Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका विद्युत हाकिम मरासिनीको चरम लापरबाही, फेदीखोलाका ३ वडामा डेढ महिनादेखि विद्युत अवरुद्ध [भिडियो]

रञ्जन अधिकारी रञ्जन अधिकारी
२०७८ साउन २३ मा प्रकाशित
स्याङ्जाका विद्युत हाकिम मरासिनीको चरम लापरबाही, फेदीखोलाका ३ वडामा डेढ महिनादेखि विद्युत अवरुद्ध [भिडियो]
ShareTweetSend

स्याङ्जाको फेदीखोला–४ बडाचौरमा विद्युत आपूर्ति बन्द भएको डेढ महिना नाघ्यो । विद्युत प्राधिकरणको चरम बेवास्ताका कारण १ सय घरपरिवार ठूलो समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरण, स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीको गैरजिम्मेवारीपनको सोझो मारमा स्थानिय उपभोक्ता परेका हुन् ।

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर अहिलेसम्म मर्मत नगर्दा गत जेठ अन्तिम साताबाटै बडाचौरबासीको दिनचर्या प्रभावित बनेको हो । गत जेठको अन्तिम साता चट्याङका कारण ट्रान्सफर्मर जलेकाे थियाे । पुतलीबजार ३ स्थित प्राधिकरणको कार्यालयमा मिडियासहित पीडित उपभोक्ता पुग्दा कार्यालय प्रमुख मरासिनीले धम्कीपूर्ण भाषामा ट्रान्सफर्मर नदिने नै घोषणा गरे ।

टेबुलमा निलो रंगको मोटो किताब छ, जुन नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित ऐन तथा विनियमावलीहरुको संग्रह हो । समस्यामा परेका जुन उपभोक्ता आएपनि मरासिनी यही किताब पल्टाउँछन् र मेरो जिम्मेवारी होइन भन्छन्, पन्छिन्छन् । प्रमुख मरासिनीको यस्तो व्यवहारबाट उपभोक्ताहरु आजित छन् ।

यसअघि पटक पटक कार्यालयमा अनुरोध गर्दा पनि कार्यालय प्रमुख मरासिनीले बेवास्ता गरेका थिए । अझै पनि मरासिनी ट्रान्सफर्मरको काम प्राधिकरणको होइन भन्दै पन्छिँदै आएका छन् । प्राधिकरणको गैरजिम्मेवारीपनको सीमा नाघेपछि स्थानियबासी मिडिया गुहार्न बाध्य भएका हुन् । गत साउन ४ गते पनि कार्यालयमा पुग्दा सूचना अधिकारीसमेत रहेका अच्युतराज बिष्टले एक हप्ताभित्रै समस्या समाधान गरिने भन्दै मिडियाबाजी नगर्न भनेका थिए । तर, त्यसको पनि १५ दिन कटिसक्दा समेत बडाचौरबासीले न्याय पाएका छैनन् ।

डेढ महिनादेखि बिजुली नहुँदा दैनिक जीवनयापनमा कठिनाई भएको छ । कुटानीपिसानी गर्न नपाउँदा भकारीमा धान भएपनि बोराको चामल किनेर खानुपर्ने बाध्यता छ । स्थानिय पुरुषोत्तम पौडेलको गुनासो छः कोरोनाका बेला बच्चाहरु अनलाइन कक्षा पढ्न पाएका छैनन् । नेट चल्दैन । धान कुटेर खान पाइएको छैन । कि पूरै लाइन काटिदिए पैसा त तिर्नु पर्थेन ।

भिडियाे हेर्नुहाेस्ः

ट्रान्सफर्मर फेर्ने प्राधिकरणको काम होइन, सामुदायिक वितरकको होः प्रमुख मरासिनी

कार्यालय प्रमुख मरासिनीले ट्रान्सफर्मर फेर्ने काम प्राधिकरणको नभएको जिकिर गर्छन् । उनले प्राधिकरणको सामुदायिक ग्रामिण विद्युतीकरण विनियमावली २०७१ को २० नं. विनियमको ट्रान्सफर्मरको क्षमता वृद्धि तथा मर्मत सम्भारको ३ नं. उपविनियममा उल्लेखित कुरालाई समाएर यो समस्याबाट भाग्दै आएका छन् ।

उपविनियम नं. ३ मा लेखिएको छ – ट्रान्सफर्मरको क्षमता वृद्धि नगरिकनै ओभरलोड हुने गरी सेवा विस्तार गरेमा वा उचित सम्भार नगरेको कारणबाट वा सुरक्षा सम्बन्धी उपकरण जडान नगरेको कारणबाट ट्रान्सफर्मरको क्षति हुन गएमा वितरक संस्थाले नै ट्रान्सफर्मर मर्मत तथा बदली गर्नुपर्नेछ ।

यही उपविनियम नं. ३ अनुसार आफ्नो जिम्मेवारी नभएको भनेर समस्याबाट भागेपनि प्राधिकरण यस समस्याबाट पन्छन मिल्दैन । उपविनियम ४ मा स्पष्ट उल्लेख छ– उपविनियम ३ मा उल्लेख गरिएको अवस्थामा बाहेक ट्रान्सफर्मर वा त्यससँग सम्बन्धित सुरक्षाका उपकरण जल्न गएमा प्राधिकरणको स्थानीय कार्यालयले मर्मत वा बदली गरिदिनुपर्नेछ ।

यसकारण, प्राधिकरणले नै ट्रान्सफर्मर मर्मत वा बदली गरिदिनुपर्नेछ । किनभने, उक्त क्षेत्रमा ५० केभिएको ट्रान्सफर्मर भएको अवस्थामा प्राधिकरणले नै ट्रान्सफर्मर जलेपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर बदली गरेको थियो । त्यसपछि ३ पटकसम्म ट्रान्सफर्मर जलिसकेको छ । प्राधिकरणले नै ट्रान्सफर्मर मर्मत र बदली गरिरहेको थियो । पटक पटक समस्या दोहोरिँदा तेहेरिँदा समेत प्राधिकरणले ५० केभिए क्षमताको ट्रान्सफर्मर बदली गरेन । र, यो समस्या निम्तिरहेको हो ।

सामुदायिक विद्युत उत्पादन तथा वितरण संस्थाले नै ट्रान्सफर्मर फेर्नुपर्ने कार्यालय प्रमुख मरासिनीको एकोहोरो अडान रहेपनि ट्रान्सफर्मर जलेको मूख्य कारण नै प्राधिकरणले ५० केभिए क्षमताको ट्रान्सफर्मर राख्नुपर्नेमा २५ केभिए राखेर हो । तसर्थ, प्राधिकरणले नै मर्मत वा बदली गर्नुपर्ने बताउँछन् अर्का उपभोक्ता रामचन्द्र पौडेल ।

पौडेल थप्छन्ः एउटा मिटर जडान गर्नुपरेमा प्राधिकरणको स्वीकृति चाहिन्छ । हामीले तिरेको महसुल सामुदायिक वितरण संस्था हुँदै यहीँ आउँछ । अनि वितरक संस्था भनेर मात्र पन्छन मिल्छ ? ट्रान्सफर्मरको क्षमताका कारण उत्पन्न समस्या हो । त्यसैले यो ट्रान्सफर्मर मर्मत वा बदली गर्ने काम प्राधिकरणकै हो ।

आफू मातहतको संस्था सामुदायिक वितरकलाई प्राधिकरणले न अनुगमन गरेको पाइयो, न त आफ्नो जिम्मेवारी निर्वाह गरेको पाइयो ।सामुदायिक संस्थाका सचिव महेन्द्रप्रसाद ढकालले पटक पटक निवेदन दिएको बताउँछन् । सचिव ढकालले भनेका कुराहरु अध्यक्ष चाहिँ खै ? भन्दै कार्यालय प्रमुख मरासिनीले वास्ता नै गर्दैनन् । सचिव ढकालले पटक पटक निवेदन दिएको बताउँछन् तर मरासिनी भने आफूलाई थाहै नभएको, निवेदन नै नआएको बताउँछन् । ढकालले मिडियाकै अगाडि सोमबार पनि समस्या समाधान गर्न निवेदन दिएका छन् ।

मरासिनीले मिडियासँग पनि कहिले सबै थाहा छ भन्ने, कहिले थाहै छैन भन्ने गैरजिम्मेवार कुरा गरिरहे । ‘सामुदायिकको पहिलेको ५० केभिए क्षमताको ट्रान्सफर्मर कहाँ छ ? ट्रान्सफर्मर सामुदायिककै कारण जलेको हो भन्ने ठोस आधार के हो ? तपाइले कति पटक, कहिले, कसरी अनुगमन गर्नुभयो ? र सामुदायिककै कारण जलेको हो भने कहिले कुन मितिमा सामुदायिकलाई पत्र काटेर अथवा अनुगमनको रिपोर्ट देखाएर जानकारी गराउनुभयो हामीलाई देखाउनुहोस्’ भन्ने प्रश्नमा मरासिनीसँग उत्तर थिएन ।

उल्टै अस्ति पनि एउटा मिडिया आएको थियो थर्काएर पठाए, तिमीहरू को हौँ ? मैले तिमीहरूलाई किन देखाउने ? भनेर उल्टो प्रतिप्रश्न गरे ।अन्तमा प्रश्नको सामना गर्न नसकेपछि ‘लिखित प्रश्न ल्याउनुहोस्’ भन्दै मिडियासँग गैरजिम्मेवार ढंगले प्रस्तुत भए ।

प्राधिकरणको बारम्बारको बेवास्ता र गैर जिम्मेवार कार्यालय प्रमुख दिलीप मरासिनीको हर्कत विरुद्ध पीडित उपभोक्ताहरूले अख्तियार कार्यालय लगायतका निकायलाई गुहार्ने बताएर हिँडेपछि कार्यालयका अर्का कर्मचारीले यहीँ मिलाउन सकिँदैन ? भन्दै याचना गरेका थिए ।

फिल्डमा खटिनेले पैसा मागे

मिडियाकै अघि प्रमुख समक्ष गुनासाे व्यक्त गर्ने क्रममै उपभोक्ता रामचन्द्र पाैडेलले प्राधिकरणको पोल र लाइन जडान गर्न घर क्षेत्रमा पुगेका कामदार कर्मचारीले पैसा खर्च गरेमा लाइन मिलाइदिने भन्दै पैसा माग गरेको खुलासा गरेका थिए । पौडेलले उक्त क्षेत्रमा सामुदायिकको बिजुलीमा बारम्बार समस्या आएपछि घर नजिकै रहेको अर्को प्राधिकरणको लाइन जडान गरिदिन प्राधिकरणलाई आग्रह गर्दा सुनुवाई नभएको तर पैसा दिए मिल्ने कुरा ती फिल्ड कामदारबाट थाहा भएकाे तर पैसा खर्च नगरेकाे जनाए ।

स्याङ्जा वितरण केन्द्रमा प्रमुखको रूपमा मरासिनी आएदेखि नै जनताका गुनासा सुन्न छाडिएको कार्यालयमा समस्या लिएर पुगेका उपभोक्ता बताउँछन् ।  उपभोक्ता डिल्लीराम पौडेलले कार्यालय प्रमुख मरासिनी नियमको ठेली पल्टाउँदै कुर्सीमा बस्ने तर नजिकैको गाउँ अध्यारोमा डेढ महिना रहँदा समेत वास्ता नगर्ने भन्दै आक्रोश व्यक्त गरे ।

कार्यालयमा मिडियाकर्मी पुगेपछि लामो समयदेखि मर्मत नगरी थन्काएर रहेका ६ वटा ट्रान्सफर्मर मर्मतको लागि भन्दै निकाल्न लागिएको थियो । छलफलकै क्रममा प्रमुख मरािसनीले काम सुरू गर्न मातहतका कर्मचारीलाइ निर्देशन दिएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी
कास्की

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’
कास्की

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम
कास्की

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]
कास्की

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला
Breaking 1

पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला

by गण्डकी न्यूज
२०८० जेष्ठ १५ मा प्रकाशित
‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण
कास्की

‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण

by गण्डकी न्यूज
२०८० जेष्ठ १३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

२०८० जेष्ठ २२ मा प्रकाशित
भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

२०८० जेष्ठ २० मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.