Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अरिंगालले चिलेका तनहुँका कुमालको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार नपाएर मृत्यु [भिडियाे]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2022 August 13 मा प्रकाशित
अरिंगालले चिलेका तनहुँका कुमालको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार नपाएर मृत्यु [भिडियाे]
ShareTweetSend

आफन्त आन्दोलित, बुझेनन् शव

पाेखरा । तनहुँको म्याग्दे गाउँपालिका ५, छाङपाटनका टोप बहादुर कुमाल मिस्त्री काम गर्दै आएका थिए । बिहान ७ बजे घरबाट काममा निस्कने उनी खाना खाएर पुनः काममै खटिन्थे, राति अबेरसम्म पनि घर आइपुग्थेनन् । मजदुरी काम गरेर परिवार पालिरहेका थिए । घरमा बुवाआमासहित श्रीमती समिक्षा, दुई छोरा र एक छोरी छन् ।

अस्ति विहीबार राति श्रीमती समिक्षालाई ‘श्रीमानलाई अरिंगालले टोक्यो’ भन्दै फोन आयो । कुमालसहितका साथीहरू मिलेर बेलुकी ८ बजे सेती नदीको किनारमा सिसौको रूखमा रहेको अरिङ्गालको गोला पोलेका थिए। गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर उनलाई घाइते बनाएको थियो।  अरिंगालको गोलो पोल्ने क्रममा दर्जनौंले चिलेपछि कुमाल बेहोस् भए । पछि उनी होसमा फर्किए । भिमादको हस्पिटल रोड स्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्रारम्भिक उपचार गरियो । उनको ल्याब रिपोर्ट हेरेपछि पोखरा रेफर गरियो ।

परिवारले रातारात पोखरा १०, शिवचोक स्थित अन्नपूर्ण हस्पिटलमा ल्याएर भर्ना गर्‍याे । जुन हस्पिटल बाल तथा स्त्री रोग विशेष हस्पिटल हो । त्यहाँ कुमाललाई डा. सुरज लामिछानेको टीमले हेर्‍याे । ईमजेन्सीमा भर्ना भई सोहि दिन नै अन्नपूर्ण हस्पिटलले आइसियूमा ५ नम्बर बेडमा राख्यो । ल्याब रिपोर्ट पश्चात् मुटु, मिर्गौलाले राम्रो काम नगरेको, मिर्गौला डायलोसिस नहुने भन्दै शुक्रबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रेफर गरेको रिपोर्टमा देखिन्छ ।

अन्नपूर्ण हस्पिटल श्रोतले बिरामीको परिवारले कम खर्च हुने ठाउँ जाने भनेपछि आफूहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जान सुझाएको बताएको छ । पिशाव रोकिएपछि डायलोसिस गर्नुपर्ने भएकाले रेफर गरिएको त्यहाँको एक डाक्टरले नाम नबताउने शर्तमा बताए । त्यहाँ रहुन्जेल टाेपबहादुरकाे पिशाव राेकिनुबाहेक अरू अवस्था त्यति गम्भीर नभएकाे अन्नपूर्ण हस्पिटल श्राेत बताउँछ ।

अन्नपूर्णबाट रेफर बिरामी स्विकारेकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आईसीयूमा बेड नभएको भन्दै मेडिकलको सामान्य वार्ड बेड नं. २२ मा राख्यो । आवश्यक उपचार पनि थालेन । उपचार नै नपाई शनिबार बिहान साढे ८ बजे टोपबहादुरको प्राण उड्यो । गण्डकी हस्पिटल नामले परिचित यहाँको सरकारी अस्पतालको यस्तो गम्भिर लापरबाहीले बिरामीको ज्यान अनाहकमा गयो ।

मजदुरी काम गर्ने टोपबहादुरको निधनपछि परिवारको बिचल्ली भएको छ । श्रीमती, १२ वर्षकी छोरी, ८ र ५ वर्षको छोराको भविष्य अन्धकार बनेको छ । आईसियूमा बेड नहुँदा पनि छैन भनेर जानकारी नदिई आईसियूमा राखिरहेको बिरामीलाई मेडिकल वार्डको सामान्य बेडमा राख्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लापरबाहीले कुमाल परिवारकाे घर धान्ने खम्बा ढलेकाे छ ।

संलग्न डाक्टरको गैरजिम्मेवार जवाफ

पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले आईसियूमा १० बेडमात्र रहेको बताउँदै बेड अभावले आईसियूमा राख्न नसकेको प्रतिक्रिया दिए । यस घटना सम्बन्धमा बोल्न आग्रह गर्दा आफू आइहाल्ने भन्दै सञ्चारकर्मीमाझबाट उनी हिँडे ।

उपचारमा संलग्न डाक्टरहरुको प्रतिक्रिया भने निकै गैरजिम्मेवार छ । मृतकका आफन्तहरुसँग मेडिकल वार्डमा भएको कुराकानीमा डा. गोविन्द रावतले भर्ना भइरहेका विरामी आफूहरुको पहिलो प्राथमिकतामा रहने बताए ।

उनले मृतकका आफन्तमाझ गैरजिम्मेवार ढंगले भनेका छन् ‘आज तपाईंहरुको विरामीको सट्टा अर्को बुवाको जीवन बाँचेको छ । माथि हुनुहुन्छ । जो पहिले आयो उहाँहरु नै प्राथमिकतामा राख्ने हो । तपाईंहरुको बिरामीमा मूख्य कुरा डायलोसिस गर्नुपर्ने अवस्था हो । डायलोसिस दिउँसो हुन्छ । सरकारी हस्पिटल हो । राति हुँदैन । त्यहीपनि बिदाको दिन, कति गाह्रो हुन्छ ।’

२७ गते रक्षाबन्धनको दिन मेडिसिन डिपार्टमेन्टमा ड्युटीमा रहने डाक्टरहरुको नामावली तालिकामा डा. गोविन्द रावत र डा. उमेश ढुंगाना अन ड्युटीमा रहेका छन् । डा. शरद बराल र डा. सुदीप त्रिपाठी फर्स्ट अन कल तथा डा. विश्वराज बराल सेकेण्ड अन कलमा रहेका छन् ।

परिवारले भने संलग्न डाक्टरको भनाईलाई अति गैरजिम्मेवार भनेका छन् । उनीहरुको एक स्वर छ – ‘पहिलो त अन्नपूर्ण हस्पिटलले डायलोसिस गर्नुपर्ने भयो भनेर यहाँ रेफर गरेपछि बेड नहुँदा यहाँबाट बेड छैन भन्नुपर्ने थियो । अन्नपूर्णमै आईसियूमा रहेको बिरामीलाई सिधै बेड नभएको भन्दै मेडिकल वार्डको २२ नं. बेडमा राखियो । रातभर बिरामी छट्पटाउँदा नर्सहरुबाट आवश्यक सहयोग पनि भएन । डाक्टरले पनि हेरेनन् । तर, अहिले भने यति यति बेला औषधि दिएको भनेर कागजमा लेखेका छन् । ठाम नभएपछि हिजै हामीलाई भनेको भए अर्को सुविधासम्पन्न हस्पिटलमा लाने थियौँ नि । यहाँ ज्यान गयो । परिवार उजाडियो । डाक्टर नर्सहरु भने तपाईंहरुका कारण अर्को बिरामी बाँचेको छ भन्छन् । अर्को बाँच्ने खालको बिरामी सट्टा उपचार गरिहाल्नुपर्ने गम्भिर बिरामीलाई आईसियूमा राखेर उपचार किन गरिएन ? यहाँ सरासर डाक्टरहरुले लापरबाही गरेका छन् । ज्यान गएको छ । यिनीहरुमाथि कारबाही हुनुपर्छ ।’

बुझेनन् शव

यस घटना सम्बन्धमा गम्भिर ढंगले छानविन गर्नुपर्ने परिवारको माग छ । गम्भिर लापरबाही गर्ने अस्पताल, संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय, कास्कीमा निवेदन पनि दिएका छन् ।

मृतकका दाजु उत्तरसिंह कुमालले अस्पतालले गम्भिर लापरबाही गरेकाले अबका दिनमा यस्तो लापरबाही दोहोरिन नदिन र अनाहकमा सर्वसाधारणको ज्यान नजाउन् भन्नका लागि पनि चुप लागेर बस्ने अवस्था नरहेको बताए ।

गाउँबाट ठूलो समूहमा आफन्तहरु पोखरा आउँदै गरेको र अस्पतालले मागबारे सुनुवाई नगरे आन्दोलनमा उत्रने उनले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
गण्डकी क्षेत्र

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

by राम बहादुर रोकाहा
2026 September 8 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

2026 September 8 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews