Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैं रोगको ढोका पनि, रोगबाट बच्न के गर्ने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैं रोगको ढोका पनि, रोगबाट बच्न के गर्ने ?
ShareTweetSend

दशैं उत्सवको अवसरमा गरिने अनियन्त्रित खानपिनले सधैंका लागि रोग निम्त्याउन सक्छ। सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो। आफन्तजन र साथीहरूसँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ। मासुविनाको दशैं के दशैं भन्नेहरू पनि थुप्रै भेटिन्छन्।

तर, मासुका साथै पर्वका वेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूमपानले नसर्ने रोगको ढोका खोल्छ। अस्पतालमा पनि पर्वकै वेला बिरामीको संख्या बढ्छ। चाडबाडको अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग पनि लाग्नसक्ने चिकित्सकहरूको भनाइ छ।

मुटुः

अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो। मुटुमा असर बढ्दै जाँदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ। दशैं–तिहारपछि धेरैको शरीरमा ट्राइल्गिसराइड र युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला धेरै मद्यपानले मुटुको चाल अनियमित गराउने बताउँछन्। “चाडबाडका वेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू वेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ”, उनी भन्छन्। मुटुको चाल गडबडी हुँदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्ने उनको भनाइ छ।

मद्यपानले खाने नली र पेटबीचको जङ्सन च्यातिन्छ। “त्यसको असर मस्तिष्कमा पर्छ”, डा. कोइराला भन्छन्।

मिर्गाैलाः

मद्यपानसँगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा असर मिर्गौलामा पर्छ। मिर्गौला कमजोर बनाउँछ, फलस्वरुप पाचन क्षमता घट्छ। मिठाईका अप्राकृतिक रंग र फ्रूट जुसमा प्रयोग गरिने रसायनले ग्याष्ट्रिक, झ्ाडाबान्ता र कलेजोमा एलर्जी हुनसक्ने वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. राजेन्द्रकुमार अग्रवाल बताउँछन्। उनका अनुसार चाडपर्वकेन्द्रित खानपानले कलेजो रोगी र मिर्गौलाका बिरामी बढाउँछ। डा. अग्रवाल भन्छन्, “अत्यधिक रक्सी सेवनले शरीरमा सुगरको मात्रा घटेर बेहोश अवस्थामा आउनेहरू पनि थुप्रै छन्। ग्याष्ट्रिक हुनेहरूलाई त झ्नै समस्या हुन्छ।” मद्यपानका कारण बिरामीमा दिसा र वान्ताबाट रगत जाने समस्या पनि देखिने उनी बताउँछन्।

मधुमेहः

मधुमेहका बिमारीले गुलियो र चिल्लो बार्नुपर्छ। दशैं–तिहारका खानेकुरामा यिनैको मात्रा बढी हुन्छ। मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशी यस्तो वेला मधुमेहका बिरामीले विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिन्छन्। बोसो धेरै भएको खानाले शरीरको तौल बढाउँछ। सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ। “तारेका तथा बोसोजन्य खाना हत्तपत्त खानुहुन्न”, डा. जोशीको सुझाव छ।

पेटः

हरियो सलादजन्य खानेकुरा नपखाली खाँदा झाडापखालाका साथै मस्तिष्कमा संक्रमण हुनसक्छ। अरू वेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण यो वेला पेटका बिरामी बढ्ने वीर अस्पतालका पेट रोग विशेषज्ञ डा. भुपेन्द्रकुमार बस्नेत बताउँछन्। खानामा सन्तुलन नमिलाउँदा फूड पोइजनिङको समस्या पनि हुन्छ।

मनोरोगः

चाडबाडको खानपानमा नियन्त्रण राख्न नसक्दा मनोरोगको सम्भावना हुन्छ। रमाइलो गर्ने नाममा अत्यधिक मद्यपान र मासुले मनोसामाजिक समस्या निम्त्याउने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डा. सरोजप्रसाद वझ्ा बताउँछन्। उनी भन्छन्, “बढी मासु खाँदा मानिसमा उत्तेजना, रीस र र्झ्को मान्ने जस्ता समस्या देखिन्छन्।” मानसिक रोगको प्रमुख कारण शारीरिक रोग भएको तर धेरैले यसप्रति विचार नपुर्‍याएको बताउँदै उनी भन्छन्, “अत्यधिक मदिरा सेवनले एकैपटक दुई प्रकारकै समस्या निम्त्याउँछ।”

सन्तुलित खानपानमा संयमता नै समस्याबाट बँच्ने एकमात्र उपाय हो। चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन्। माछा, मासु, मदिरा र ड्राइफूड सकेसम्म थोरै खानुपर्छ। चिल्लो मसालेदार खाना र मदिरा खाइहाले कम्तीमा तीन लीटरसम्म पानी पिउनुपर्छ।

नर्भिक इन्टरन्यासनल हस्पिटलका डायटिसियन डा. प्रणिति सिंहका अनुसार चाडबाडका वेला रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो। सिंह भन्छिन्, “जिब्रोलाई स्वादिलो लाग्ने रातो मासुमा चिल्लो र बोसोको मात्रा बढी हुन्छ। त्यसैले कोलेस्टोरेल बढाउँछ।” उनी रातो मासु खानै परे स्वस्थ व्यक्तिले एक पटकमा तासको पत्ता जति र बिरामीले बोसो तथा छाला निकालेर मात्र खान सुझ्ाव दिन्छिन्। स्वस्थ व्यक्तिले एक हप्तामा तीनदेखि चार पटकसम्म मदिरा पिउन सक्छन्। एक पटकमा पुरुषले ६० र महिलाले ३० एमएलसम्म पिए हानि गर्दैन। उनी दशैं–तिहार भन्दै दिनहुँ भतेर गर्न नहुने र घरभित्रकै पोषिलो खानेकुरामा जोड दिनुपर्ने बताउँछिन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Main News 1

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
गण्डकी क्षेत्र

बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क

by राम बहादुर रोकाहा
2025 December 12 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 10 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

2026 March 10 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

2026 March 10 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

2026 March 10 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

2026 March 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews