Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

राजकीय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 12 मा प्रकाशित
एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन
ShareTweetSend

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ । नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।

मंगलबार राति करिब २ बजे बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएकोमा अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पताललाई उद्दृत गर्दै नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए ।

वि.सं २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङ गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए।

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

राजकीय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

संविधानसभा अध्यक्ष नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए । उनका अनुसार बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे गरिने भएको छ। पार्टी प्रचार विभागका सचिव गगन विष्टले नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी दिएका छन्।

त्यसअघि भोलि १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिनेछ। त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा राखिने पार्टी प्रचार विभागका सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई राति पार्टी कार्यालयमा नै राखिनेछ । त्यहाँ पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहनेछन् । मंगलबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ ।

अष्ट्रेलिया भ्रमणमा रहेका उनका कान्छा छोरा सुहाङ आज (मंगलबार राति) काठमाडौं आइपुग्दैछन् । जेठा छोरा भने परिवारसहित बेलायतमा छन् । उनी भोलि बुधबार मात्र आइपुग्ने भएकाले पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।

सरकारले मंगलबार मात्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।  सरकारले अन्त्यष्टि गरिने दिन सार्वजनिक विदा दिने यसअघि नै निर्णय गरिसकेको छ। ‘श्रद्धाञ्जली अर्पणका लागि स्व. नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ। त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उहाँको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने भएको छ। त्यहाँ स्व. नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने

नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयमा पार्टीको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेका छ ।

नेता नेम्पाङको मंगलबार विहान हृदयघातका कारण असमायिक निधन भएको थियो। नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर पुष्पगुच्छा अर्पण गरेका थिए।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरूसहित ठूलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेम्वाङको निधनमा केपी ओली भावुक मर्माहत

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति भावुक र मर्माहत भएका छन् । उनले नेम्वाङको मृत्युमा दुःख व्यक्त गर्दै उनी आफ्ना लागि केवल पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख–दुःखको साथी रहेको बताएका छन् ।

नेम्वाङको निधनमा श्रद्धाञ्जली वक्तव्य दिँदै आज बिहानै ओलीले नेम्वाङ सधैँ मृदुभाषी र शालीन साथी रहेको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ देशले सम्झिरहने समेत बताए । ओलीका एकदम विश्वासपात्र मानिने नेम्वाङलाई ओलीले पछिल्लो समय महत्वपूर्ण जिम्मेवारी समेत दिएका थिए । उनलाई संसदीय दलको उपनेताको जिम्मेवारी दिएका थिए भने ओलीपछिको वरियतामा नेम्वाङ नै थिए । गत राष्ट्रपति निर्वाचनमा पनि ओलीले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारे, तर नेम्वाङ सत्ता गठबन्धनसँग पराजित भए ।

नेम्वाङलाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले आज नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना दर्शाएका छन् ।

देउवा र प्रचण्ड स्तब्ध

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बिहानै शिक्षण अस्पतालमा पुगेर स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गरे ।

भट्टराइले लेखे- ‘आँखामा राखे पनि नबिझाउने’ मित्र गुमाएँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनको अप्रत्याशित निधनले आफू स्तब्ध र मर्माहत भएको डा. भट्टराईले बताएका छन्। ‘आँखामा राखे पनि नबिझाउने’ उपमा दिँदै उनले नेम्वाङको निधनले देशलाई नै ठूलो क्षति भएको उल्लेख गरेका छन्।

‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनबाट स्तब्ध र मर्माहत छु’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु।उहाँप्रति हर्दिक श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना!’

मलाई संसदीय प्रक्रिया सिकाउने–बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्।

नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री थापाले भने – ‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’

संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उनले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने थापाले बताए । आफूलाई संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयौँ विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैँ खड्किने थापाको भनाइ छ ।

‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ थापाले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Breaking 2

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित
स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता
Main News 1

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

2026 February 27 मा प्रकाशित
स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस

स्याङ्जाका आठ स्थानीय तहमा फागुन १५ गते सार्वजनिक बिदा

2026 February 26 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

अर्जुनचौपारीमा लागूऔषधसहित दुई जना पक्राउ

2026 February 26 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

2026 February 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews