Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको डब्लूआरसीमा चट्टान र सुरुङ विषयको पढाइ शुरु

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखराको डब्लूआरसीमा चट्टान र सुरुङ विषयको पढाइ शुरु
ShareTweetSend

पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इन्जिनियरिङको पढाइ शुरु भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारेपनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो विषयको पठनपाठन सुरु भएको हो ।

क्याम्पसमा सो कोर्षको अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराएको छ । पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापन लगायतमा सो विश्वविद्यालयले सघाएको हो ।

गत कार्तिकमै पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको गरेको थियो । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा शुरु हुनेछ ।

क्याम्पस प्रमुख रामप्रसाद पौडेलले सिभिल इन्जिनियरिङमा स्नातक पास भई इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन शुरु गरिएको  बताए । उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन शुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ ।

पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिनियरिङको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए । उनले भने, “रक एण्ड टनेल हालको अवस्थामा बढी जनशक्ति माग भएको क्षेत्र हो, देशले खोजेको जनशक्ति स्वदेशमै उत्पादनका गर्ने योजनाअनुसार यस वर्षदेखि कक्षा शुरु गरेका हौँ, कोरोनाले प्रभाव पारे पनि अहिले अनलाइन विधिबाट अध्यापन थालनी गरेका छौँ ।”

क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एशोसिएशन, हाइड्रो ल्याब, एनइए इन्जिनियरिङ लगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । सो कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ ।

सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ ।

“नेपाली विषयविज्ञ जो हाल विदेशमा हुनुहुन्छ उहाँहरु अध्यापनका लागि आउन तयार रहनुभएको छ त्यसका साथै नेपाल टनेलिङ एशोसिएशनमा २०० जति विज्ञ आबद्ध हुनहुन्छ, उहाँहरुबाट सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिन्छौँ ।” उनले भने ।

यसअघि, क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ इन्जिनियरिङको पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ शुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिए ।

उनले भने, “प्रोग्रामका हिसाबले रक एण्ड टनेल देशमै पहिलो हो, हाम्रोजस्तो पहाडी चट्टानी भौगोलिक अवस्था भएको मुलुकमा रेल, सडक, जलविद्युत्, सिँचाइलगायत जति पनि पूर्वाधारका काममा सुरुङ निर्माण अपरिहार्य छ । गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो देखाएको छ ।”

यस विषयको पाठ्यक्रम भौगोलिक अवस्थिति अध्ययन, चट्टान अन्वेषण, अन्वेषण प्रविधि, कन्स्ट्रक्सन प्रविधिलगायतमा केन्द्रित रहेको संयोजक जिसीको भनाइ छ । यसबाट उत्पादित जनशक्ति पूर्वाधार आयोजनामा उच्च माग भएका हुने बताइन्छ । गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न १० लाख बजेट उपलब्ध गराएको सरकारले चालू वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरेको छ ।

सहायक क्याम्पस प्रमुख निर्मल प्रसाद बरालको संयोजकत्वमा उपप्राध्यापक धुब्र कुमार वाग्लेसहितको ३ सदस्यीय समिति शुरूवातदेखि नै पाठ्यक्रम विकास कार्यशालामार्फत पाठ्यक्रम निर्माण तथा सञ्चालनका लागि खटिएको थियो ।

इञ्जिनियरिङ अध्ययन संस्थानका डीन डा. शशीधरराम जोशीले राष्ट्रको आवश्यकता र मागका आधारमा नयाँ नयाँ कोर्ष शुरु गर्दै जाने बताए । जोशीले पहिलो ब्याचका विद्यार्थीलाई शुभकामना दिँदै देशले खोजेको जस्तो दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिए । चट्टान तथा सुरुङ इन्जिनियरिङको जनशक्तिको अहिले देशभित्र माग उच्च रहेको बताउँदै उनले भने “सुरुङमार्ग निर्माणका कतिपय योजना रहे पनि जनशक्ति अभावमा ती योजना आशातीतरुपमा अघि बढ्न सकेका छैनन्, देशभित्रै दक्ष जनशक्तिको उत्पादनमा यहीको शिक्षाले सघाउने छ ।”

एनटीएनयूका प्रोफेसर डा. कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इन्जिनियरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताए । नेपाल टनेलिङ एशोसिएशनका अध्यक्ष डा ज्ञानेन्द्रलाल श्रेष्ठले कोर्षको सफलताका लागि एशोसिएशनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी पश्चिमाञ्चल क्याम्पसले यसै वर्षदेखि स्नातकोत्तर तहमा ‘जिइयोम्याट्रिक्स इन्जिनियरिङ’को पनि पढाइ शुरु गरेको छ । काठमाडौँ विश्वविद्यालय पछि पोखरामा यस विषयको पढाइ शुरु भएको हो । जिइयो म्याट्रिक्समा स्नातक विसं २०६९ बाट शुरु भएकामा अहिले स्नातकोत्तरको समेत अध्यापन शुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताए । यस कार्यक्रममा १६ जना विद्यार्थी छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल
गण्डकी क्षेत्र

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई
कास्की

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई

by गण्डकी न्यूज
2025 July 27 मा प्रकाशित
एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
गण्डकी क्षेत्र

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

by राम बहादुर रोकाहा
2025 June 28 मा प्रकाशित
स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने
Main News 1

स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

by राम बहादुर रोकाहा
2025 March 18 मा प्रकाशित
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
गण्डकी क्षेत्र

सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण

by राम बहादुर रोकाहा
2025 March 16 मा प्रकाशित
पहिलो पाइला पोखराको स्याङ्जामा शिक्षा अभियान
Breaking 2

पहिलो पाइला पोखराको स्याङ्जामा शिक्षा अभियान

by राम बहादुर रोकाहा
2025 March 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जाका बन्द रहेका पालिका आइतबारदेखि खुल्ने

2025 September 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जामा फेरि लाग्यो कर्फ्यू, भोली बिहान ६ बजेसम्म लागू हुने

2025 September 12 मा प्रकाशित
स्याङ्जामा सामान्य अवस्था फर्किदै, कर्फ्यू हटाइयो

स्याङ्जामा पुनः कर्फ्यू आदेश जारी

2025 September 11 मा प्रकाशित
स्याङ्जा जिल्ला अदालतमा केही सेवा मात्र सञ्चालन, बाँकी स्थगित

स्याङ्जा जिल्ला अदालतमा केही सेवा मात्र सञ्चालन, बाँकी स्थगित

2025 September 11 मा प्रकाशित
स्याङ्जामा सामान्य अवस्था फर्किदै, कर्फ्यू हटाइयो

स्याङ्जामा सामान्य अवस्था फर्किदै, कर्फ्यू हटाइयो

2025 September 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews