Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ब्रेकिङ न्यूज: पिएनबाट हराएको आइडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा भेटियाे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
ब्रेकिङ न्यूज: पिएनबाट हराएको आइडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा भेटियाे
ShareTweetSend

पोखरा । पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड नियन्त्रणमा लिएको छ ।

कार्ड चोरी भएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले फागुन १८ गते निर्धारित स्ववियु चुनाव नै स्थगन हुने गरी क्याम्पसमा तालाबन्दी गरेको थियो । कार्ड भेटिएको घरको बीच तल्लामा अखिल क्रान्तिकारीकै नेता भाडामा बस्दै आएका छन् । विज्ञान संकायका विद्यार्थीका पाँच सय बढि आईडीकार्ड हराएको दाबी गर्दै क्रान्तिकारीले कार्ड नभेटिएसम्म चुनाव हुन नदिने अडान राखेपनि अन्ततः सहमतिमा आएपछि यही फागुन २५ गते चुनावको मिति तोकिसकिएको छ ।

यसरी भेटियो कार्ड

तुल्सीमार्ग स्थित निरञ्जन रञ्जितको घरको भुईंतल्लाको भर्‍याङमुनी कार्ड भेटियो । विहिबार साँझ करीब ६ बजेतिर सोहि घरको अघिल्लो सटरमा चाउचाउ गोदामको गाडीमा काम गर्ने एक चालक भर्‍याङमुनी चाउचाउको कार्टुन खोज्दै गए । उनले प्लाष्टिकको पोकामा कार्ड फेला पारे । घर अगाडि चटपट बेचेर बस्ने महिलालाई चटपट खान ‘बलियो चम्चा हुने भो’ भन्दै पोको बोकेर निस्किए । १२ वर्षीय एक किशोरले पिएन क्याम्पसको आईडी कार्ड रहेछ भनेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोली घटनास्थल पुग्यो । राति ११ बजेमात्रै मुचुल्का उठाएर प्रहरी टोली फक्र्यों । प्लाष्टिकमा करीब दर्जन समूहमा छुट्याएर राखिएको कार्ड गन्दा एक सय ५९ मात्रै भेटियो ।

सो घरमा घरधनी बस्दैनन् । छिमेकीका अनुसार घरको बीच तल्लामा अखिल क्रान्तिकारीका पृथ्वीनारायण क्याम्पस जिल्ला समिति ईञ्चार्ज क्षितिज सापकोटा स–परिवार बस्छन् । ‘खोई हामी एक अर्कालाई चिन्दैनौं तर यो घरमा माओवादीका विद्यार्थी नेता बस्छन् । पिएन क्याम्पससँग जोडिने मान्छे यो घरमा अरु छैनन् ।’ – नाम नखुलाउने शर्तमा ति छिमेकीको भनाई थियो । यद्यपी, प्रहरीले मुचुल्का उठाएर कार्ड मात्रै लगेको छ । यस सम्बन्धमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

श्रोतका अनुसार केहि व्यक्ति प्रशासनको ढोका फोडेको १५ गते दिउँसो दुई घण्टासम्म त्यहाँ डुलिरहेका थिए । उनीहरु क्रान्तिकारी समर्थित रहेको ठम्याएको प्रहरी श्रोतको भनाई छ । त्यसबेलादेखि नै उनीहरुको गतिविधि नियालिरहेको श्रोतले बतायो ।

पश्चिमाञ्चलकै ठूलो पृथ्वीनारायण क्याम्पसमा यही कार्ड हराएको विषय छानविनका कारण फेरि चुनावको कार्यतालिका प्रभावित हुने देखिएको छ । आईतबारदेखि नै क्याम्पसमा तालाबन्दीको कारण तनाव थियो । यस विषयमा पूर्व क्याम्पस प्रमुख प्रा.डा. दिलबहादुर क्षेत्रीको संयोजकत्वमा छानविन समिति नै बनेको थियो । सो समस्या समाधान समितिले सोमबार बैठक समेत डाकेकोमा निश्कर्षमा पुग्न सकेन र निर्वाचन कार्यतालिका प्रभावित बन्यो । क्याम्पस प्रशासनले मंगलबार सूचना जारी गर्दै चुनाव स्थगित भएको जनायो । बुधबार फेरि सहमति भएपछि क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले फागुन २५ गतेलाई चुनावको अर्को मिति तोके । नेकपा एमाले समर्थित अनेरास्ववियूले भने जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने जनाउँदै आएको थियो ।

अनेरास्ववियूका क्याम्पस कमिटि संयोजक राजन शर्मा पराजुलीले विज्ञप्ती मार्फत नै अखिल क्रान्तिकारीले आफूले लज्जाजनक हार व्यहोर्ने निश्चित भएपछि निर्वाचन तालिकालाई प्रभावित पार्ने गरी यो हर्कत गरेको आरोप लगाएका थिए । उनले विज्ञप्तीमार्फत ‘काँक्रो आफू चोरेर खाने र बियाँ अरुको मुखमा टाँस्न खोज्ने” अखिल क्रान्तिकारीको दोहोरो चरित्रको निन्दा गरेका थिए ।

नेवि संघ केन्द्रिय सदस्य भानु ढकालले पृथ्वीनारायण क्याम्पसमा पनि यही २५ गते हुने भनिएको निर्वाचन विरुद्ध आठ विद्यार्थी संगठन रहेको जानकारी दिए । पृथ्वीनारायण क्याम्पस प्रमुखले कसैसँग छलफल नगरी निर्वाचन मिति घोषणा गरेको उनको भनाई छ । तर, पृथ्वीनारायण क्याम्पसमा फागुन १८ गते चुनाव रोकिएको अखिल क्रान्तिकारीको तालाबन्दीले हो । उसले भने सहमति जनाईसकेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर
Breaking 1

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट
Main News 1

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण
Main News 1

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
Breaking 2

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
Main News 1

आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

by राम बहादुर रोकाहा
2025 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews