Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! छोरोको घटनास्थलमै मृत्यु

छिमेकी भन्छन्ः त्यस्तो मान्छेले कसरी यस्तो गर्न सक्छ ? श्रीमतीसँग झगडा नै हुन्थेन

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! छोरोको घटनास्थलमै मृत्यु
ShareTweetSend

पोखराको रामबजारमा मंगलबार राति एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । ११ वर्षीय छोरोको घटनास्थलमै मृत्यु भएको छ भने बुबा र आमाको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

मकवानपुर बकैया गाउँपालिका, ठिंगन घर भई पोखरा बस्दै आएका ३८ वर्षीय राम्जी घलेले आफ्नी श्रीमती सुमित्रा र छोरा ज्ञापनको घाँटी रेटेर आफू पनि घाँटी रेटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एकै घरमा रहेकी सुमित्राकी आमाले ज्वाँईंले नै नाति र छोरीको घाँटी रेटेको बताएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले गण्डकी न्यूजलाई जानकारी दिए ।

राम्जीको अहिले मनिपाल शिक्षण अस्पताल र सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । दुवै जना बोल्न सक्ने अवस्थामा नरहेकाले घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटना विवरणः

रामजी र सुमित्रा, ११ वर्षीय छोरा र सासु (सुमित्राकी आमा) सँगै बस्दथे । सुमित्राकी दिदीबहिनीलाई आमा धनमाया ठकुरीलेसँगै राखेकी थिईन् । जेठी छोरी घरजग्गा बेचेर गएपछि धनमाया कान्छीसँगै बसेकी थिईन् । सुमित्रा र छोरो मुख्य कोठामा सुत्थे भने राम्जी कोठामै जोडिएको किचनमा सुत्ने गर्दथे ।

धनमायाका अनुसार सधैं छोरी ज्वाईंले ढिला बत्ती निभाउथे । मंगलबार भने चाँडै नै बत्ती निभाए । राति साढे १ बजेपछि छोरी रुनकराउन थालिन् । गर्भवती सुमित्रा बाहिर निस्केर आमाको कोठाको ढोका ढक्ढक्याउन थालिन् । धनमायाले ढोका खोलेर हेर्दा सुमित्रा रक्ताम्मे थिईन् । धनमायाले के भो ? भन्दा सुमित्राले ‘यसले छोरो मार्यो । मलाई नि मार्न लाग्यो । तपाईंलाई नि मार्छ ढोका लगाउनु ।’ भनिन् । घाँटीबाट रगत बगिरहेको बेला सुमित्राले औंलाले भित्तामा केहि लेखेको धनमायाले प्रहरीसँग बयान दिएकी छिन् । कोठामा छोरो ज्ञापन रगतको आहालमा डुबेका थिए भने राम्जी पनि रक्ताम्ये रन्थनिरहेका थिए ।

मनिपाल अस्पतालमा उपचाररत राम्जी

त्यसपछि हारगुहार गरेपछि छिमेकीहरु जम्मा भए । सुमित्रालाई क्षेत्रीय अस्पताल लगियो । ३ बजेतिर जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थल पुग्यो । राम्जी छटपटिरहेको देखेपछि उनलाई पनि अस्पताल लगियो । राम्जीलाई थप उपचारका लागि बिहान ७ बजेपछि गण्डकी अस्पतालबाट मनिपाल अस्पताल लगिएको छ ।

३३ वर्षीया सुमित्राको पेटको बच्चा खेर गएको छ । अस्पताल ल्याएपछि डाक्टरले बच्चा मरेको हुन सक्ने बताएपछि अपरेशन गर्दा मृत बच्चा निकालिएको प्रहरीले जनाएको छ । राम्जी र सुमित्रा दुवैलाई अपरेशन पश्चात् पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । ११ वर्षीय छोरोको पोष्टमार्टम भईनसकेको अस्पतालका प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

छिमेकी चकित

पेन्टरको काम गर्दै आएका राम्जी घलेलाई चिन्नेजान्ने सबैले मिठो बोल्ने र मिलनसार व्यक्तिका रुपमा चिन्छन् । निकै मेहनती राम्जी कहिल्यै पनि श्रीमतीसँग झगडा गरेको छिमेकीले थाहा पाएका छैनन् । गर्भवती सुमित्राले पेट दुख्यो भनेकाले मंगलबार राति पनि भोलि जचाउँन जाउँला भनेर सुतेको आमालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा उपचाररत सुमित्रा

छिमेकीहरु राम्जीले कसरी यस्तो काम गर्न सक्छन् ? भन्दै आश्चर्य मानिरहेका छन् । राम्जीकै गाउँका निकट एक व्यक्तिले नाम नखुलाउने शर्तमा राम्जी पछिल्लो समय डिप्रेशन वा अफ्ठ्यारोमा परेको हुनसक्ने बताउँछन् । ‘म पोखरा आउने बित्तिकै राम्जी मलाई भेट्न खोजिहाल्थ्यो । तर पछिल्लो समयतिर उनको फोन सधैं अफ हुने तर त्यही नम्बरबाट आफूलाई फोन आउने गर्दा म अचम्म मान्थेँ । उसले के कारणले फोन अफ गरेर राख्थ्यो ? र आफूलाई आवश्यक पर्दा मात्र फोन अन गर्ने गर्छ भन्नेमा म अहिले छक्क परिरहेको छु । परिवारसँग झगडा नगर्ने, छोरोलाई असाध्यै माया गर्ने मान्छेले कसरी रेट्यो होला ?’ उनले भने ।

राम्जी र सुमित्राकै फेसबुकमा तीन जनौ परिवारको कभर फोटो छ । राम्जीले फेसबुकमा आफ्नो छोरोको फोटो नै पोस्ट गरिरहन्थे । छोराकै फोटो समेत प्रोफाईल पिक्चर बनाउथे ।

राम्जीको परिवार राम्रै परिवारको हो । उनका दाइ चक्रबहादुर घले मकवानपुरमा पञ्चायतकालमा कहलिएका व्यक्ति हुन् । यहाँ पेन्टर भएपनि राम्जीले राम्रै कमाई गर्थे । सुमित्राले फुलबारी रिसोर्ट चलिरहँदा त्यहाँ काम गर्थिन् । रामबजारमा महिला समूहमा उनी सक्रिय थिईन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews