Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 June 2 मा प्रकाशित
पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो
ShareTweetSend

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले पिकअप सवारीसाधनमा जडान गरिएका हुट र छत हटाउने अभियानलाई तीव्र बनाएको छ । दुर्घटनाको जोखिम बढाउने भन्दै ट्राफिक प्रहरीले यस्ता संरचना हटाउन थालेपछि जिल्लाभर अभियान प्रभावकारी बन्दै गएको छ ।

‘ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना’ भन्ने नारासहित सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत हालसम्म १२१ वटा पिकअप सवारीसाधनबाट हुट र छत हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार कानुनविपरीत जडान गरिएका संरचना हटाउने कार्यलाई निरन्तरता दिइएको छ । अब जिल्लाभित्र सञ्चालन हुने सवारीसाधनले तोकिएको मापदण्ड पालना गर्नुपर्ने र अवैध रूपमा हुट तथा छत राख्न नपाइने उनले बताए ।

ग्रामीण तथा भित्री सडकमा चल्ने पिकअप गाडीले हुट र छतमा यात्रु राखेर सञ्चालन गर्ने प्रवृत्ति बढेपछि दुर्घटनाको सम्भावना समेत बढ्दै गएको थियो । त्यसैलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी मातहतका विभिन्न चौकीहरूले एकसाथ अनुगमन र कारबाही अभियान चलाएका हुन् ।

शाहीका अनुसार दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भएकाले चालक, सवारीधनी र सर्वसाधारण सबैको सहयोग आवश्यक छ । अभियानपछि पिकअपमा अनावश्यक रूपमा यात्रु तथा सामान बोक्ने प्रवृत्तिमा कमी आउन थालेको उनको भनाइ छ ।

जिल्लामा करिब ५०० पिकअप सवारीसाधन सञ्चालनमा रहेको बताउँदै बयरघारी ट्राफिक पोस्टका प्रमुख प्रहरी हवल्दार राजेन्द्र नेपालीले धेरै पिकअप सवारीसाधन चल्ने गल्याङ, वालिङ र चापाकोट क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार हाल जिल्लाभर दुई–चारवटा सवारीसाधनमा मात्रै हुट र छत बाँकी रहेकाले ती पनि छिट्टै हटाइनेछन् ।

यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत पुतलीबजार, बयरघारी, वालिङ र गल्याङ बजार क्षेत्रमा पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ भने ग्रामीण क्षेत्रमा समेत यसको विस्तार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकमाथि पनि कडा निगरानी राखेको छ । कार्यालयका अनुसार हालसम्म लागूपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा २१ जना चालक कारबाहीमा परेका छन् ।

सरोकारवाला निकायहरूले ट्राफिक प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन् । अभियानले ग्रामीण सडकमा हुने दुर्घटना न्यूनीकरणसँगै यातायात व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews