Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराका ट्याक्सी मिटरमा चल्न थाले

स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था गर्नुपर्नेमा चालकको जाेड

गण्डकी न्यूज गण्डकी न्यूज
2023 August 19 मा प्रकाशित
पोखराका ट्याक्सी मिटरमा चल्न थाले
ShareTweetSend

पोखरा उपत्यका भित्र सञ्चालन हुने भाडाका ट्याक्सी मिटरमा चल्न थालेका छन्। शुक्रबारदेखि पोखरामा चल्ने ट्याक्सीले यात्रुसँग मिटरमा उठेको भाडा लिन थालेका हुन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखराभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो ।

२०७८ फागुन १ देखि लागू हुनेगरी गण्डकी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी दाेहाेराे रूटमा यात्रु नपाइने भएपछि मिटरमा चलेका थिएनन्।

शुक्रबार ट्याक्सी मिटरमा चल्न थालेसँगै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमनसमेत गरे। यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीसँगको समन्वयमा उनले छड्के अनुगमन गरेका हुन्। पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोक लगायतमा स्थानमा विहानदेखीनै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।

भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० कायम गरिएको छ।

यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकहरुलाई कारवाही हुने समेत स्पष्ट पारेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा गरिएको अनुगमन अधिकांश ट्याक्सीले मिटरमा उठ्ने भाडाअनुसार यात्रु बोकेका छन्। सबैभन्दा बढी भाडा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्ने ट्याक्सीले लिने गरेको गुनासो हुन्थ्यो। ट्याक्सीले मनपरी भाडा असुल्ने जनगुनासो भएकाले मिटरमा चलाउन ट्याक्सी व्यवसायीलाई सहमत गराएको मन्त्री जुग्जालीले बताए। ट्याक्सी व्यवसायीलाई सहमत गराएर मिटरमा चलाउन अनिवार्य गरेको उनको भनाइ छ।

ट्याक्सी व्यवसायीले मिटरमा यात्रु चढाए नचढाएको निरन्तर अनुगमन हुने मन्त्री जुग्जालीको दाबी छ। ‘धेरै चरणमा ट्याक्सी व्यवसायसँग छलफल गरेर यो निष्कर्षमा आएको हो। रातो प्लेटले यात्रु बोक्ने अनुमति छँदै छैन। बोकेको पाए कडाइपूर्वक कारबाही गर्छौं’, इन्ड्राइभप्रति लक्षित गर्दै उनले भने

समायोजन गरिएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० कायम गरिएको छ।

भाडादर घाटा नहुने किसिमले समायाेजन हुनुपर्‍यो – ट्याक्सी चालक

ट्याक्सी चालकहरुले इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा जाेड दिएका छन् । उनीहरूले पाेखरा बजार काठमाण्डाै  जस्ताे नभएकाे भन्दै यात्रु लिएर गन्तव्यमा पुगेर छाडेपछि रित्तै फर्कनुपर्ने बाध्यता रहेकाेले घाटा हुने बताउँदै आएका छन् ।

‘पोखरा बजार सानो छ । काठमाण्डौ हेरेर हुँदैन । ट्याक्सी धेरै छन् । घण्टौँ लाइनमा बसेपछि पालो आउँछ । १-२ सय ट्रिपमा छुट्नुपर्छ । फर्कदाँ रित्तै फर्किनुपर्छ । यताबाट लगेपनि फर्कँदा यात्रु पाइँदैन ।’ ट्याक्सी चालक बेद क्षेत्रीले भने– ‘त्यसैले दुईतर्फी तेल खर्च पनि नउठ्ने अवस्था आउन सक्छ । लाखौँ लोन छ । हाम्रो पनि समस्या छ । सबैले ठगेका हुँदैनन् । हाम्रो समस्यालाई पनि मिडियाले ठाउँ दिनुपर्‍यो नि ।’

आफूहरु मिटरमा चलाउन तयार नै रहेको तर भाडा समायोजन घाटा नलाग्ने हिसाबले हुनुपर्नेमा चालकहरुले जोड दिएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु
Breaking 1

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा सेरोफेरो

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

by गण्डकी न्यूज
2025 June 20 मा प्रकाशित
सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु
Breaking 1

सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित
गण्डकी सरकारले स्थगन गर्नसाथ यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिबाट नियमित रुपमा गाडी चल्ने
Breaking 1

गण्डकी सरकारले स्थगन गर्नसाथ यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिबाट नियमित रुपमा गाडी चल्ने

by गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित
गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण हो: प्रदेश प्रमुख भट्ट
Breaking 1

गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण हो: प्रदेश प्रमुख भट्ट

by गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews