Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘ओआरएस’ काे नाममा जीवनजल सट्टा जुस बेच्छन् औषधि व्यवसायी

बच्चाको लागि विष सरह ! उपभोक्ता चार गुणा बढी मूल्य तिर्न बाध्य

रञ्जन अधिकारी रञ्जन अधिकारी
२०८० बैशाख ५ मा प्रकाशित
‘ओआरएस’ काे नाममा जीवनजल सट्टा जुस बेच्छन् औषधि व्यवसायी
ShareTweetSend

‘ओआरएस’ अर्थात् ओरल रिहाइड्रेसन साेलुशन । सजिलो गरी बुझ्न ओआरएस नुन–चिनी, सफा पानीको मिश्रण हो। यो मिश्रणलाई हाम्रो मुलुकमा बोलचालको भाषामा जीवनजल भनिन्छ।

दिनभरमा कम्तिमा तीन पटक पातलो दिसा लाग्ने अवस्था पखाला (डायरिया) हो । यो बेला शरीरमा रहेको तरल पदार्थको क्षति भइ जलवियोजन हुन सक्छ। हामीले खाएको ओआरएस घोल सानो आन्द्रामा अवशोषित भएर दिसाका माध्यमले शरीरबाट गुमेको पानी र इलेक्ट्रोलाइटको कमीलाई पूर्ति गर्छ। समयमै ओआरएस घोल खाए बिरामीको ज्यान जोखिममा पर्दैन । जीवनरक्षक घोल भनिने ओआरएस झाडापखाला र हैजाको उपचारका लागि अमृत जल नै हो ।

करिब १० रुपैंयामा पाउने जीवनजल अहिले सहजै अस्पतालका फार्मेसी तथा औषधि पसलमा पाउन छाडेको छ । गत वर्षदेखि बोतलमा ओआरएसको नाममा जुस जस्तो पद्धार्थको बिगबिगी छ । नेपालका विभिन्न जिल्लामा यसको बजार विस्तार भइसकेको छ ।

फार्मेसीहरुमा जिवनजल औषधि भन्दै याे भन्दा चार गुणा बढी मूल्यमा ओआरएस नामक जुस जस्ताे बोत्तल विक्री भइरहेको छ । औषधि व्यवस्था विभाग अन्तर्गत नभई खाद्य विभाग अन्तर्गत यो जुस जस्तो ओआरएस रहेको छ । त्यसैले फार्मेसीहरुले जीवनजल जस्ता औषधिलाई पन्छाएर जुस जस्तो ओआरएस बेच्न थालेकोमा चिकित्सकले पनि चिन्ता व्यक्त गरेका छन् । १० रुपैंयामा पाइने औषधिको सट्टामा सेवाग्राहीलाई ५० रुपैंया खर्च गर्न बाध्य बनाउनू एक प्रकारले ठगी र अनैतिक काम रहेको सरोकारवालाको भनाई छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) का बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले फेसबुकमार्फत् चिन्ता व्यक्त गरे–’बजारमा उपलब्ध ओआरएस वास्तविक पखालामा प्रयोग गर्नुपर्ने ओआरएस होइन ।’, डा. बास्तोलाको प्रश्न छ – ‘किन होला डीडीएले केहि नगरेको ? न मूल्य छ । न औषधिय गुण र मात्रा खुलाइएको लेवलिङ छ । उपभोग्य समय अवधि नै एक वर्ष ? हे भगवान ?’

डा. बास्तोलाले थप चिन्ता व्यक्त गरेका छन् – ‘यो भन्दा बच्चाको स्वास्थ्यमा खेलबाड के चाहियो ? पखाला लागेका बच्चाले यस्तो विष सेवन गरेर आउने क्रम बढ्दो छ । बेलैमा सचेत हुनुहोला ।’

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केहीले ओआरएस जुस जीवनजलको सपोर्टका रुपमा पनि दिन नसकिने बताउँछन् । डा. बास्ताेला भन्छन्ः ‘सपाेर्टका रूपमा पनि खुवाउन मिल्दैन । काेक फण्टा जस्ताे पेय पद्धार्थ हाे याे । यसले झाडापखालाकाे बिरामीकाे अवस्था झनै बिगार्न सक्छ ।’

पोखराका केही औषधि पसल तथा फर्मा, फार्मेसीहरुले ओआरएस जुस नबेचेका पनि छन् । स्थलगत अध्ययनका क्रममा पनि केही सञ्चालकले औषधि व्यवस्था विभागमा दर्ता नभइ खाद्य विभाग अन्तर्गत रहेकाले यो जुसलाई औषधि भन्दै नबेचेको बताए । एक फार्मेसी सञ्चालकले भने – ‘जीवनजल नै पखालाको भरपर्दो पहिलो औषधि हो । महिनौं प्याक भएर राखिएको जुसलाई औषधिको सट्टामा दिन मिल्दैन, मनले नै मान्दैन । ’

केही औषधि विक्रेताकाे भनाइ थियाे –  ‘उपभोग्य मिति रहेको अवस्थामा जीवनजल जस्ता ओआरएसको सपोर्टका रुपमा खुवाउन सकियो । अरू रियल जुस, फ्रुटी झैँ प्रयाेग गर्न चाहिँ मिल्याे । औषधि प्रतिष्थापन गरेर चाहिँ याे भिडाउन हुँदैन ।  १० रुपैंया औषधिको ठाउँमा ५० रुपैंयाको जुस भिडाउन झन् हुँदै भएन । र, उपभोक्ता पनि सचेत हुनु जरुरी छ । जुस किन्ने होइन, बरु घरमै मात्रा मिलाएर नुन, चिनी र पानी पिउने ।’

यद्यपी यो बहस भर्खरै मात्र होइन । गत वर्षदेखि नै सुरु भएको हो । फर्मा इन्फो नेपाल भन्ने फेसबुक पेजमा गत वर्ष नै ओआरएसबारे प्रश्न उठाइएको थियो । ‘विश्व स्वास्थ्य संगठनले औषधि वा खाद्य पेय पद्धार्थ के का रुपमा सिफारिस गरिएको ?’ भन्ने प्रश्न गर्दै ‘खाद्य कम्पनीद्वारा निर्मित र खाद्य विभागद्वारा अनुमोदित वस्तु फार्मेसीमा बेचिन्छ । के औषधि व्यवस्था विभाग सचेत छ ?’ भनी सार्वजनिक प्रश्न नै गरिएको थियो । तर, अख्तियारप्राप्त जिम्मेवार निकाय भने हालसम्म मौन छन् । उपभोक्ता स्वयं सचेत भएर जुस ओआरएसको सट्टा जीवनजल जस्ता औषधि नै किन्न जरुरी छ ।

ओआरएस के हो ? के काम गर्छ ?

ओआरएस सामान्यतः चिनी र नुनको मिश्रण भएकाले जीवनजल नभएको वा उपलब्ध हुने स्थिति नहुँदा यसलाई घरमा पनि बनाएर खाई ज्यान जोगाउन सकिन्छ।

एक पटक बनाइएको ओआरएस घोललाई २४ घन्टाभन्दा बढी समयसम्म राखेर उपयोग गर्नु हुँदैन। यो घोललाई २४ घन्टाभन्दा बढी राखे ब्याक्टेरिया संक्रमणको डर हुन्छ। यसले फाइदाको सट्टा हानि पुर्‍याउन सक्छ।

बजारमा पाइने ओआरएसको प्याकेटमा लेखिएको निर्देशनलाई राम्ररी पढेर त्यसैअनुसार घोल तयार गर्न सकिन्छ । एक प्याकेट ओआरएसमा एक लिटर जति शुद्ध खाने पानी हाल्नुपर्छ। पानीको सही मात्रा नहुँदा यसले पखालाको दुष्प्रभावलाई सही रूपमा रोक्न नसकी बिरामीकाे अवस्था झन् बिग्रन सक्छ । याे अवस्था बिकराल बनी ज्यान नै जान पनि सक्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी
कास्की

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’
कास्की

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम
कास्की

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]
कास्की

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला
Breaking 1

पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला

by गण्डकी न्यूज
२०८० जेष्ठ १५ मा प्रकाशित
श्रीच्छा प्रधान बनिन् मिस नेपाल
Main News 1

श्रीच्छा प्रधान बनिन् मिस नेपाल

by गण्डकी न्यूज
२०८० जेष्ठ १३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

२०८० जेष्ठ २२ मा प्रकाशित
भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

२०८० जेष्ठ २० मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.