स्याङ्जाको वालिङमा अवैध रूपमा नदीजन्य पदार्थ बालुवा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
प्रहरीले गत २४ साउनमा वालिङ नगरपालिका–१३ गाहाखोला क्षेत्रमा अवैध रूपमा बालुवा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा ग १ त ४४६४ नम्बरको ट्याक्टर फेला पारेको थियो ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वालिङ नगरपालिका कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
नगरपालिकाले बुधबार ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना तिराएपछि ट्याक्टर छाडिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको छ ।















