Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा सेदी-सराङकोट केबलकार सञ्चालनको यस्तो छ तयारी (भिडियोसहित)

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 October 2 मा प्रकाशित
पोखरा सेदी-सराङकोट केबलकार सञ्चालनको यस्तो छ तयारी (भिडियोसहित)
ShareTweetSend

पोखराको सेदी बगरदेखि सराङकोटसम्मको अन्नपूर्ण केबलकार सञ्चालनको तयारीमा छ । ढिलोमा ३ महिनासम्ममा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको सञ्चालक टीमको भनाई छ । अहिले जापानी प्राविधिक टोली नआइपुगेकाले सञ्चालनको मिति घोषणा गर्न नसकिएको अन्नपूर्ण केबलकार प्रालिका जेनेरल म्यानेजर दिनेश पौड्यालले बताए ।

पोखराका दुई महत्वपूर्ण पर्यटकीय स्थल फेवातालदेखि सराङकोट जोड्ने गरी निर्माण भएको यो केबलकार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गर्ने तयारीमा जुटेको निर्देशक तीर्थराज त्रिपाठी बताउँछन् ।

शुक्रबार मात्रै जापानीज प्राविधिक टोलीसँग अन्र्तक्रिया गरिएको जनाउँदै उनले टोलीलाई पोखरा झिकाउने प्रक्रिया सुरु हुने उनले बताएका छन् ।

यसअघि, दुई पटक सम्म सञ्चालन मिति तोकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण निर्माण सामग्रीको आयात तथा विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा केबलकार सञ्चालनमा ल्याउन नसकिएको त्रिपाठीको भनाई छ ।

जेनेरल म्यानेजर पौड्यालले भौतिक पूर्वाधारका कार्यहरू भइरहेको भए पनि स्टेसनसँगै तार टाँग्ने र केबलकारका डिब्बा (गुण्डला) राख्ने लगायतका मुख्य कार्य सबै सकिएको बताए । अब जापानी प्राविधिक टोली पोखरा आएर प्राविधिक परीक्षण गरेपछि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउने उनले बताए ।

लकडाउनले गर्दा जापानी प्राविधिकलाई सहज रुपमा ल्याउन नसकिरहेकै कारण सञ्चालन मिति धकेलिएको उनी बताउँछन् ।

लागत बढेर २ अर्ब पुग्यो

एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा हाल दुई अर्ब रुपैयाँ भेटेको त्रिपाठी बताउँछन् । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यू टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उनको भनाई छ ।

‘हामीले पछिल्लो क्रममा केबलकारको रुटमा पर्ने निजी आवादीको २० रोपनी भन्दा बढी जग्गा खरिद ग¥यौँ, त्योसँगै केबलकारसँग जोडेर विविध भौतिक संरचनाहरू निर्माण ग¥यौ जसले लागत धेरै बढायो’, त्रिपाठीले भने ।

केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताए । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ । केबलकारमा ३५ वटा यात्रु बोक्ने गुण्डला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गुण्डला थप गर्दै लगिने बताए ।

टिकट मूल्य निर्धारण

केबलकारमा टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको जनरल म्यानेजर दिनेश पौड्यालले बताए । पौड्यालले केबलकार सञ्चालन पूर्व टिकटमा विद्यार्थी, ज्येष्ठ नागरिक र स्थानीयलाई विशेष छुटको निर्णय गरिने बताए ।

प्रालिले केबलकार सञ्चालनमा ल्याएसँगै पोखराको पृथ्वीचोक र लेकसाइड क्षेत्रबाट स्टेसनसम्म पुग्नको लागि सवारीसाधनको व्यवस्था पनि गर्ने भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
Breaking 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

by राम बहादुर रोकाहा
2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
Breaking 2

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Main News 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Main News 1

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

2026 March 22 मा प्रकाशित
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews