Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा विमानस्थल बनाउन चीनलाई दिनु ‘रणनीतिक महाभूल’ !

दुई छिमेकीको भूराजनीतिक चाल नबुझेकै कारण सञ्चालनमा जटिलता

गण्डकी न्यूज गण्डकी न्यूज
2024 September 26 मा प्रकाशित
पोखरा विमानस्थल बनाउन चीनलाई दिनु ‘रणनीतिक महाभूल’ !
ShareTweetSend

पोखरा विमानस्थल बनाउनका लागि अञ्चलाधीश शंकरराज पाठकले २०३२ सालमा जग्गा अधिग्रहण गरे । ४ दसकसम्म पनि विमानस्थल बनाउन सरकारले चासो नदेखाएपछि पोखरेलीले त रिले अनसन नै गरे । काठमाडौं गएर पटक पटक दबाब दिए । भएन भनेर रवीन्द्र अधिकारीको अगुवाइमा जनस्तरबाटै शिलान्यास समेत गरियो । अहिले विमानस्थल तयार छ । र यो विमानस्थल आन्तरिक उडानमा मात्र सिमित छ । चीनबाट केही चार्टर विमान आउनुवाहेक यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

एकातिर निर्माणको प्राविधिक पाटोका बारेमा अहिले शंका उब्जिरहेको छ । कमिसनको खेलमा विमानलाई होचो बनाइयो । नजिकैको रिठेडाँडा कटानका क्रममा पनि आर्थिक चलखेल भयो । त्यति ठूलो विमानस्थल बनाउँदा फ्युल स्टेसनतिर ध्यानै पु¥याउन सकेको देखिँदैन । करोडौंमा बनेको खानेपानी ट्यांकी विमानस्थलकै प्राविधिक कमजोरीका कारण अहिले भत्काउनुपर्ने अवस्था आएको छ । विमानस्थल बनाउँदा भएका कमजोरीका बारेमा संघीय संसदको सार्वजनिक लेखा समितिले गहन अध्ययन पनि गरिसकेको छ । जसका प्रतिवेदन भने आउन बाँकी नै छ ।

यी भए विमानस्थलका आन्तरिक सवाल । बनाउने बेलामा छिमेकी मुलुकको मनसाय बुझ्न नसकेकै कारण अहिले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । अर्थशास्त्री डा. विश्वास गौचन भन्छन्, ‘हामीले २ छिमेकीको भूराजनीतिक चाल नबुझेकै कारण यो विमानस्थल सञ्चालनमा जटिलता आएको हो ।’ सामाजिक उत्तरदायित्व अध्ययन केन्द्रको आयोजनामा पोखरामा बिहीबार भएको पर्यटन विकासका लागि नविनम दृष्टिकोण विषयक कार्यशाला गोष्ठीमा उनले उक्त भनाइ राखेका हुन् । यसलाई उनले रणनीतिक महाभूल भनेका छन् । उनका अनुुसार पोखरा एअरपोर्टमा भारतका सहरहरुमा उडान सकेन भने आर्थिक रुपमा दीगो हुन सक्दैन । तर बनाउने बेलामा भारतको चासोलाई ध्यान नदिएका कारण भारतका सहरमा पोखराबाट उडान हुन सकेका छैन । ‘हामीले २ छिमेकीको भूराजनीतिलाई ख्याल गर्नुपर्ने थियो, यो रणनीतिक महाभूल भयो । बनाइसकेपछि सञ्चालनको मोडालिटी के हो ? अहिले पनि सरकार रनभुल्नमा छ ।’

चिनको एक्जिम बैंकबाट लोन लिएर चिनकै ठेकेदारलाई काम दिएका कारण भारतको असन्तुष्टि सार्जननिक भएको हो । उनले भने, ‘भारतको इमिडियट राइबललाई हामीले जिम्मा दियौं । उद्घाटनको ठिक अगाडि त झन् यो बिआरआईको एक पाटो हो भनेर चिनिया अधिकारीले भने । त्यसले झन तरंगित बनाइदियो ।’ उनका अनुसार नेपालमा ५÷१० मेगावाटको सानो हाइड्रो बनाउँदा त विदेशी लगानी छ कि छैन भनेर भारतले माइक्रो लेबलमा ब्यालेन्स सिट हेरेको हुन्छ, यति ठूलो प्रोजेक्ट उता दिँदा त रिसाउने नै भयो । पोखरा विमानस्थल राम्रोसँग सञ्चालन हुन हरेक दिन सय वटा डोमेस्टिक फ्लाइट र इन्टरनेसनल उडान साताको ५ सय उडान गर्नु पर्ने उनले बताए ।

अर्को एक प्रसंगमा उनले निजी क्षेत्र नै विकासको इन्जिन हो भन्दै अहिलेको आर्थिक वृद्धिदरले हामी कहिँ पुग्नै नसक्ने भनाइ राखे । पर्यटन र जलविद्युतले मुलुकको आर्थिक रुपान्तर हुन्छ भन्ने गलत धारणा रहेको भन्दै उनले यसमा अवसर भन्दा बढी चुनौती रहे रहेको बताए ।

कार्यक्रममा पर्यटनका लागि सामाजिक उद्यमशीलता र नवप्रवर्तन विषयमा डा. गौचनले प्रस्तुति राखेका थिए । उक्त विषयमा प्राडा इन्द्रप्रसाद तिवारी, प्रदेश सभा सदस्य गणेशमान गुरुङ र पर्यटन व्यवसायी लक्की कार्की प्यालन छलफलमा सहभागी भए । दीपेन्द्र पहारीले कार्यक्रममा सहजीकरण गरेका थिए ।

यसैगरी नयाँ पर्यटकीय उपज र दीगोपना सम्बन्धमा पाटाका उपाध्यक्ष सुमन पाण्डेले प्रस्तुति दिए । उनले लैंगिक अल्पसंख्यक, धार्मिक, मानवशास्त्रीय अध्ययन, साहसिक पर्यटन, पहुँचयुक्त पदयात्रा मार्ग, गल्फिङ, थिम पार्कलाई पर्यटकीय उपजका रुपमा विकास गर्न सकिने बताए । सोही विषयको छलफलमा वातावरणविद अनिल सुवेदी, प्रदेश सभा सदस्य रेशम जुग्जाली र पर्यटनविज्ञ डा रामजी शर्माले भाग लिए । जसमा सहजीकरण पत्रकार स्मीता अधिकारीले गरेकी थिइन् ।

पर्यटकीय राजधानी सम्बन्धी राजनीतिक प्रतिबद्धता र कार्ययोजना विषयमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले प्रस्तुति गरे । सोही विषयमा भएको छलफलमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङ सहभागी भए । कार्यक्रममा सहजीकरण सहरी योजना आयोग पोखराका सदस्य सुरेन्द्रबाबु तिवारीले गरे ।

दीगो पर्यटन विकासका लागि आवश्यक उपायहरुबारे छलफल गरी गण्डकी प्रदेशको आर्थिक समुन्नतिको अभियानमा हातेमालो गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक किशोरदत्त बरालले बताए ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुनै सहरको ब्रान्डिङका लागि कानुन आधार नचाहिने भन्दै त्यसै अनुसार गण्डकी प्रदेश सरकारले महानगरसँग मिलेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको बताए । पोखराका नागरिक र यहाँका पर्यटन व्यवसायीको चाहाना अनुसार प्रदेश सरकारले काम गरेको भन्दै उनले नजिकका पालिकाले समेत यसमा समर्थन जनाएको मुख्यमन्त्रीको भनाइ थियो ।

पोखरालाई हवाई र सडक माध्यमबाट जोड्नका लागि थप पहल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । पोखराबाट अन्तर्राष्ट्रिय र देशभित्रकै सहरबीच कनेक्टिभिटीका लागि समेत आवश्यक छलफल भइरहेको उनको भनाइ थियो । पोखराका तालमा आधुनिक डुंगा सञ्चालनदेखि क्रुज रेस्टुरेन्टको सम्भाव्यताका बारेमा समेत निजी क्षेत्रले सोच्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । पर्यटनसँग जोडिएका कानुनले काममा वाधा पु¥याएको भए संशोधनका लागि सरकार तयार रहेको उनको भनाइ थियो । पूर्व मुख्यमन्त्री खगराज अधिकारीले भूगोल र वातावरण सुहाउँदो योजना बनाएर पर्यटनका लागि योजना बनाउनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

हिंसापीडित महिलाको सहारा बन्दै स्याङ्जाको अल्पकालीन सेवा केन्द्र
Breaking 2

हिंसापीडित महिलाको सहारा बन्दै स्याङ्जाको अल्पकालीन सेवा केन्द्र

by राम बहादुर रोकाहा
2026 May 27 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
Breaking 2

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
Breaking 2

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
Breaking 2

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
Breaking 2

स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
Breaking 2

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन

2026 May 31 मा प्रकाशित
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

2026 May 29 मा प्रकाशित
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

2026 May 29 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

2026 May 28 मा प्रकाशित
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक

२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक

2026 May 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews