पोखरा । आइतबार रातिको परेको पानीले पोखरा ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ । वर्षाका कारण खोला बढेपछि पानीले उचित निकास पाएन र पुलमा क्षति पुगेको हो ।
पोखराको फिर्के खोला अतिक्रमणको चपेटामा परेको छ । यो पुल नजिकै बगालेटोल बहुद्देश्यीय भवन, सोपाँल तमु समाजको भवन छ । यसका कारण फिर्के खोला अतिक्रमणमा परेको छ ।
वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका हो । भारी पानी पर्दा उपयुक्त निकास नपाई छेउछाउका डिलसमेत खसेका छन् ।
नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भनेका छन्ः त्यसको मुख्य कारण भनेकै बगालेटोल बहुद्देश्यीय भवन फिर्केखोला अतिक्रमण गरेर बनाएकोले हो। सत्य बोल्दा हामीलाई गाली गरे गरुन्, घृणा गरे गरून्।
प्रतिक्रिया लेख्नुहोस्:-