सम्पादकीय
नेपालमा वैशाख १ गते नयाँ वर्षको सुरुवाती दिनमै बिदा हुन्छ । वर्षैभरि नै विभिन्न चाडपर्व, जात्रा, उत्सव र दिवसका नाममा बिदा भइरहन्छ । नेपाल विविधतामा एकता भएको मुलुक हो । बिदाले विकासमा ब्रेक त लगाएकै हुन्छ उत्पादकत्वमा पनि ह्रास आउँछ । सार्वजनिक बिदाले निजामतिलाई जति स्वाद दिन्छ निजी क्षेत्रलाई त्यति नै वेस्वाद बनाउँछ । बिदाको संस्कारले मनासिकतालाई विकृत पनि बनाइरहेको छ । बिदाको प्रभाव विश्लेषण नितान्त आवश्यक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा कटौती गर्ने सङ्केत गरेका थिए तर फागुन १ गते जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा घोषणा गरिदिए । यो बिदा संवैधानिक र कानुनी रूपमा स्थापित छैन्। फागुन १ नेपाली समाजमा द्वन्द्वको घाऊ विजारोपण भएको दिन हो, यसमा पीडाका पत्रपत्र छन् । युद्धको बाछिट्टाबाट कोही अछुतो रहेनन् । फागुन महिनामा १० दिन सार्वजनिक बिदा र ४ दिन शनिबारको बिदा रहेको छ । महिनाको आधाआधी बिदामा बित्ने छ । के यो बिदाले देशलाई रचनात्मक दिशानिर्देश गर्ला ? पुनर्विचार आवश्यक छ ।
नेपालमा बिदाको अर्थ राजनीतिक अवस्था डरलाग्दो छ । जनताका पसिना चुस्ने शासक प्रशासकहरूको जन्मदिनमा जयजयकार गर्न सार्वजनिक बिदा घोषणा गर्ने सनातन परिपाटी पञ्चायतकालीन नै हो । विदेशी पाहुना आउँदाको खुशी होस् या दुर्घटनामा शोक बिदा ठोकिहाल्ने संस्कारले गरिखानेलाई सास्ती र बसिखानेलाई थप मस्ती दिएको छ । नागरिकलाई इलम चाहिएको छ । कमाइधमाइ बढाउनु परेको छ । के बिदाले यसलाई सार्थक लक्ष्यमा पु¥याउँछ ?
नेपालमा बिदाको अर्थ राजनीतिक अवस्था डरलाग्दो छ । जनताका पसिना चुस्ने शासक प्रशासकहरूको जन्मदिनमा जयजयकार गर्न सार्वजनिक बिदा घोषणा गर्ने सनातन परिपाटी पञ्चायतकालीन नै हो । विदेशी पाहुना आउँदाको खुशी होस् या दुर्घटनामा शोक बिदा ठोकिहाल्ने संस्कारले गरिखानेलाई सास्ती र बसिखानेलाई थप मस्ती दिएको छ । नागरिकलाई इलम चाहिएको छ । कमाइधमाइ बढाउनु परेको छ । के बिदाले यसलाई सार्थक लक्ष्यमा पु¥याउँछ ? केबल बिदाले मात्रै विकास र समृद्धि आउँदैन् । सरकारले आकस्मिक निर्णय गरेर दिने बिदामा पनि समझ पुग्न आवश्यक छ ।
२०७९ मा सार्वजनिक सेवा प्रवाह गर्ने अड्डामा १ सय ५० दिनभन्दा बढी बिदा छ । ५२ वटा शनिबार वाहेक ४३ दिन बिदा छन् । सरकारले घोषणा गर्ने आकस्मिक बिदा पनि छन् । प्रदेशले ६ दिन बिदा घोषणा गर्ने अधिकार छ । प्रदेश स्थापना दिवसका दिन पनि बिदाको चलन आयो । विवधता र बहुता भएको मुलुकमा चाडपर्वको बिदा स्वाभाविक छन् । यद्यपि अन्य सार्वजनिक बिदाले सेवाग्राहीको हुर्मत लिएको छ । कार्यालय खुलेको बेलामा पनि चुस्तदुरुस्त सेवा छैन् । जमाना अनलाइनको भए पनि सेवाका लागि लाइन छ । अझ् हप्तामा दुई दिन बिदा दिने काइदा फलदायी नहुँदा एक महिना पनि टिकेन ।
कामकाजीलाई आराम र मानसिक ताजगीका लागि बिदा आवश्यक हुन्छ । थोरै घण्टा काम गर्दा पनि उत्पादकत्व बढेको अनुसन्धानले पुष्टी गरेको छ । विकसित र सम्पन्न मुलुकले सातामा दुई दिन बिदा दिएर पनि मनग्य प्रगति गरेका छन् । हाम्रामा बिदाले झन् अल्छी बनाएको छ । चाडपर्व मनाउने सम्बन्धित समुदायले रोजेर बिदामा बस्ने संस्कार निर्माण गर्नु औचित्यपूर्ण हुन्छ ।
कामकाजीलाई आराम र मानसिक ताजगीका लागि बिदा आवश्यक हुन्छ । थोरै घण्टा काम गर्दा पनि उत्पादकत्व बढेको अनुसन्धानले पुष्टी गरेको छ । विकसित र सम्पन्न मुलुकले सातामा दुई दिन बिदा दिएर पनि मनग्य प्रगति गरेका छन् । हाम्रामा बिदाले झन् अल्छी बनाएको छ । चाडपर्व मनाउने सम्बन्धित समुदायले रोजेर बिदामा बस्ने संस्कार निर्माण गर्नु औचित्यपूर्ण हुन्छ ।
राणा प्रधानमन्त्री भीम शमशेरले हप्तामा एक दिन शनिबार बिदा दिने प्रचलन चलाए र सरकारी अड्डा १० देखि ५ बजेसम्म खुल्ने व्यवस्था गरे । त्यसपछि सार्वजनिक बिदा दिने चलन आएको हो । भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक अब्दुल कलामले भनेका थिए, मेरो मृत्युमा कुनै बिदा घोषणा नगुर्न, बरु थप एक दिन बढी काम गर्नु । छिमेकबाटै हामीले केही कुरा सिकेर लागु गर्न सक्छौं । बिदाको बहस निरन्तर आवश्यक छ ।
खासमा आलस्यपूर्ण बिदा मनाउनुभन्दा मुलुकको समृद्धिका लागि श्रम गर्नु अर्थपूर्ण हुन्छ । सिर्जनशील र रचनात्मक काम गरेर त्यसको परिणाम खोज्न चिन्तन गर्नुपर्छ । देखिएका सपना र कोरिएका उद्धेश्य सफल भए कि भएनन् त्यसको मूल्याङ्कन गर्नुपर्छ । परिणाम किन आएन कहाँ चुक्यौं भनेर आत्मसमीक्षा गर्नुपर्छ । बिदा केवल घाम ताप्न र मासुभात खानका लागि होइन भन्ने सन्देश दिन नसक्दासम्म सार्वजनिक बिदाको समय पानीमा बग्छ जो कहिल्यै फर्केर हाता लाग्दैन् ।
खासमा आलस्यपूर्ण बिदा मनाउनुभन्दा मुलुकको समृद्धिका लागि श्रम गर्नु अर्थपूर्ण हुन्छ । सिर्जनशील र रचनात्मक काम गरेर त्यसको परिणाम खोज्न चिन्तन गर्नुपर्छ । देखिएका सपना र कोरिएका उद्धेश्य सफल भए कि भएनन् त्यसको मूल्याङ्कन गर्नुपर्छ । परिणाम किन आएन कहाँ चुक्यौं भनेर आत्मसमीक्षा गर्नुपर्छ । बिदा केवल घाम ताप्न र मासुभात खानका लागि होइन भन्ने सन्देश दिन नसक्दासम्म सार्वजनिक बिदाको समय पानीमा बग्छ जो कहिल्यै फर्केर हाता लाग्दैन् । अति बिदाले हित हुँदैन्, मुलुकलाई बिदाले बिदा नगरोस् । तजबिजी शैलीमा सार्वजनिक बिदा घोषणा गरेर आत्मरतिमा रमाउनु हितकर छैन् । दीर्घकालीन असरको लेखाजोखा गर्नुपर्छ । हचुवा शैलीका बिदालाई खारेज गर्नुपर्छ र गलत नजिर स्थापित गरेर राख्नु हुँदैन् । सेवा प्रदायकलाई अल्छी नबनाऊ, निर्मम भएर बिदा घटाऊ, काम गर्ने समय बढाऊ । समयको गति र लयलाई थुनछेक गर्नु प्रगतिको बाधक हो ।
– सुरेश रानाभाट
प्रतिक्रिया लेख्नुहोस्:-