Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पत्रकार रञ्जन अधिकारीलाई धम्काइएकोमा पत्रकार सम्बद्ध संघसंस्थाकाे कडा आपत्ति

प्रेस चाैतारीद्वारा महासंघमा तालाबन्दी

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पत्रकार रञ्जन अधिकारीलाई धम्काइएकोमा पत्रकार सम्बद्ध संघसंस्थाकाे कडा आपत्ति
ShareTweetSend

पाेखरा । समाचार लेखेकै विषयमा यसरी सत्ताको धम्की दिँदै पत्रकार विरुद्ध आक्रमण सुरु भएपछि पत्रकार सम्बद्ध संघसंस्थाले चर्को आपत्ति जनाएका छन् । पत्रकार महासंघ गण्डकी, पत्रकार महासंघ कास्की, प्रेस चौतारी कास्की, प्रेस युनियन कास्की, प्रेस संगठन कास्की, अनलाइन पत्रकार संघ गण्डकी, खेलकुद पत्रकार मञ्च गण्डकीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । प्रेस चौतारी कास्कीले पत्रकार महासंघ भवनमा तालाबन्दी नै गरेको छ ।

  • काहुँको कालिका माविमा व्यापार: सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी चलानी बनाई बेच्ने [भिडियो]
  • श्रीमती प्रअ रहेको विद्यालयबारे समाचार लेख्नेलाई धम्की दिने श्रेष्ठ प्रहरी नियन्त्रणमा

पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा असम्बन्धित पक्षबाट धाकधम्की आएकोमा प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ । सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएका हुन् । प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ – साधारण सदस्य रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जरमा होच्याउने/गिज्याउने, एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी नेपाल, कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै सत्ता शक्तिको धाक धम्कीमा उत्रिनु असैह्य हर्कत हो । यस्ता गतिविधिहरु हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै हमला भएकाले निन्दनीय र भत्र्सनायोग्य छन् ।

साथै, समाचारको तथ्यसत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्न गैह्रपत्रकारको प्रयोग गरिएको, प्रेस कार्ड भिरेर प्रहरीलाई प्रभाव पार्न उद्धत रहेको, भ्रम फैलाएपछि भिडियो सामाग्री डिलिट गरिएको र तत्पश्चात् पनि धाकधम्की दिने गरी भएगरेका गतिविधिप्रति पनि प्रेस चौतारी नेपाल, कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

पत्रकारमाथि यस्ता धम्की आउँदा पत्रकार महासंघले अभिभावकत्व ग्रहण गर्दै श्रमजीवि पत्रकारको मनोबल गिर्न दिनुहुँदैन भन्ने हाम्रो संगठनको मान्यता छ । यो दायित्वबाट महासंघ चुक्नु हुँदैन ।

अतः यस कार्यमा संलग्न समाचारसँग असम्बन्धित व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदी नामका व्यक्तिलाई कानुनानुसार कडा भन्दा कडा कारबाही होेस् भनी जोडदार माग गर्दछौँ ।

पत्रकार महासंघमा तालाबन्दी, पत्रकार अधिकारीलाई धम्की दिनेलाई कारबाही नभएसम्म नखोलिने

पोखरा । कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघको भवनमा तालाबन्दी गरेको छ ।

पत्रकारहरुको छाता संगठन नै पत्रकारको अभिभावकत्व लिन असफल भएको भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो । अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

साथै, यस्तो निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका गैह्रपत्रकार सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ । जबसम्म पत्रकारको न्याय, हकहितका लागि महासंघले काम गरेको अनुभूति हुँदैन तबसम्म ताला नखोलिने प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले बताए ।

यस्तै, पोखरा न्यूजमा पत्रकार गणेश बरालले लेखेको समाचारलाई समेत गैह्रपत्रकार लगाएर सोहि पक्षबाट खण्डन गराउने हर्कत भएकोमा पनि प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ ।

पत्रकार अधिकारीलाई धम्की स्वतन्त्र प्रेसमाथि आक्रमण रहेको प्रेस युनियन कास्कीको ठहर

नेपाल प्रेस युनियन, कास्कीले पोखराका युवा पत्रकार रञ्जन अधिकारीलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा हस्ताक्षर गरी शनिवार प्रकाशित विज्ञप्तिमा गण्डक न्यूजका सम्पादक अधिकारीले लेखेको समाचारको विषयलाई लिएर धम्की दिइनु निन्दनीय र खेदजनक भएको उल्लेख छ ।

नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत् धम्की दिएकोमा आपत्तिजनाएको छ ।

प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै धम्की दिइएको घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको युनियन कास्कीको ठहर छ ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रता माथि आघात पु¥याउने यो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न माग गरिएको छ ।

पत्रकार अधिकारीमाथिको धम्की स्वतन्त्र प्रेसमाथिको आक्रमणः प्रेस संगठन कास्की

कृयाशिल पत्रकार तथा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई दिएको धम्कीप्रति प्रेस संगठन कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै अवैध रुपमा सञ्चालित रिपोर्टरसेभेन डटकम अनलाईनले गण्डक न्यूज डटकम र पोखरा न्यूज डटकमबिरुद्ध अनर्गल प्रचार गरेकोप्रति पनि संगठन खेद व्यक्त गरेको छ ।

संगठनका संयोजक सन्देश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धम्की दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक रहेको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख छः ‘यस घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको संगठनको ठहर छ । प्रेस स्वतन्त्रता माथि आघात पु¥याउने यस घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न प्रेस संगठन कास्की सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

साथै सोहि घटनालाई लिएर पत्रकार महासंघ कास्कीसहित महासंघ गण्डकी प्रदेश शाखामा लगाइएको तालाका कारण असहज परिस्थिति उत्पन्न भएकाले समस्या समाधानका लागि महासंघका जिल्ला र प्रदेश शाखासहित सम्पूर्ण सरोकारवाला संस्थाहरुलाई संगठन हार्दिक अनुरोध गर्दछ ।’

खेलकुद पत्रकार गण्डकीका उपाध्यक्ष अधिकारीलाई धम्की दिएकोमा मञ्चको ध्यानाकर्षण

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका उपाध्यक्ष रञ्जन अधिकारीलाई समाचारको विषयमा धम्की दिइएकोमा मञ्चले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ – ‘प्रकाशित तथा प्रसारित समाचारप्रति कुनै असन्तुष्टि वा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल नेपालमा उजुरी दिने विकल्प हुँदा हुँदै मानसिक तनाव दिई म्यासेन्जर तथा एसएमएसमार्फत होच्याउने, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की दिने गरिएको कार्यको मञ्चले निन्दा गर्दछ ।

सो कार्यमा संलग्न रहेका भनिएका श्रीकृष्ण श्रेष्ठ र सफल सुवेदीलाई कानुनी दायरामा कडा भन्दा कडा कारबाही गरी प्रेस स्वतन्त्रताको रक्षाका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं ।’

पत्रकार अधिकारीमाथि धम्की आएकोमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण

पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा धाकधम्की आएकोप्रति अनलाइन पत्रकार संघ गण्डकीले आपत्ति जनाएको छ । पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो)’ शीर्षकमा समाचार लेखेका थिए ।

सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएको पत्रकार अधिकारीले बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ –‘कास्कीका सक्रिय पत्रकार रञ्जन अधिकारी (गण्डक न्युज)ले र पोखरा न्युजले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एस.एम.एस. मार्फत् धम्की दिने कार्यप्रति अनलाइन पत्रकार संघ गण्डकीको ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै सत्ता शक्तिको धाक धम्कीमा उत्रिनु असह्य हर्कत हो । यस्ता गतिविधिहरु हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै हमला भएकाले निन्दनीय र भत्सर्ना योग्य छन् ।

साथै, समाचारको तथ्यसत्यलाई तोडमोड गरि भ्रम सिर्जना गर्न गैह्रपत्रकारको प्रयोग गरिएको, अनाधिकृत अनलाइन न्युज प्रोटलको प्रयोग गरि प्रेस कार्ड भिरेर भ्रम फैलाएपछि भिडियो सामग्री डिलिट गरिएको र तत्पश्चात् पनि धाकधम्की दिने गरी भए गरेका गतिविधिप्रति पनि अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । अतः यस कार्यमा संलग्न समाचारसँग असम्बन्धित व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदी नामका व्यक्तिलाई कानुनानुसार कडा भन्दा कडा कारबाही होेस् भनी जोडदार माग गर्दछौँ ।’

पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम: पत्रकार महासंघ गण्डकी

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यद्वय गण्डक न्युज डटकमका रञ्जन अधिकारी र पोखरा न्युज डटकमका सम्पादक गणेश बराल (ढाकामोहन) ले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले विभिन्न माध्यम (फोन, फेसबुक म्यासेन्जर र असम्बन्धित व्यक्ति) मार्फत धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले विज्ञप्ति जारी गर्दै उक्त घटनाको विषयमा महासंघ कास्की शाखा मार्फत भएका प्रयासका साथै उत्पन्न परिस्थितिको बारेमा समेत गण्डकी प्रदेश समिति जानकार रहेको जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ – प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै यस किसिमले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको हाम्रो ठहर छ ।

पेशाप्रति हतोत्साहित बनाउन खोज्ने यस किसिमका धम्कीको पत्रकार महासंघ गण्डकी प्रदेश समिति भ्रत्सना गर्दछ । घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

पत्रकार अधिकारीलाई धम्की दिनेलाई तत्काल कानुनी कारबाही गर्न पत्रकार महासंघ कास्कीको माग

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले एक विज्ञप्ती जारी गर्दै पूर्व कार्यसमिति सदस्य रञ्जन अधिकारीमाथि भएको घटना स्वतन्त्र प्रेस माथि आक्रमणको घटना भएको जनाएकी छन् ।

विज्ञप्तिमा उल्लेख छ – ‘नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत धम्की दिएको घटनाप्रति महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै धम्की दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक छ । साथै यस घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको महासंघ कास्कीको ठहर छ ।

संविधानको प्रस्तावनामा नै उल्लेख भएको प्रेस स्वतन्त्रता माथी आघात पु¥याउने यो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न पत्रकार महासंघ कास्की सम्वन्धित पक्षसँग जोडदार माग गर्दछ ।

पत्रकार अधिकारीले २०७८/०४/१५ गते शुक्रबार साँझ घटनाका विषयमा महासंघमा लिखित निवेदन दिए पश्चात् महासंघ कास्की शाखाको ध्यानाकर्षण भएको छ । महासंघ आम श्रमजीवी पत्रकारहरूको अभिभावकीय संस्था भएकाले आफ्ना सदस्यहरूलाई आइपर्ने जस्तोसुकै समस्या समाधानका लागि सदैव प्रतिवद्ध रहँदै आएको छ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल
गण्डकी क्षेत्र

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

वालिङ कुटपिट प्रकरण : प्रहरीले अनुसन्धान तीव्र बनायो, थप छ जना पक्राउ

by राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

स्याङ्जामा यात्रु र सहचालकमाथि कुटपिट: दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 August 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

2025 August 26 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

2025 August 26 मा प्रकाशित
स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

वालिङ कुटपिट प्रकरण : प्रहरीले अनुसन्धान तीव्र बनायो, थप छ जना पक्राउ

2025 August 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews