Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अब पोखरामा प्याराग्लाइडिङ पुरानै स्थान तोरीपानीबाट सञ्चालन, मान्द्रेढुङ्गा अपायक

दैनिक १२ सय उडान हुने गरेकोमा अहिले डेढ सय मात्रै

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 October 12 मा प्रकाशित
अब पोखरामा प्याराग्लाइडिङ पुरानै स्थान तोरीपानीबाट सञ्चालन, मान्द्रेढुङ्गा अपायक
ShareTweetSend

पोखराको साहसिक पर्यटनको प्रमुख आधार प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्‍चालनको तयारी गरिएको छ। तोरीपानी बाहाकोट क्षेत्रबाट एक साता भित्र उडान थालिने तयारी गरिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकोमा अब पूर्ववत् स्थानबाट नै सञ्‍चालन गर्न लागिएको हो। अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ। झण्डै ६ किलोमिटर बढी दूरीले गर्दा शुल्क पनि बढेर १२ हजार पुगेको छ ।

अहिले मान्द्रेढुङ्गाबाट उडान सञ्‍चालन गर्दा पर्यटक आकर्षित हुन सकेका छैनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ। यतिबेला दैनिक १५० सम्म उडान भइरहेको छ। कोरोना पहिले दैनिक १ हजार २ सयसम्म उडान हुन्थ्यो।

मान्द्रेढुङ्गाबाट टेकअफ गरी पामे ल्याण्ड गर्दै आएको अहिलेको रुट पोखरा बजार र फेवातालदेखि टाढा पर्छ । तस्वीरमा स्काई राइडर प्याराग्लाइडिङका एमडी एवं पाइलट विष्णु गौतम ।

सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो।

नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्‍डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ।

नाको बुधबार पोखरामा आयोजना गरिएको २०औँ वार्षिक साधारणसभामा नागरिक उड्‍डयन प्राधिकरण (क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए। क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनले बताए।

अध्यक्ष भट्टराईले भने, ‘मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ। उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्‍चालन गर्छौं।’

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ। पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ सञ्‍चालन हुँदै आएको छ। पर्यटकीय सहरमा सञ्‍चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन्। पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन्।

नागरिक उड्‍डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उनको भनाइ छ।

‘आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जाहोस्। यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्‍नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ,’ उनले भने – ‘गत वर्ष भएको दुखद घटना पछि पर्यटकको सङ्ख्या घटेको छ, त्यसकारण प्रविधिको प्रयोग गर्दै प्राधिकरणको नियन्त्रणमा रहेर प्याराग्लाइडिङलाई थप प्रचार प्रसार गरि उच स्थानमा लैजानु पर्नेछ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए। ‘प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सधैँ स्थापित गर्नु आवश्यक छ,’ उनले भने।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा महानगर पालिका वडा नं ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी लगायतले आफ्ना भनाई राख्दै नेपालसंगै पोखराको पर्यटनमा महत्वपूर्ण भुमिका खेल्दै आएको प्याराग्लाइडिङ बिनाको पोखरा कल्पना समेत गर्न नसकिने बताए ।

हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो। सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन्।

त्यसैगरी, कम्पनीअन्तर्गत ३ सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। ती मध्ये १० जना महिला पाइलट छन् ।

संस्थाका महासचिव खेमराज आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न २२ वटा कार्यक्रमहरु अघि सारेका छन् । टेण्डम प्याराग्लाइडिङ लाईसेन्स प्राप्त पाईलटहरुको आवेदन नविकरण एवम् टि टु कोर्ष पुरा भएका २३ जाना पाईलटहरुलाई लिखित र प्रयोगात्मक परिक्षा लिइ लाईसेन्स प्रदान गरेको आचार्यले बताए ।

नवौं राष्ट्रिय खेलकुदमा दुर्घटनाका कारण निसिम थापाको ज्यान गएपछि स्थगित सोलो (एकल) उडान अनुमतिको विषयमा क्यानले आफ्नो अध्ययनलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
Breaking 2

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
Breaking 2

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
Breaking 2

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
Breaking 2

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

2026 August 22 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 21 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

2026 August 21 मा प्रकाशित
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

2026 August 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews