आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा कांग्रेसले क्षेत्र नम्बर–१ बाट भरतराज ढकाललाई उम्मेदवार बनाएको छ । यस्तै, क्षेत्र नम्बर–२ बाट भागवतप्रकाश मल्ललाई अघि सारिएको छ ।
ढकाल मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष रहेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
यता, भागवतप्रकाश मल्ल भने यसअघि २०७४ सालको निर्वाचनमा प्रदेश सभा क्षेत्र नम्बर–२(ख) बाट निर्वाचित भइसकेका नेता हुन् ।














