Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा कस्तो अभियान यो? ‘सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ’

दुरासययुक्त मानसिकता हो, गलत प्रोपागाण्डा नगरौँः मेयर आचार्य

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 17 मा प्रकाशित
पोखरामा कस्तो अभियान यो? ‘सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ’
ShareTweetSend

यतिबेला पोखराको फोहोर नियमित नै उठिरहेको छ । पहिले झैं समस्या अहिले छैन । पोखराका बासिन्दाले राति सडक छेउमा फोहोर फाल्छन् । महानगरका गाडीले बिहानै उठाउँछ । वडा वडामा तालिका नै बनाएर फोहोर उठिरहेको छ ।

तर, यही बेला फोहोरलाई सडकको बीचमै फालौं भन्ने आशयमा एकथरीले अभियान चलाइरहेको भेटिएको छ । सडकका पोल तथा भित्ताहरुमा ‘सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ’ भन्दै मुनि ‘फोहोर ब्यबस्थापन अभियान पोखरा’ लेखेको देखिन्छ । र, स्वयं छेउका फोहोर सडक बीचमा लगेर राख्दै हिँड्छन् ।

के हो ‘फोहोर ब्यबस्थापन अभियान पोखरा’ ?

फेसबुकमा एउटा अकाउण्ट छ ‘फोहोर ब्यबस्थापन अभियान पोखरा’ । जुन अकाउण्टमा जनप्रतिनिधिहरु, पोखरा महानगरका कर्मचारीहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, पत्रकारहरू साथी सूचीमा देखिन्छन् । त्यसबाहेक झण्डै १५ सय जनाले फलो पनि गरेका छन् ।

यो आईडीलाई सुक्ष्म ढंगले निगरानी र अनुसन्धान गर्दा पोखराको सरसफाई र फोहोर व्यवस्थापनकै लागि क्रियाशील व्यक्तिले चलाएको पाइयो । दर्जनौं लाइभ भिडियो, सरसफाई अभियान तथा कार्यक्रममा सहयोगी भएका तस्वीरहरु पनि भेटियो । यद्यपी, हालसम्म परिचय खुल्ने गरी प्रस्तुत भएको पाइएन ।

यो फेसबुक अकाउण्ट चलाउने पोखराकै परिचित व्यक्ति रहेको ठम्याउन गाह्रो छैन । उनकाे तस्वीर नै फेसबुकमा देखिन्छ । यद्यपी, यही अभियानको नामबाट उनी प्रस्तुत भइरहेका छन् ।

फेसबुकमा निकनेम नै ‘एन इन्डिपेन्डेन्ट मुभमेन्ट’ राखेका छन् भने इन्ट्रोमा ‘सफा राखौँ ‘लेखेका छन् । जसको अभियान र आन्दोलन नै पोखरा सफा गर्ने छ, उसैले किन बीच सडकमा फोहोर फालौं भनेर पोष्टर, पम्प्लेट टाँस्दै गलत कामका लागि अभिप्रेरित गरे ? यसबारे यही आइडीमा सन्देश छाड्दा लामो समयसम्म पनि हेरेको पाइएन ।

बीच सडकमा फोहोर फालौँ भन्ने यो अभियान गत वर्षदेखि नै सुरु भएको फेसबुकमा देखियो । आजकै दिन १७ नोभेम्बरमा गत वर्ष यही दिनको लाइभ भिडियो शेयर गरेको भेटिन्छ ।

जहाँ स्पष्ट भनिएको छ – ‘हामीले सडकमा फोहोर नफाल्नू भनेर भनेको कसैले टेरेनन् । राति फोहोर फाल्नेलाई ठाउँको ठाउँ समात्यौँ । फोहोर नफाल्न सचेत पनि गरायौँ तर पोखराका मान्छेले सडकमा फोहोर फाल्न छाडेनन् । त्यसो भए सडक छेउ किन सडक बीचमै फालौँ । कि फोहोर घरमै लुकाऔं, सकिँदैन भने सडकको बीच भागमा फालौँ । महानगरमै लगेर फालौँ ।’

अभियन्ताको यो धारणाबारे मनन गर्दा पोखरेलीले सडकमा फोहोर फाल्न छाडेनन् । अब फोहोर नै सडकमा फाल्ने भए छेउमा किन बीचमै फाल भनेर कटाक्ष गरेको बुझ्न सकिन्छ । तर, यो कार्य झनै नराम्रो गर्न प्रेरित गर्ने खालको छ । र, उनी निस्वार्थ मन र व्यवहारका साथ पोखरा बनाउने, सफा राख्ने अभियानमा हुन् भने नकारात्मक ढंगले किन अभियान चलाइरहेका छन् ?

यी अभियानकर्मीले हरेक पोष्ट पोखरा महानगरका कर्मचारी, जनप्रतिनिधिलाई समेत ट्याग गर्ने गरेका छन् । महानगरकै कर्मचारी मनहर कडरियाको फेसबुकमा समेत उनको पोष्ट देख्न सकिन्छ । महानगर विरुद्धका पोष्टहरु महानगर सम्बन्धित व्यक्तिकै वालमा अप्रुभ भएर सबैले देख्दा उल्टै गिज्याएको भान हुन्छ ।

यो कार्य दुरासययुक्त मानसिकता हो, गलत प्रोपागाण्डा नगरौँः मेयर आचार्य

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको सुन्दरतालाई यस्तो खाले अभियानले बाधा पुग्ने बताउँछन् । उनले यो दुरासययुक्त मानसिकता भएको भन्दै फोहोर फाल्न अभिप्रेरित नगर्न नगराउन अनुरोध गरेका छन् ।

विहीबार सामाजिक सञ्जाल फेसबुकमा मेयर आचार्यले लेखेका छन्ः ‘सुन्दरताका लागि निर्मित डिभाईडर र गार्डेनमा फोहोर फाल्न अभिप्रेरित गर्ने आफैमा दुरासययुक्त मानसिकता हो । यस्तो गलत प्रोपागाण्डाका लागि यसप्रकारको पोष्टर नटाँस्न र जथाभावी फोहोर फाल्न अभिप्रेरित गर्ने कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध छ।

अभियानकर्मी नै चिन्तित

नागरिक समाजका अगुवा रामबहादुर पौडेल, जो आफै अभियन्ता हुन्, उनैले पनि यस्तो अभियानले चिन्तित बनाएको भन्दै महानगरको ध्यानाकर्षण गराएका छन् ।

पोखराका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङलाई मेन्सन र अरू जनप्रतिनिधि ट्याग गर्दै उनले लेखेका छन् – यो कस्तो असभ्य अभियान हो ? पोखराको मुटु न्यूरोडमा निर्मित डिभाइडरमा प्रोपागान्डाजन्य सूचना टाँसेर फोहोर फालिएको दृश्यले हामीलाई चिन्तित बनाएको छ । यसबारेमा अविलम्ब छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गरियोस् भन्दै पोखरा महानगर समक्ष जोडदार माग गर्दछौं ।

पोखरालाई सफा राख्न र हराभरा पोखराका लागि विभिन्न मिडिया तथा संस्थासँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्दै आएको यी अभियानकर्मी पोखरा महानगरका सबैसँग परिचित नै रहेको बुझ्न सकिन्छ तर पनि सामाजिक सञ्जालमा यो जात्रा किन ? एकपटक अभियानकर्मीलाई बोलाई छलफल गरी सफा र हराभरा पोखराका लागि सँगै हातेमालो गर्दै अघि बढ्ने हो कि ? यी अभियानकर्मी निस्वार्थ मनका साथ सफा र सुन्दर पोखरा बनाउने अभियानमा लागेका हुन् भने कसो महानगरसँगै हातेमालो गरी अघि नबढ्लान् ?

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
Breaking 1

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
Breaking 1

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा

by राम बहादुर रोकाहा
2026 February 6 मा प्रकाशित
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
Breaking 1

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार
Breaking 1

फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews