Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
ShareTweetSend

दार्चुलाको उत्तर हिमाली क्षेत्र र स्याङ्जाको मध्यपहाड जोड्नेगरी अपिहिमाल गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाबीच दीर्घकालीन सहकार्यको आधार बनाउने “भगिनी सम्बन्ध” सम्झौता गरिएको छ ।

दुवै पालिकाले पर्यटनदेखि शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण र सुशासनसम्मका क्षेत्रलाई समेट्दै पाँच वर्षे सहकार्य रोडम्याप अघि सारेका छन् ।

नेपाल सरकारको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रोत्साहन गरेको अन्तर–पालिका सहकार्यलाई व्यवहारिक बनाउँदै दुर्गम हिमाली पर्यटन गन्तव्यको संभावनासहित अपिहिमाल क्षेत्र र सांस्कृतिक तथा धार्मिक आकर्षणहरूले भरिएको अर्जुनचौपारीबीच साझा पहलको मार्ग खुलेको हो ।

पर्यटन र संस्कृति मुख्य एजेन्डा
सम्झौताले दुवै पालिकाका विशिष्ट आकर्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । अपिहिमाल बेसक्याम्प, कालीधुंगा, छिप्राटालजस्ता हाई अल्टिट्युड गन्तव्य तथा अर्जुनचौपारीको नवग्रह मन्दिर, डहरे देउराली र बोटानिकल म्याथमेटिकल पार्कलाई प्रचारप्रसार, संरक्षा र पूर्वाधार विकासका लागि संयुक्त रुपमा अघि बढाइनेछ ।

हिमाली ट्रेकिङ, सांस्कृतिक उत्सव, साहसिक पर्यटन र पर्यटक सुरक्षाका विषयमा दुवै पालिकाले साझा कार्यक्रम सञ्चालन गर्नेछन् ।

शिक्षा, युवा र डिजिटल कार्यक्रममा संयुक्त पहल
विद्यालय–विद्यालय साझेदारी, शिक्षक–विद्यार्थी आदानप्रदान, चेन्ज मेकर्स क्लब जस्ता युवा नेतृत्व परियोजनामा सहकार्य हुने सम्झौतामा उल्लेख छ । डिजिटल साक्षरता, ई–गभर्नेन्स, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनमा पनि संयुक्त कार्यक्रम अघि सारिनेछ ।

स्वास्थ्य, सामाजिक सुरक्षा र समावेशन
प्राथमिक स्वास्थ्य सेवा, जनस्वास्थ्य अभियान, महिला–बालबालिका–वृद्ध र विपन्न वर्गका लागि सशक्तिकरण कार्यक्रमलाई प्राथमिकता दिइनेछ । मानसिक स्वास्थ्य, पोषण र समुदाय–मुखी स्वास्थ्य प्रवर्द्धनमा अनुभव आदान–प्रदान गरिनेछ ।

कृषि, वातावरण र विपद् व्यवस्थापन
उच्च मूल्यका बाली, जैविक कृषि, पशुपालन र कृषि प्रविधिमा दुवै पालिकाले संयुक्त अध्ययन र तालिम कार्यक्रम सञ्चालन गर्नेछन् । जल–वन–माटो संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र विपद् जोखिम कमीका क्षेत्रलाई प्रमुख सहकार्य क्षेत्रका रूपमा समेटिएको छ ।

पूर्वाधार र सुशासनमा साझेदारी
दुर्गम क्षेत्रका पूर्वाधार योजना, यातायात, सूचना तथा सञ्चार र सामुदायिक पूर्वाधार विकासमा अनुभव आदानप्रदान हुने उल्लेख छ । दुवै पालिकाले डिजिटल प्रशासन, पारदर्शिता र सुशासन सुधारका क्षेत्रमा पनि सहयोग गर्ने सहमति जनाएका छन् ।

दुवै पालिकाले “भगिनी सम्बन्ध समन्वय समिति” गठन गर्ने, वार्षिक कार्ययोजना बनाउने तथा प्रगति मूल्यांकन गर्ने व्यवस्था राखिएको छ । अध्ययन, अनुसन्धान, रिपोर्ट आदानप्रदान र प्राविधिक सहयोगमार्फत कार्यक्रम अघि बढाइनेछ ।

सम्झौता पाँच वर्षका लागि प्रभावकारी हुनेछ र आवश्यकताअनुसार नवीकरण गर्न सकिने छ । सम्झौतामा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाले विकासका विभिन्न क्षेत्रमा तयार पारेका ‘सिग्नेचर मोडेल’ अन्य स्थानीय तहका लागि व्यवहारिक मार्गदर्शन बन्न सक्ने उल्लेख गरे ।

उनले अपिहिमालसँगको भगिनी सम्बन्धले दुवै पालिकाका नागरिकलाई सीप, अवसर र पहुँचमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गर्दै पर्यटन, शिक्षा, कृषि र सुशासनजस्ता क्षेत्रमा संयुक्त पहलले स्थानीय विकासलाई थप गति दिने बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
Breaking 1

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
Breaking 2

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित
Main News 1

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर
Main News 1

स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 10 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

2026 March 10 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

2026 March 10 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

2026 March 10 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

2026 March 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews