Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

मध्यरातमा अघोर पूजा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 11 मा प्रकाशित
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नवग्रह धाममा तीन दिनसम्म विशेष धार्मिक अनुष्ठान हुने भएको छ । देशकै पहिलो नवग्रह मन्दिरका रूपमा चिनिँदै आएको धाममा भाद्र २७, २८ र २९ गते क्षमा पूजा तथा अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प महाअनुष्ठानको तयारी गरिएको हो ।

भोटेकोशीमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन नागरिकको शान्तिको कामना गर्दै क्षमा पूजा तथा मानव जीवनमा देखिने ग्रहदोष शान्ति र सर्वसिद्धिका लागि महाअनुष्ठान गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावनाका साथ आयोजना हुने अनुष्ठान सामान्य पूजा वा हवनमा मात्र सीमित नरहने आयोजकको दाबी छ । कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित विधानअनुसार महाअनुष्ठान गरिने अध्यक्ष तिवारीले बताए ।

उनका अनुसार कलियुगको शास्त्रोक्त विधानअनुसार पाँच लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजप गरिनेछ । वैदिक ब्राह्मणद्वारा सूर्यका लागि सात हजार, चन्द्रका लागि ११ हजार, मङ्गलका लागि १० हजार, बुधका लागि नौ हजार, गुरुका लागि १९ हजार, शुक्रका लागि १६ हजार, शनिका लागि २३ हजार, राहुका लागि १८ हजार र केतुका लागि १७ हजार मन्त्रजप गरिनेछ । त्यसपछि निर्धारित विधिअनुसार त्यसको चार गुणा जप पूरा गरिने आयोजकले जनाएको छ ।

जपपछि नवग्रहका लागि तोकिएका वनस्पति तथा समिधाबाट हवन गरिनेछ । सूर्यका लागि आँक, चन्द्रका लागि पलाश, मङ्गलका लागि खदिर र शनिका लागि शमीसहित ग्रहअनुसारका सामग्री प्रयोग गरिने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।

हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा जडीबुटीयुक्त नवधान्य र अन्य द्रव्यको आहुति दिने तयारी छ । नवग्रहसँग सम्बन्धित अधिदेवता र प्रत्यधिदेवताका लागि पनि विशेष तर्पण तथा आहुति गरिने आयोजकले जनाएको छ । सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुसहित सम्बन्धित देवताको पूजा गरिनेछ ।

मध्यरातमा अघोर पूजा
महाअनुष्ठानको मुख्य आकर्षणका रूपमा भदौ २८ गते मध्यराति १२ बजे अघोर पूजा तथा तान्त्रिक विधिअनुसार सात्त्विक बलि दिने कार्यक्रम राखिएको छ । आयोजकका अनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलि दिइनेछ ।

मन्त्रको अखण्ड गुञ्जनबीच गरिने उक्त विधिले यजमान तथा दर्शनार्थीमा रहेको ग्रहदोष, अदृश्य बाधा र संकट हट्ने धार्मिक विश्वास रहेको आयोजकले बताएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने महाअनुष्ठानमा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । हरेक वर्ष गणेश चतुर्थीको अवसरमा धार्मिक कार्यक्रम हुँदै आए पनि नवग्रह मन्दिर निर्माणपछि पहिलोपटक यस प्रकारको महाअनुष्ठान गर्न लागिएको हो ।

मन्दिर नवभूज आकारमा निर्माण गरिएको छ । आकाशतर्फ फर्किएको २७ फिट अग्लो मन्दिरमा सौर्यमण्डल तथा ब्रह्माण्डको प्रतिमासमेत राखिएको छ । महाअनुष्ठानमा सहभागी हुने भक्तजनले उक्त संरचना तथा प्रतिमा प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews