Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा महानगरले ३३ वटै वडा र महाशाखालाई भन्यो- ‘सम्झौता नभएका योजना कार्यान्वयन नगर्नू’

‘१० करोड रकमान्तर भइसक्यो’

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 23 मा प्रकाशित
पोखरा महानगरले ३३ वटै वडा र महाशाखालाई भन्यो- ‘सम्झौता नभएका योजना कार्यान्वयन नगर्नू’
ShareTweetSend

सञ्जय रानाभाट, पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा अपेक्षित राजस्व संकलन नहुने भएपछि विनियोजितमध्ये धेरै योजना कार्यान्वयन नगर्ने भएको छ । महानगरले बिहीबार हालसम्म सम्झौता नभएका योजना कार्यान्वयन नगर्न सबै वडालाई पत्राचार गरेको हो ।

उक्त पत्र सबै महाशाखालाई पनि पठाइएको महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले बताए । ‘चालु आर्थिक वर्षमा अपेक्षित राजस्व उठ्ने सम्भावना कम भएको, कर छुटलाई असारसम्म विस्तार गरेको तथा समानीकरण र राजस्व बाँडफाडको आम्दानी हुनुपर्ने रकमसमेत अनुमानभन्दा कम प्राप्त हुने जानकारी भएकाले निर्णयमा कडाई गर्नू’ महानगरले जारी गरेको पत्रमा भनिएको छ ।

चालु आर्थिक वर्षबाट महानगरले ५० लाखसम्मका योजना वडा कार्यालयबाटै कार्यान्वयन गर्दै आएको छ । यस्ता योजनामा उपभोक्ता समितिले वडा कार्यालयबाटै काम गर्दै आएका थिए । महानगरले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई ध्यान दिँदै हालसम्म सम्झौता नभएका योजना कार्यान्वयन नगर्न भनेको हो ।

यो निर्णयले महानगरको कार्य सम्पादनमा थप जटिलता थप्ने निश्चित छ । चालु आर्थिक वर्षको ५ महिना बाँकी हुँदै योजना सम्झौता नहुँदा विकास खर्च निकै कम हुने निश्चित छ । महानगरको अधिकांश खर्च आर्थिक वर्षको अन्तिम चौमासिकमा हुने गरेको छ ।

यो निर्णयले महानगरले विगतमा खेप्दै आएको आलोचनालाई भने चिर्ने छ । असारे बजेट भनेर हुँदै आएको आलोचनालाई यो परिपत्र कार्यान्वयनले रोक्नेछ । निर्देशन पत्रमा महानगरले सबै वडालाई कार्यक्रमको खर्च तथा योजनामा विनियोजित रकममा २५ प्रतिशत कटौती गरेरमात्र सम्झौता गर्न भनेको छ ।

पत्रमा भनिएको छ, ‘प्रशासनिक खर्चहरुमा मितव्ययिता अपनाउनुपर्ने र कार्यक्रम खर्च तथा योजनाहरु २५ प्रतिशत कटौती गरेरमात्र कार्यान्वयन गर्नुपर्ने छ ।’महानगरले चालु आर्थिक वर्षका लागि ७ अर्ब १५ करोडको बजेट ल्याएको थियो । त्यसमध्ये २ अर्ब २७ करोड आन्तरिक आम्दानी हुने अनुमान थियो । तर, सात महिनाको अवधिसम्म ६८ करोड रुपैयाँमात्र आन्तरिकबाट राजस्व संकलन भएको महानगरले जनाएको छ ।

यसरी अनुमानित राजस्वसमेत १ अर्ब रुपैयाँभन्दा कम रकम उठ्ने देखिएपछि महानगरले थप योजना कार्यान्वयन गरे भुक्तानीमा समस्या खेप्नुपर्ने प्रक्षेपण गरेर सबै वडा कार्यालयलाई यस्तो निर्देशन दिएको प्रवक्ता तिमिल्सिनाले जनाए ।

आन्तरिक राजस्वको क्षमता १ अर्ब २५ करोड मात्र भए पनि २ करोड २७ लाख अनुमानित राजस्व बनाउँदा समस्या देखिएको हो । आन्तरिक राजस्व पनि कम उठ्ने र संघ र प्रदेशले पठाउने समानीकरण अनुदान पनि घट्ने भएपछि वडा कार्यालयहरुलाई सचेत गराइएको प्रवक्ता तिमिल्सिनाले सुनाए ।

‘खर्चमा मितव्ययिता गर्ने भन्ने हो । आवश्यक ठाउँमा खर्च नगर्ने भन्ने होइन,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘योजना नै रोक्ने भन्ने होइन । नगरी नहुने कार्यक्रम रोकिँदैन ।’ यस वर्ष कार्यान्वयन नहुने योजना अर्को वर्षलाई सारिने उनले उल्लेख गरे ।

‘१० करोड रकमान्तर भइसक्यो’

महानगरको माघ २८ गते बसेको १४ औं नगरसभाले ३२ वटा वडाका करिब १० करोड रुपैयाँ बराबरका योजनामा रकमान्तर गर्ने निर्णय गरिसकेको छ । यो वर्ष रकमान्तर गर्नुपर्ने योजना माग गरी नगरसभाले वडा नम्बर १७ बाहेक ३२ वटै वडाका करिब १० करोड बराबरको रकमका योजना रकमान्तरण गरिसकेको महानगरका एक कर्मचारीले बताए ।

तर, बिहीबार महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जारी गरेको पत्र थप योजनामा रकमान्तर नगर्ने नगरसभाको निर्णयसँग विरोधाभासपूर्ण देखिएको छ ।

महानगरको यो निर्देशनले रकमान्तरण भइसकेका योजनाको कार्यान्वयन अब के हुन्छ प्रश्न खडा भएको छ । तथापि महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले रकमान्तर भएका योजना नगर सभाबाट पारित भएर सिस्टममा अपडेट भइसकेको बताए । रकमान्तरण भइसकेका योजना कार्यान्वयनमा गइसकेको उनको आशय छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
Breaking 1

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
Breaking 1

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन
Breaking 1

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

2026 September 24 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

2026 September 24 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

स्याङ्जामा राति सवारी चलाउन रोक

2026 September 24 मा प्रकाशित
स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

2026 September 24 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

2026 September 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews