Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा

६३ जिल्लाको यातायात सञ्जाल जोडिएको पोखरामा बसपार्कको बेहाल

रासस रासस
2023 September 5 मा प्रकाशित
व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा
ShareTweetSend

पोखरा । हिउँचुचुरा र तालतलैया सम्झेर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो । पोखरामहानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ ।

पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, विजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरुप बनाएका छन् । न व्यवस्थित टिकट काउण्टर छ न त बस राख्ने ट्र्याक नै राम्रो छ । किनारामा थन्काइएका थोत्रा बसले बसपार्कको बेहाल र लाजमर्दो स्थितिलाई दर्शाइरहेको छ ।

झण्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुंगाे छैन । पोखरा उपत्यका नगर विकास समितिले उहिल्यै देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र काम चलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ रु चित्तबुझ्दो जवाफ कसैसँग छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बसपार्कले पर्यटनको राजधानी सहर पोखराकै बदनाम गरेको बताउँछन् ।

“नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने पोखरामा स्तरीय बसपार्क बन्न नसक्नु दुर्भाग्य हो, बसपार्कको बेहाल देख्दा हामीलाई पनि पीडा हुन्छ”, उनले दुःखेसो पोखे, “राजनीतिको दुश्चक्रमा बसपार्क फस्यो, राज्यका निकायले पनि बसपार्क बनाउन इच्छाशक्ति देखाएनन् ।” अध्यक्ष केसीका अनुसार सो बसपार्क भएर दैनिक झण्डै तीन सय सवारी साधन देशका विभिन्न गन्तव्यमा गुड्छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ । “पोखरा एकातिर प्रदेशको राजधानी सहर हो, अर्कातिर पर्यटनको केन्द्र”, अध्यक्ष केसीले भने, “बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ, अब पनि बसपार्क नबनाउने हो भने पोखराबाट राम्रो सन्देश जाँदैन ।” उनले बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताए ।

यातायात व्यवसायीले पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आए पनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गरे । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् ।

पोखरा महानगरले पृथ्वीचोकदेखि चाइना पुलसम्म पार्किङ निषेध गरेपछि पछिल्लो समय बसपार्कबाटै गाडी छुट्न थालेको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए । हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रुहरु बसपार्क छिर्नै नचाहने गरेको उनको भनाइ छ ।

“जहीँतहीँ हिलो र खाल्डाखुल्डी छन्, भित्र गएर उभिने ठाउँ पनि छैन, अझैपनि बाहिरबाटै यात्रु चढाउनुपर्ने बाध्यता गाडीलाई छ”, पाठकले भने, “पहिले सडकछेउमै बस रोक्ने, यात्रु चढाउने, झार्ने गर्दा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त देखिने गथ्र्यो, अहिले केही कम भएको छ, बसपार्क बन्यो ट्राफिक व्यवस्थापन धेरै सहज हुन्छ ।” अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार नबनेको उनले उल्लेख गरे। तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्टिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने उनको भनाइ छ ।

स्थानीय व्यवसायी कमल कुँवरले बसपार्क नबन्दा हिउँदमा धूलो र बर्खामा हिलोको सास्ती खेप्नुपरिरहेको बताए । “गत वर्ष नाला बनाएर छाडेको छ, अरु केही काम भएको छैन, निर्माण अलपत्र पर्दा बसपार्क झन् लथालिंग बनेको छ”, उनले भने, “दशकौँ देखि बसपार्क बेहाल अवस्थामा छ, चुनाव आउँदा नेताहरुले बसपार्कको मुद्दा उठाउँछन्, अघिपछि कुरा सेलाउँछ, महानगरले पनि खासै चासो लिएको देखिन्न ।”

पोखरा महानगरको यातायात व्यवस्था समितिका उपाध्यक्ष एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बसपार्क सुधार र व्यवस्थापनको काम थालिएको बताए । “आधुनिक बसपार्कका लागि जग्गाको समस्या छ, भएको जग्गामा तत्काललाई सामान्य पूर्वाधार र मर्मतसुधारको काम गर्दैछौँ”, उनले भने, “बसपार्क जाने सडक ढलान हुँदैछ, यात्रु प्रतीक्षालय पनि बन्दैछ ।” ग्राभेल विच्छएर हिलो र खाल्डाखुल्डी पुरिने वडाध्यक्ष तिमिल्सिनाले बताए ।

बसपार्क क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित ग्यारेज र टिकट काउण्टर पनि हटाउन थालिएको उनको भनाइ छ । “छोटो र लामो दुरीका बसका लागि अलग–अलग ब्लक बनाउने तयारीमा छौँ, यात्रुका लागि पदैलमार्ग पनि बन्छ”, वडाध्यक्ष तिमिल्सिनाले भने, “अहिलेको तुलनामा बसपार्क केही व्यवस्थित बन्दैछ ।” सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ । बसपार्क बनाउने भनिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ ।

पोखरा महानगर अन्तर्गत पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको उक्त जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा पर्यो भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । दुई सय पाँच रोपनीमध्ये केही जग्गा पृथ्वी राजमार्गमा पर्दा पछि बसपार्कका नाममा एक सय ८७ रोपनी कायम भएको थियो । उक्त जग्गा पनि अहिले घट्दै ६० रोपनीभन्दा पनि कममा झरेको छ ।

जग्गाकै कारण पृथ्वीचोकमा ठूलो बसपार्क बन्ने सम्भावना नरहेको भन्दै महानगरले ‘सिटी’ बसपार्कको योजना अघि सारेको छ । पोखरा–३२ लामेआहालमा प्रादेशिक बसपार्क बनाउने गण्डकी प्रदेश सरकारको प्रस्ताव पनि अलपत्र परेको छ । दुई सय ७३ रोपनी क्षेत्रफलमा बनाउने भनिएको उक्त बसपार्कका लागि लगानीको स्रोत जुट्न नसकेको प्रदेश सरकारले जनाएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बसपार्क निर्माणमा महानगरसँग समन्वय गरेर अघि बढ्ने बताए । “प्रदेश राजधानीमा सुविधासम्पन्न बसपार्क नहुनु हामी सबैको बिडम्वना हो, बसपार्क बनाउने विषयमा महानगरसँग मिलेर पहल थाल्छौँ”, उनले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति
Breaking 1

पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
धर्म/संस्कृति

पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
धर्म/संस्कृति

श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न
धर्म/संस्कृति

पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

by गण्डकी न्यूज
2025 April 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews