कर्णप्रिय गीतहरुका सर्जक सुरेश बानियाँले नयाँ तीज गीत माइतीको देशैमा सार्वजनिक गरेका छन् । धादिङे सर्जक बानियाँले यसपाली तीजलाई लक्षित गरी टीका पुन र किरण श्रीपालीको स्वरमा तीज गीत माइतीको देशैमा सार्वजनिक गरेका हुन् ।
जन्मदाता आमालाई केन्द्र बनाएर रचिएको यस गीतको शब्दसँगै संगीत पनि स्वयं बानियाँकै हो । गीतमा माइतीको याद, चेलीको वेदनालाई निकै मार्मिक रुपमा समेटिएको छ ।
चित्र मास्की मगरको निर्देशन रहेको भिडियोमा व्यस्त मोडलहरु रेणु दुलाल, जुना गुरुङ, एलिना रायमाझीका अनुस्का खड्का र पासाङ डोल्मा फिचर्ड छन् ।
सुनिल भण्डारीले खिचेको भिडियोलाई पदम सुवेदीले काँटछाँट गरेका छन् । गीतको भिडियो नेपालय टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।