स्याङ्जामा पालिका स्तरीय टी – १५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १६ गतेदेखि चापाकोटस्थित गंगालाल मावि खेलमैदानमा देशभरका पालिकाको सहभागितामा प्रतियोगिता हुन लागेको हो ।
क्रिकेट खेलको विकास र खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता आयोजना गरिएको चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए । उक्त क्रिकेट प्रतियोगितामा देशभरबाट करिब २० पालिकाको सहभागिता रहने अपेक्षा रहेको संघका अध्यक्ष रेग्मीले बताए ।
नकआउट प्रणालीअनुसार खेलाइने खेल आईसीसीको नियमानुसार (एलबीडब्लू बाहेक) हुने बताउँदै अध्यक्ष रेग्मीले खेल १५ ओभरको हुने र टेनिस बलद्वारा खेलाइने बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले पचास हजार रुपैयाँ र द्वितीय हुने टिमले तीस हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् भने म्यान अफ द म्याचलाई मेडलद्वारा पुरस्कृत गरिनेछ ।
यस्तै, उत्कृष्ट विधाअन्तर्गत उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई जनही तीन हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने चापाकोट नगर क्रिकेट संघले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-