Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
ShareTweetSend

स्याङ्जामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी किनारमा कटानको जोखिम बढ्ने भन्दै प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यस्तो सूचना जारी गरेको हो ।

सूचनाअनुसार भारतको अण्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै गएको र पश्चिमदेखि उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले असोज ८ गते बिहीबारदेखि ११ गतेसम्म स्याङ्जा तथा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

प्रशासनका अनुसार निरन्तर वर्षाका कारण नदी तथा खोलाको प्राकृतिक बहावमा वृद्धि भई जलसतह बढ्न सक्छ । यसबाट आकस्मिक बाढी आउने, भेल बग्ने, डुबान हुने तथा नदी र खोलाको आसपास पहिरो जाने जोखिम उच्च रहनेछ ।

पानी परेपछि चर्को घाम लाग्दा समेत सुख्खा पहिरो खस्न सक्ने र नदी तथा खोलाको माथिल्लो भागबाट पहिरोसहितको लेदो बगेर आउने सम्भावना रहेकाले नदी तथा खोलाको किनारमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले बाढी आउन सक्ने समयमा नदी तथा खोलाको किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, दाउरा, बालुवा तथा गिट्टी निकाल्ने वा अन्य कुनै गतिविधि नगर्न भनेको छ । बाढी आएको समयमा नदी तथा खोलाको किनारमा राखिएका सामग्री झिक्न नजान र परिवारका सदस्यलाई समेत त्यस्ता स्थानमा जान नदिन आग्रह गरिएको छ ।

त्यस्तै, गाईवस्तु चराउन वा पानी खुवाउन तथा भलिबल, फुटबल, क्रिकेटलगायत बाहिरी खेल खेल्न नदी तथा खोलाको किनारमा नजान प्रशासनले अनुरोध गरेको छ । अभिभावकले बालबालिकामाथि निगरानी राखी उनीहरूलाई जोखिमयुक्त स्थानमा जान नदिनसमेत भनिएको छ ।

नदी तथा खोलाको किनार र होचो भूभागमा बसोबास गर्ने बासिन्दाले पानीको बहाव निरन्तर नियाल्न र जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउनुपर्ने प्रशासनले जनाएको छ । सवारी चालकलाई नदी तथा खोलाको किनारमा पर्ने सडक र बजार क्षेत्रमा सवारीसाधन रोक्न वा पार्किङ नगर्न आग्रह गरिएको छ ।

चट्याङबाट जोगिन घर वा भवनभित्र सुरक्षित बस्न, रुख, बिजुलीका पोल, टावर तथा अन्य अग्ला संरचनामुनि नबस्न प्रशासनले अनुरोध गरेको छ । पोखरी, नदी तथा खोलाबाट टाढा रहन र डाँडाको टुप्पो वा अग्लो स्थानमा नबस्नसमेत आग्रह गरिएको छ ।

प्रशासनले नेपाल मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिन तथा सम्बन्धित निकायका निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

संघ तथा प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक र अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन तथा जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रशासनले आग्रह गरेको छ ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल, नेपालको १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
Breaking 2

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
Main News 1

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
Breaking 1

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

2026 September 24 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

2026 September 24 मा प्रकाशित
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

2026 September 22 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

2026 September 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

2026 September 22 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews