Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

भाडाको घरबाट सीमित सेवा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीस्थित यवादीमा खहरेधनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । भवन निर्माण अलपत्र परेपछि औषधालयले भाडाको घरबाट सीमित सेवा दिँदै आएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ५८ लाख ८६ हजार एक सय ५५ रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता भएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्षसम्म पनि भवन आधामै रोकिएको छ ।

संघीय सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको करिब आधा काम मात्र पूरा भएको छ । तोकिएको समयमा निर्माण नसकिएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरिसकेको छ ।

भदौ मसान्तसम्म पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाए ठेक्का रद्द गर्ने तयारी रहेको लम्सालले बताए । उनका अनुसार कार्यालयको चाहना सकेसम्म यही निर्माण कम्पनीबाट भवन पूरा गराउने हो ।

‘निरन्तर काम गरेको भए समय धेरै लाग्ने थिएन, अहिले पनि आधाजसो काम बाँकी छ,’ उनले भने ।

निर्माण अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन । स्थानीय र जनप्रतिनिधिले समेत काम तीव्र बनाउन आग्रह गर्दै आएका छन् ।

वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले बनाइन लागेको भवन निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको बताए । समस्या भए स्थानीय र जनप्रतिनिधिले सहजीकरण गर्ने बताउँदा पनि निर्माण कम्पनीले काम अघि नबढाएको उनको भनाइ छ ।

भवन नहुँदा औषधालयले दिने सेवासमेत प्रभावित भएको छ । कार्यालय प्रमुख हरिप्रसाद अर्यालका अनुसार अहिले भाडाको घरबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार र परामर्श मात्रै सञ्चालन भइरहेको छ ।

भवन अभावकै कारण मेडिकल योगा, शिरोधारा तथा औषधि निर्माणलगायतका सेवा सञ्चालन हुन सकेका छैनन् ।

धनुबाँसे मात्रै होइन, स्याङ्जाका अन्य आयुर्वेद स्वास्थ्य संस्थाका भवन निर्माण पनि लामो समयदेखि अधुरै छन् । अर्जुनचौपारी गाउँपालिकाको आरुचौर आयुर्वेद औषधालय, आँधीखोला गाउँपालिकाको सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्रसमेत करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews