका छन् ।

प्रहरीले पक्राउ गरेका डा. बिक रिहा

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीले नियन्त्रणमा लिएका डा. दिनेश कुमार बिकलाई रिहा गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर विकलाई रिहा गरिएको प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बिकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा संवेदनशीलतालाई मनन गरी चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार बिकलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ।

यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मृतक परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ ।

गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

गण्डकीभरका स्वास्थ्यसेवा प्रभावित

आजदेखि गण्डकीभरका सबै अस्पतालमा भर्ना भएका बिरामी र ईमर्जेन्सीबाहेक सबै सेवा ठप्प छन् । नेपाल चिकित्सक संघ, गण्डकीले ३ बुँदे माग अघि सार्दै उक्त माग पूरा नभएसम्म ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।

मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषी प्रहरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने र कारबाही गरिएको लिखित जानकारी दिन माग गरिएको छ ।

यस्तै, दोषीहरुलाई गरिएको कारबाही सम्बन्धी जानकारी नेपाल सरकारको छाप सहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चार माध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग रहेको छ ।

एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । (अफिन), गण्डकी अध्यक्ष डा. गिरधारी शर्मा र सचिव ऋषि खतिवडाले विज्ञप्ति जारी गरेका हुन् ।

मणिपालका सम्पूर्ण आवासीय चिकित्सक तथा इन्टर्नहरुले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नभएसम्म काममा नफर्कने बताएका छन् । मृतक दुराको शव अस्पतालमा नै छ । दुवै पक्षबीच सहमति नजुट्दा उनको शव अस्पतालबाट निकालिएको छैन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको रोहबरमा मंगलबार मृतकका आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच वार्ता भएको थियो । अस्पतालको सेवालाई निरन्तरता दिने र छानबिन गर्नुपर्ने देखिए गर्ने सहमति जुटेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । थप छलफल र वार्ताको वातावरण बनाउने जिम्मा कास्की प्रहरीलाई दिइएको छ । जिल्ला प्रशासनले अस्पताल प्रशासन र मृतकका आफन्तलाई नै छलफलमा जुट्न भनेको छ ।

सोमबार मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरियो । आइतबार लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।

प्रहरी पनि चार जना घाइते

पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उत्पन्न स्थितिलाई साम्य पार्ने क्रममा ४ जना प्रहरी पनि घाइते भएको कास्की प्रहरीले प्रतिक्रिया दिएको छ ।

बिरामीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तद्वारा डाक्टरमाथि कुटपिट हुँदा मणिपाल अस्पताल दिउँसो १ बजेपछि रातिसम्मै अशान्त रह्यो । पहिले मृतकका पक्षबाट ठूलो समूहका समर्थकलाई सम्हाल्न हम्मे हम्मे परेको प्रहरी पछि स्वास्थ्यकर्मी आन्दोलित भएपछि लाठीचार्ज गर्न उद्धत बनेको थियो ।

Doctor-Manipal

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले प्रहरी पनि ४ जना घाइते भएको बताए । उनले एक जनाको टाउकोमा तीन वटा टाँकासमेत लगाएको जानकारी दिए । आक्रोशित ठूलो समूह अस्पताल तोडफोडमा उत्रेका थिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरी घाइते भएका हुन् । पछि चिकित्सकहरु पनि नाराबाजीमा उत्रिएका थिए ।

अपशब्द बोल्दै डाक्टर कुटेको हूँ भन्ने प्रहरीमाथि अनुसन्धान हुन्छः प्रवक्ता

‘प्रहरीले त डाक्टर पनि कुटेछन् । अपशब्द प्रयोग गर्दै मृतक पक्षसँग गएर डाक्टर साफसँग कुटेको र ढुटो हुने गरी रगतै रगत बनाइदिएको भनेर प्रहरी निरीक्षक मदन श्रेष्ठले नै भनेका छन् । यसबारे कास्की प्रहरीको धारणा के छ ?’ भन्ने प्रश्नमा डिएसपी बिकले भने – ‘त्यही त, भिडियो, समाचारमा देखेपछि थाहा भयो । यसो हुन नपर्ने हो । तालुक निकाय प्रदेश कार्यालयकै ध्यानाकर्षण भइसकेको छ । अनुसन्धान भइहाल्छ ।’

‘आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपर्‍यो’

डाक्टर कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उनले जबसम्म कडा कानुन बन्दैन तबसम्म पार्टीको काममा नफर्किने घोषणा गरेका हुन् ।

डा.कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् ।

सोमबार बिना आरोप नेपाल प्रगतिशील चिकित्सक सङ्घ गण्डकीका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको समेत उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन

चिकित्सकमाथि भइरहेको आक्रमणविरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार सुरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आज बिहानैदेखि विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ प्रदर्शन गरेका हुन् ।

हिजो मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरिएको थियो ।

अस्ति लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।

medical

यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता
Breaking 2

प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

by गण्डकी न्यूज
2025 July 8 मा प्रकाशित
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
Breaking 2

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ

by रञ्जन अधिकारी
2025 July 3 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
Breaking 2

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

by रञ्जन अधिकारी
2025 June 27 मा प्रकाशित
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
Breaking 2

गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
स्याङ्जाको चराङमा फल्यो स्याउ
Breaking 2

स्याङ्जाको चराङमा फल्यो स्याउ

by रासस
2025 June 7 मा प्रकाशित
यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आव्हान
Breaking 2

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आव्हान

by गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ

स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ

2025 July 15 मा प्रकाशित
प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

2025 July 15 मा प्रकाशित
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

2025 July 12 मा प्रकाशित
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै

2025 July 12 मा प्रकाशित
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’

स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’

2025 July 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews