Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ब्रेकिङ न्यूज: पिएनबाट हराएको आइडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा भेटियाे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
ब्रेकिङ न्यूज: पिएनबाट हराएको आइडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा भेटियाे
ShareTweetSend

पोखरा । पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड नियन्त्रणमा लिएको छ ।

कार्ड चोरी भएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले फागुन १८ गते निर्धारित स्ववियु चुनाव नै स्थगन हुने गरी क्याम्पसमा तालाबन्दी गरेको थियो । कार्ड भेटिएको घरको बीच तल्लामा अखिल क्रान्तिकारीकै नेता भाडामा बस्दै आएका छन् । विज्ञान संकायका विद्यार्थीका पाँच सय बढि आईडीकार्ड हराएको दाबी गर्दै क्रान्तिकारीले कार्ड नभेटिएसम्म चुनाव हुन नदिने अडान राखेपनि अन्ततः सहमतिमा आएपछि यही फागुन २५ गते चुनावको मिति तोकिसकिएको छ ।

यसरी भेटियो कार्ड

तुल्सीमार्ग स्थित निरञ्जन रञ्जितको घरको भुईंतल्लाको भर्‍याङमुनी कार्ड भेटियो । विहिबार साँझ करीब ६ बजेतिर सोहि घरको अघिल्लो सटरमा चाउचाउ गोदामको गाडीमा काम गर्ने एक चालक भर्‍याङमुनी चाउचाउको कार्टुन खोज्दै गए । उनले प्लाष्टिकको पोकामा कार्ड फेला पारे । घर अगाडि चटपट बेचेर बस्ने महिलालाई चटपट खान ‘बलियो चम्चा हुने भो’ भन्दै पोको बोकेर निस्किए । १२ वर्षीय एक किशोरले पिएन क्याम्पसको आईडी कार्ड रहेछ भनेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोली घटनास्थल पुग्यो । राति ११ बजेमात्रै मुचुल्का उठाएर प्रहरी टोली फक्र्यों । प्लाष्टिकमा करीब दर्जन समूहमा छुट्याएर राखिएको कार्ड गन्दा एक सय ५९ मात्रै भेटियो ।

सो घरमा घरधनी बस्दैनन् । छिमेकीका अनुसार घरको बीच तल्लामा अखिल क्रान्तिकारीका पृथ्वीनारायण क्याम्पस जिल्ला समिति ईञ्चार्ज क्षितिज सापकोटा स–परिवार बस्छन् । ‘खोई हामी एक अर्कालाई चिन्दैनौं तर यो घरमा माओवादीका विद्यार्थी नेता बस्छन् । पिएन क्याम्पससँग जोडिने मान्छे यो घरमा अरु छैनन् ।’ – नाम नखुलाउने शर्तमा ति छिमेकीको भनाई थियो । यद्यपी, प्रहरीले मुचुल्का उठाएर कार्ड मात्रै लगेको छ । यस सम्बन्धमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

श्रोतका अनुसार केहि व्यक्ति प्रशासनको ढोका फोडेको १५ गते दिउँसो दुई घण्टासम्म त्यहाँ डुलिरहेका थिए । उनीहरु क्रान्तिकारी समर्थित रहेको ठम्याएको प्रहरी श्रोतको भनाई छ । त्यसबेलादेखि नै उनीहरुको गतिविधि नियालिरहेको श्रोतले बतायो ।

पश्चिमाञ्चलकै ठूलो पृथ्वीनारायण क्याम्पसमा यही कार्ड हराएको विषय छानविनका कारण फेरि चुनावको कार्यतालिका प्रभावित हुने देखिएको छ । आईतबारदेखि नै क्याम्पसमा तालाबन्दीको कारण तनाव थियो । यस विषयमा पूर्व क्याम्पस प्रमुख प्रा.डा. दिलबहादुर क्षेत्रीको संयोजकत्वमा छानविन समिति नै बनेको थियो । सो समस्या समाधान समितिले सोमबार बैठक समेत डाकेकोमा निश्कर्षमा पुग्न सकेन र निर्वाचन कार्यतालिका प्रभावित बन्यो । क्याम्पस प्रशासनले मंगलबार सूचना जारी गर्दै चुनाव स्थगित भएको जनायो । बुधबार फेरि सहमति भएपछि क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले फागुन २५ गतेलाई चुनावको अर्को मिति तोके । नेकपा एमाले समर्थित अनेरास्ववियूले भने जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने जनाउँदै आएको थियो ।

अनेरास्ववियूका क्याम्पस कमिटि संयोजक राजन शर्मा पराजुलीले विज्ञप्ती मार्फत नै अखिल क्रान्तिकारीले आफूले लज्जाजनक हार व्यहोर्ने निश्चित भएपछि निर्वाचन तालिकालाई प्रभावित पार्ने गरी यो हर्कत गरेको आरोप लगाएका थिए । उनले विज्ञप्तीमार्फत ‘काँक्रो आफू चोरेर खाने र बियाँ अरुको मुखमा टाँस्न खोज्ने” अखिल क्रान्तिकारीको दोहोरो चरित्रको निन्दा गरेका थिए ।

नेवि संघ केन्द्रिय सदस्य भानु ढकालले पृथ्वीनारायण क्याम्पसमा पनि यही २५ गते हुने भनिएको निर्वाचन विरुद्ध आठ विद्यार्थी संगठन रहेको जानकारी दिए । पृथ्वीनारायण क्याम्पस प्रमुखले कसैसँग छलफल नगरी निर्वाचन मिति घोषणा गरेको उनको भनाई छ । तर, पृथ्वीनारायण क्याम्पसमा फागुन १८ गते चुनाव रोकिएको अखिल क्रान्तिकारीको तालाबन्दीले हो । उसले भने सहमति जनाईसकेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews