Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
ShareTweetSend

स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख बन्दै गएका लोकल काठे गाई र हल गोरुको संरक्षणका लागि नगद अनुदान दिने कार्यक्रमलाई विस्तार गरेका छन् । परम्परागत पशुपालन जोगाउने र कृषकलाई त्यसतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न पालिकाले प्रोत्साहन रकम वितरण गरेका हुन् ।

११ स्थानीय तह रहेको स्याङ्जामध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद उपलब्ध गराएका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्नेलाई प्रोत्साहन अनुदान दिएको छ । बिरुवा गाउँपालिकाले भने आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्नेलाई नगद दिने नीति लिएको छ ।

गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलरलगायत आधुनिक प्रविधिको प्रयोग बढेसँगै हल गोरु पाल्ने चलन घट्दै गएको छ । यही अवस्थालाई ध्यानमा राखेर परम्परागत कृषि प्रणाली जोगाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको हो ।

उनका अनुसार ११५ जना कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि सोही आधारमा अनुदान उपलब्ध गराइएको हो । यो कार्यक्रम चालू आर्थिक वर्ष २०८२/८३ को कृषक प्रोत्साहन योजनाअन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी, फेदीखोला गाउँपालिकाले पनि चार वर्षदेखि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष ११ हल गोरुका लागि प्रतिहल १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

उनका अनुसार गाउँपालिकाले प्रत्येक दुई वर्षमा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ । गत आर्थिक वर्षमा भने ११४ हल गोरुका लागि अनुदान वितरण गरिएको थियो ।

अर्जुनचौपारी गाउँपालिकाले भने लोप हुने अवस्थामा पुगेको लोकल काठे गाई संरक्षणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले एउटा काठे गाई पाल्ने कृषकलाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार काठे गाई राष्ट्रिय सम्पदा मात्र नभई यसको गोबर, गहुँत, सिङ र हड्डीसमेत विभिन्न प्रयोजनमा उपयोग हुने भएकाले संरक्षण आवश्यक छ । यही उद्देश्यले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए ।

चालू आर्थिक वर्षमा अर्जुनचौपारी गाउँपालिकाले ८१ वटा काठे गाईका लागि नौ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

यसैबीच, बिरुवा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षदेखि एक हल गोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । स्थानीय तहहरूले सञ्चालन गरेका यस्ता कार्यक्रमले परम्परागत पशुपालन संरक्षणसँगै कृषकलाई व्यवसायमा टिकाइराख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 24 मा प्रकाशित
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 23 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

2026 October 24 मा प्रकाशित
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

2026 October 23 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews