Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !

मूख्य सर्जक रेशम निर्दोषले मेलोडी हेमराजलाई नै दिएका थिए

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 October 20 मा प्रकाशित
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
ShareTweetSend

तीन जना मन मिल्ने साथीहरु भेट हुँदा एउटा समझदारी हुन्छ ‘एकै प्रोजेक्टमा एउटा गीत बनाउने’ । एकले लय सिर्जना गर्ने, अर्कोले टुक्का तयार पार्ने, एउटाले लगानी गर्ने र मन मिल्ने मान्छेलाई नै गाउन दिने ।

गीत ‘सम्झेउर’ बनाउने मौखिक सहमति यसरी भयो । रेशम निर्दोषले भाका तयार पारिदिए र स्वयं गाउने भए । शब्द रमेश परियार र हेमराज अधिकारीको संयुक्त हुने भयो । चल्तीका गायिका शान्ति श्री परियार ‘फिमेल भोकल’ का लागि ‘ओके’ भयो । गीत मालाश्री स्टुडियोमा रेकर्ड भयो । सबै खर्च हेमराज अधिकारीले नै ब्यहोरे ।

दुई वर्ष भन्दा अघिकै कुरा हो । मौखिक सहमतिमै काम अघि बढ्यो, लिखित सम्झौताको जरुरी कसैले ठानेनन् । हेमराज आफूले लगानी गरेको गीत भएकाले ढुक्क भए । उपयुक्त समयमा मन खोलेर खर्च गरी म्युजिक भिडियो बनाउने योजनाका साथ बसे । तर, अर्का शब्द लेख्ने रमेश परियार रेकर्डिङ स्टुडियो पुगे, हेमराजको शब्द फालिदिए र आफ्नो मात्र राखेर अडियो ल्याए । म्युजिक भिडियो बनाई बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिदिए । जसले लगानी गरिदिएर अडियो बन्यो, उनैको अडियो प्रयोग गरे तर थाहै दिएनन् ।

उल्टै भन्छन्, ‘सिर्जना ठूलो कि पैसा ठूलो ? मेरो सिर्जना थन्किएपछि मैले सार्वजनिक गरिदिएँ ।’ तर, खासमा रमेशको सिर्जना शब्द मात्र हो । त्यसमा पनि दुई जनाले नै शब्द लेख्ने सहमति भएको हो । लय संकलन गर्ने, गीत गाउने, लगानी गर्नेहरु भन्दा अघि बढेर उनले गीत ‘हाइज्याक’ गरेपछि यो विवाद सिर्जना भयो ।

पत्रकार समेत रहेका अधिकारी अब कानुनी लडाईंका लागि अग्रसर भएका छन् । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्लादेखि केन्द्रसम्म निवेदन दिएका छन् ।

युट्युबबाट तुरुन्त गीत हटाएर आफूलाई फिर्ता नगरे प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्धा अघि बढाउने भएका छन् ।

गीत कसको भन्नेबारे लिखित सम्झौता छैन । यद्यपी, गीत निर्माणमा लगानी ब्यहोर्नेकै हकदाबी रहन्छ । किनकि यस गीत पूर्ण रुपमा तयार हुन एक पक्ष रचयिता मात्र भएर पुग्दैन । एकल रचनाको सम्पूर्ण अधिकार रचयिता स्वयंको हुने भएपनि गीतको अन्तिम रुप सामूहिक रचना भएकाले जसको सक्रियता वा निर्देशनमा रचना तयार भएको हो उसैलाई अधिकार रहनेछ । प्रतिलिपि अधिकारी ऐन २०५९ अनुसार ‘कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्थामा रचनाको आर्थिक अधिकारको धनी हुने’ स्पष्टताका साथ उल्लेख छ ।

रमेश परियारले सार्वजनिक गरेको गीतमा प्रस्तुतकर्ताका रुपमा हेमराज अधिकारीलाई चिनाएका छन् । प्रस्तुतकर्ताका रुपमा स्वयं रमेशले पनि हेमराजलाई मानेका कारण यदि यो मुद्धा कानुनी रुपमा अघि बढेमा रमेशलाई भारी पर्नेछ । हेमराज आफैले प्रस्तोताका रुपमा चिनाएको नभई स्वयं रमेश परियारले नै हेमराजलाई प्रस्तोताको भूमिकामा राखेका छन् ।

ऐनमा स्पष्टताका साथ लेखिएको छ – ‘आफ्नो प्रस्तुतिलाई प्रसारण वा सञ्चार गरी जनसमक्ष पुर्‍याउने अधिकार प्रस्तोताको हो ।’ यहाँ रमेश स्वयंले आफूलाई शब्द रचनामा मात्र चिनारी गराएकाले पनि उनले यस रचना सार्वजनिक गर्न पाउँदैन ।

ऐनले संरक्षित अधिकारको उल्लंघन गरेमा दण्ड सजायको पनि व्यवस्था गरेको छ । कसुरको मात्रा हेरी दश हजारदेखि १ लाख रुपैंयासम्म वा ६ महिना कैद वा दुवै सजाय पहिलोपटकलाई हुने व्यवस्था छ ।

रमेशले भिडियोमा मनलाग्दी गरेका छन् । भिडियोमा अगाडि र पछाडि प्रिजेन्टर भनेर हेमराज अधिकारी नाम उल्लेख गरेपनि क्याप्सनमा भने आफ्नै नाम लेखेका छन् । यसबाट उनको नियत छर्लंग देखिएको छ ।

भिडियो १७ मिनेट २५ सेकेण्ड लम्बाईको रहेपनि अर्को शान्ति श्री परियारको च्यानलसँग साझा गरी सार्वजनिक अडियोमा भने प्रड्युसरका रुपमा स्वयं र रेशम निर्दोषलाई चिनाएका छन् । हेमराज अधिकारीको नाम, तस्वीर कहिँकतै उल्लेख छैन । एउटै सिर्जना पनि ठामै पिच्छे उनले फरक फरक लेखेका छन् ।

सार्वजनिक गीतको थम्बनेल फोटोमा पनि हेमराजलाई हटाएका छन् । ‘इट्स प्रिजेन्टेशन अफ हेमराज अधिकारी’ शब्द चाहिँ छ ।

गीत रेकर्डिङ कम्पनी मालाश्री रेकर्डिङ स्टुडियोले पनि गैरजिम्मेवार कार्य गरेको निर्माता तथा प्रस्तुतकर्ता अधिकारी बताउँछन् । गीत स्टुडियोबाट दिने क्रममा जसले लगानी गरेको हो उसलाई नदिइकन अन्य व्यक्तिलाई दिने काम गरेको अधिकारीले बताए ।

गैरजिम्मेवार मालाश्री रेकर्डिङ स्टुडियो

मालाश्री रेकर्डिङ स्टुडियोका मेनेजिङ डाइरेक्टर शम्भु कुँवरसँग यस विषयमा प्रतिक्रिया लिने क्रममा उनी निकै गैरजिम्मेवार ढंगले प्रस्तुत भए । कुँवरले आफ्नो स्टुडियोमा कसले कुन गीत ? कसको लगानीमा निर्माण हुन्छ भन्ने बारे थाहै नहुने बताए । ‘२ वर्ष अघिको कुरा के थाहा हुन्छ ? कसले पैसा दियो भन्ने कुरा उतै सोध्नुस् न’ भनेर पटक पटक भनिरहे ।

‘लगानीकर्तालाई दिनुपर्ने गीत किन अरुलाई दिएको ?’ भन्ने प्रश्नमा उनले हामीमाथि नै प्रश्न उठाउँदै पत्रकार महासंघको पत्रकार हो ? म पनि पत्रकार भनिरहे ।

‘आफ्नो स्टुडियोमा कुन गीत कसले रेकर्ड गरेको ? कसले एरेन्ज गरेको ? भन्ने रेकर्ड डकुमेन्टेशन त हुन्छ होला नि ?’ भनेर प्रश्न गर्दा धेरै चलेको स्टुडियो भएकाले त्यसको हिसाब नहुने पनि बताए । ‘त्यसोभए जसले पनि गीत उठाएर हिँड्न पाइन्छ ? मालाश्रीबाट ?’ भन्दा उनी नाजावाफ बने ।

को के भन्छन् ?

हेमराज अधिकारी (निर्माता, प्रस्तुतकर्ता एवं शब्द लेखन)

यो गीत मेरो ड्रिम प्रोजेक्ट हो । हामी तीन जना मिलेर एउटा गीत निकाल्ने सहमति भए बमोजिम मैले ३७ हजार रुपैंया लगानी गरेको छु । यसै लगानीबाट अडियो फाइनल भएको हो ।

तर, म भिडियोका लागि तयारी गर्दै गर्दा अर्को शब्द लेख्ने रमेश परियारले विना कुनै जानकारी भिडियो निर्माण गरी मेरो अनुमति बेगर गीत रिलिज गरेका छन् ।

मेरो शब्दको गीत रेकर्ड गराइएकोमा अहिले शब्द रचनामासमेत मेरो नाम छैन । यो ठूलो घात हो । अन्यायमा परेको महसुस गरेको छु । यो विषयमा छानबिन गरिपाउँ भनेर बिहीबार नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र प्रतिष्ठान गण्डकी प्रदेश समितिमा निवेदन दिएको छु ।

गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । सबै खर्च मैले नै तिरेको हूँ । तर, मालाश्रीले अडियो अरुलाई दिने गैरजिम्मेवारपूर्ण काम गरेको छ ।

गीत रेकर्डपछि लय र स्वर दिने रेशम निर्दोष यूके गएकाले पनि भिडियो निर्माणमा ढिलाई हुन गएको सत्य हो । बीचमा रमेश परियारले गीत सार्वजनिक गर्ने सम्बन्धमा कुरा गरेका हुन् । गीतको टुक्का टिकटकमार्फत् सार्वजनिक पनि गरिदिए । रमेशको शब्द झिकेर सबै आफ्नै शब्दमा पुनः गीत रेकर्ड गर्ने तयारी पनि भएको हो । रेशम विदेश भएकाले सम्भव भएन । भाका बनाउने रेशमको विकल्प अरु हुन्थेन, त्यसैले पुनः रेकर्डका लागि रेशम नै चाहिन्थ्यो । भिडियो निर्माणको लागि तयारी हुँदै गर्दा एकाएक गीत रिलिज गरिएको छ । तुरुन्त युट्युबबाट गीत हटाउन माग गर्दछु । आपसी समझदारीमा गरिएका कतिपय सहमति उल्लंघन गरेर रमेशले मलाई धोका दिएका छन् ।

रमेशले अहिले लगानी गरेको रकम म दिन्छु भनेका छन् । यदि त्यसरी मिल्छ भने काम सुरु गर्दाको समझदारी बिर्सेर पछि गएर जसले पनि पैसा दिन्छु भन्दै गीत चोर्न सक्ने भयो । संयुक्त शब्द लेख्नेले रेकर्डिङ स्टुडियोबाट गीत लिएर जान मिल्छ ? मालाश्रीले दिन मिल्छ ? मालाश्री स्टुडियोको पनि पूरापूर गल्ती छ ।

रमेश परियार (संयुक्त शब्द लेखन)

गीतको रेकर्डका क्रममा खर्च हेमराज अधिकारीले नै व्यहोरेका हुन् । गीत रेकर्ड भइसकेको ३–४ वर्ष (रमेशको दाबी) भएपनि बजारमा नल्याउँदा मैले नै ल्याएको हुँ ।

गीतको निर्माताका रुपमा हेमराज अधिकारी नै लेखेको छु । प्रस्तुति हेमराज अधिकारी भनेर सुरुमा र अन्तिममा पनि छ । अडियोमा २ टुक्का हेमराज अधिकारीको भएपनि भिडियोमा उहाँको हटाएर सबै मेरै मात्र हालेको छु ।

अधिकारीले गरेको लगानी फिर्ता गर्न तयार छु । गीत ३–४ वर्षसम्म रिलिज नहुँदा श्रष्टालाई समस्या हुन्छ । त्यसैले मैले गरेको हूँ । उहाँले मलाई सम्पर्क गर्नुभएको छैन । मैले मेरो शब्द हटाएर छुट्टै रेकर्ड गर्न पनि भनेको हूँ । तर शान्ति श्री परियारले ‘कहाँ म तपाईंको हटाइसकेपछि पनि गाउँछु ?’ भनेर गाउन मान्नुभएन ।

मैलै धर्म छोडेको छैन । आफूले गरेको सिर्जना वर्षौँसम्म रोक्न नसक्ने भएको कारण गायक तथा लय संकलक रेशम निर्दोषसँगको सल्लाहमानै भिडियो बनाएको हूँ ।

रेशम निर्दोष (गायक तथा लय संकलक)

रेशम निर्दोषलाई यस विषयमा कुरा गर्न सम्पर्क गर्दा फोन उठेन । यद्यपी, उनले हेमराज अधिकारीसँग गीतकै विषयमा गरेको टेलिफोन कुराकानी हामीलाई प्राप्त भएको  छ । जहाँ उनले मेलोडी हेमराज अधिकारीलाई नै दिएको स्पष्टताका साथ भनेका छन् ।

गीतको महत्वपूर्ण कुरा लय संकलन र गायन रेशम निर्दोषले नै गरेकाले र उनले नै आफ्नो गीत हेमराजलाई दिएको भनेका कारण हेमराज यो मुद्धामा बलियो बनेका छन् । कुराकानीमा रेशमले दुवै पक्ष मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

गीत हडप्ने रमेश परियारले रेशम निर्दोषकै सहमति र सल्लाहमा भिडियो बनाई सार्वजनिक गरेको भनेकाले र सुटिङदेखि भिडियो रिलिज हुँदासम्म यस विषयमा आफूलाई नभनेकाले रेशमसँग चित्त दुःखेको हेमराजले बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नवौं संस्करणको वालिङ महोत्सव सुरु
गण्डकी क्षेत्र

नवौं संस्करणको वालिङ महोत्सव सुरु

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
नवौं चरणको वालिङ महोत्सव आजदेखि
गण्डकी क्षेत्र

नवौं चरणको वालिङ महोत्सव आजदेखि

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति
गण्डकी क्षेत्र

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु
गण्डकी क्षेत्र

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews