पोखरा महानगरपालिका वडा नं. १७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।
वडा खोप समन्वय समिति पोखरा–१७ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष राधिका शाही योगीसहित सहभागीले पूर्णखोप सुनिश्चितता ब्यानरमा हस्ताक्षर गरेका थिए ।
वडाध्यक्ष शाहीले समयसीमा भित्रै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको भन्दै यस अभियानमा सघाउने सबैप्रति आभार व्यक्त गरिन् ।
आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन हुनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।
पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइनेछ ।विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।
सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।
खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड रुपैयाँ बराबरको खोप उपलब्ध गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-