स्याङ्जाको गल्याङ नगरपालिका –९ डुविनडाँडा कल्लेरीमा हातहतियार देखाई धम्की दिएको सूचनापछि प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले गल्याङ -९ का ३६ वर्षीय राम प्रसाद भट्टराईलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
डिएसपी चौधरीका अनुसार भट्टराईलाई बिहीबार साँझ करिब ५ बजे पक्राउ गरिएको थियो । उनले साथमा राखेको एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको जनाएको छ ।
हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा उनलाई जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













