भियतनाममा हुने ‘मिस्टर टिन इन्टरनेशनल’ मा नेपालबाट प्रतिनिधित्व गर्दै अर्चन [तस्वीर]

By: गण्डकी न्यूज - चैत्र २ २०७७ सोमबार ११:२६-

नेपालबाट मिस्टर टिनको उपाधि जितेका अर्चन बिष्ट भियतनाममा हुने ‘मिस्टर टिन इन्टरनेशनलमा’ नेपालबाट प्रतिनिधित्व गर्दैछन् ।

इटहरी १० निवासी अर्चन डिभिएम स्कुलबाट एसईई पास गरी इटहरीको विश्व आदर्श कलेजमा आफ्नो अध्ययनलाई अगाडि बढाईरहेका छन् ।कलिलै उमेरमा मोडलिङ क्षेत्रमा प्रवेश गरेका अर्चनले आफ्नो कामले सबैलाई मोहित पारिसकेका छन् ।

अर्चन स्थानिय क्षेत्रमा परिचित छन् । सबैसँग मिजासिला, सहयोगी र मेहेनति स्वभाव भएका अर्चन सामाजिक कार्य, गीतसङ्गित र खेलकुदमा निकै रुचि राख्दछन् । सानै उमेरमा आफ्नो छाप छाडिसकेका अर्चनले ुबिट द हिटुुमिस्टर टिन नेपालु को उपाधी हासिल गरिसकेका छन् ।

हाल उनलाई बिर्तामोड, इटहरी, धरान, बिराटनगर, पोखरा, काठमाडौ, चितवन लगायतका विभिन्न स्थानहरुमा सन्चालन भैरहेको फेसन शो, ब्युटी प्याजेन्टहरुमा गेष्ट मोडलको भूमिकामा देख्न सकिन्छ । हेर्दा निकै हँसिलो देखिने उनले जो कोहिलाई पनि आफ्नो आत्मिय व्यवहारले छिट्टै प्रभावमा पार्छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर