Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
ShareTweetSend

स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख बन्दै गएका लोकल काठे गाई र हल गोरुको संरक्षणका लागि नगद अनुदान दिने कार्यक्रमलाई विस्तार गरेका छन् । परम्परागत पशुपालन जोगाउने र कृषकलाई त्यसतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न पालिकाले प्रोत्साहन रकम वितरण गरेका हुन् ।

११ स्थानीय तह रहेको स्याङ्जामध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद उपलब्ध गराएका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्नेलाई प्रोत्साहन अनुदान दिएको छ । बिरुवा गाउँपालिकाले भने आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्नेलाई नगद दिने नीति लिएको छ ।

गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलरलगायत आधुनिक प्रविधिको प्रयोग बढेसँगै हल गोरु पाल्ने चलन घट्दै गएको छ । यही अवस्थालाई ध्यानमा राखेर परम्परागत कृषि प्रणाली जोगाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको हो ।

उनका अनुसार ११५ जना कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि सोही आधारमा अनुदान उपलब्ध गराइएको हो । यो कार्यक्रम चालू आर्थिक वर्ष २०८२/८३ को कृषक प्रोत्साहन योजनाअन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी, फेदीखोला गाउँपालिकाले पनि चार वर्षदेखि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष ११ हल गोरुका लागि प्रतिहल १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

उनका अनुसार गाउँपालिकाले प्रत्येक दुई वर्षमा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ । गत आर्थिक वर्षमा भने ११४ हल गोरुका लागि अनुदान वितरण गरिएको थियो ।

अर्जुनचौपारी गाउँपालिकाले भने लोप हुने अवस्थामा पुगेको लोकल काठे गाई संरक्षणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले एउटा काठे गाई पाल्ने कृषकलाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार काठे गाई राष्ट्रिय सम्पदा मात्र नभई यसको गोबर, गहुँत, सिङ र हड्डीसमेत विभिन्न प्रयोजनमा उपयोग हुने भएकाले संरक्षण आवश्यक छ । यही उद्देश्यले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए ।

चालू आर्थिक वर्षमा अर्जुनचौपारी गाउँपालिकाले ८१ वटा काठे गाईका लागि नौ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

यसैबीच, बिरुवा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षदेखि एक हल गोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । स्थानीय तहहरूले सञ्चालन गरेका यस्ता कार्यक्रमले परम्परागत पशुपालन संरक्षणसँगै कृषकलाई व्यवसायमा टिकाइराख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews