Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भुँडी ठूलाे भएर चिन्तित हुनुहुन्छ ? यस्ताे छ घटाउने १८ उपाय

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
भुँडी ठूलाे भएर चिन्तित हुनुहुन्छ ? यस्ताे छ घटाउने १८ उपाय
ShareTweetSend
  • डा हेमराज कोइराला 

भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो। मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। अस्वभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्माेनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ।

हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो। भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ। बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन्। यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन्। एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ।

उपाय १
फाइबरयुक्त खानाः हामीले खाने खानामा पाइने फाइबर (रूक्षांश) ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ। घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ। खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृत गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ। साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ। अध्ययन अनुसन्धानको निचोड भन्छ– १० ग्राम घुलनशील फाइबरको अतिरिक्त प्रयोगले भुँडी लाग्ने क्रियालाई ३.७ प्रतिशत कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडोे, ब्ल्याक बेरी, दाल–गेडागुडी र हरिया सागपात आदि हुन्।

उपाय २
ट्रान्स फ्याटयुक्त खानेकुरा नखाऔंः अनसेचुरेटेड फ्याटमा हाइड्रोजन परमाणु पम्प गरेर बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्स फ्याट भनिन्छ। प्राकृतिक तेलहरुलाई धेरै तताउँदा पनि तेल ट्रान्स–प्mयाटमा परिवर्तित हुन्छ। बोतल बद्ध, बट्टाबद्ध, जंक फुडहरुमा ट्रान्स प्mयाट हालिएको हुन्छ। ट्रान्स फ्याट मुटुरोग, मधुमेह, नशा नाडीको क्षय, वात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सिया, जस्ता रोगसँग सम्बद्ध यौगिक हो। यसर्थ भुँडी घटाउन चाहनेहरुले ट्रान्स फ्याटको पहरेज गर्नुपर्छ।

उपाय ३
मदिरापान नगरौंः मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन्। मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न रिसर्चहरुले प्रमाणित गरिसकेका छन्। यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं।

उपाय ४
उपबास गर्ने गरौंः उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो। वर्षको दुई चोटी ५ देखि ७ दिनकोे उपबास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ।

उपाय ५
जडीबुटीको काडा पिउने गरौंः गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ। यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ। यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ।

उपाय ६
प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौंः शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन्। यी ब्याक्टेरियाहरूको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ। प्रोबायोटिक्सयुक्त खोकुरा भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो। प्रोबायोटिक्सयुक्त खानेकुरा खाँदा पाचनमा सुधार हुने र तौल घट्ने तथ्य अनुसन्धानहरुले देखाएका छन्।

उपाय ७
संरक्षित खानेकुराहरु नखाऔंः लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ। खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल लगायत  चिनी, नुन, तेल जस्ता तत्वहरु हालिएको हुँदा यस्ता खानेकुराले तौल बढाउँछ।

उपाय ८
एप्पल साइडर भिनेगरको प्रयोगः १२ हप्तासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ। एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने, भुँडीको बोसो घटाउन सहयोग पुर्‍याउँछ। स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगर प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसलाई पर्याप्त पानी हालेर प्रयोग गर्नुपर्छ नत्र यसले दाँतको इनामेललाई खुइल्याउन सक्छ।

उपाय ९
उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौंः उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ। फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं।

उपाय १०
तनाव व्यवस्थापन गरौंः तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्माेन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा प्mयाट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ। यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

उपाय ११
चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔंः प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

उपाय १२
घरेलु चिल्लोको प्रयोगः तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन्। यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ। उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ।

उपाय १३
कार्डियो एक्सरसाइज गर्ने गरौंः श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ। कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बर्न हुने हुँदा चाडै तौल एवं भुँडी घट्छ।

उपाय १४
निद्रा पुग्ने गरी सुत्ने गरौंः गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो। दैनिक ५ घन्टा भन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ। भुँडी घटाउन चाहनेहरुले गहिरो निन्द्रा लिन आवश्यक हुन्छ। यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको प्रबन्धनतिर लागौं र भुँडी घटाऔं।

उपाय १५
सागपात एवं फलफूल खाने गरौंः बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एक पल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ। शरीर शोधनको लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ। सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणाली बोसो घटाउने दिशातिर कार्य गर्न थाल्छ।

उपाय १६
पेटको व्यायाम गरौंः भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो। भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्विस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विट, रोलिङ्क प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ।

उपाय १७
हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौंः मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ। यो गुलियो अति स्वादिष्ट हुने भएकाले अधिकांश जंकफुडमा हालिएको हुन्छ। लिबरमा बोसो लगाउनेदेखि भुँडी लाग्ने र तौल बढ्ने जस्ता समस्याहरूसँग सम्बद्ध यो यौगिक अनेकौं मेटाबोलिक रोगहरूको कारण पनि हो।

उपाय १८
कार्बोहाइड्रेटको प्रयोग कम गरौंः धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ। यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ।

शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।

१) केरा

यदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।

२) दालचीनी

तौल कम गर्नको लागि दालचिनी निकै उपयुक्त हुन्छ । बिहानको नास्ताभन्दा पहिले र राती सुत्नुभन्दा अगाडी दालचिनीको प्रयोग गर्नुहोस् । त्यसको लागि एक कप पानीमा एक चम्चा लादचिनी पाउडर मिसाउने । यो एक प्रकारको पेय पदार्थ भएकाले दैनिक दुइ पटक पिउँदा केही दिनमा नै यसको असर देख्न सकिन्छ ।

३) लसुन

लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

४) पुदीना

पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।

५) ग्रीन टी

केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ

2026 May 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए

2026 May 13 मा प्रकाशित
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

2026 May 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews