Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ShareTweetSend

स्याङ्जा जिल्लाका फलफूल तथा पशुपालन व्यवसायमा संलग्न कृषकले गत आर्थिक वर्ष २०८२/८३ मा दुई करोड ३३ लाख ४३ हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोनअन्तर्गत आबद्ध कृषकलाई विभिन्न शीर्षकमा उक्त रकम वितरण गरिएको हो ।

कार्यालयका अनुसार अनुदानबाट ५८ सहकारी, ९० कृषक समूह, २८५ उद्यमी कृषक, चार कम्पनी र दुई प्राविधिक विद्यालयमार्फत करिब पाँच हजार कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार उन्नत प्रविधि विस्तार तथा खेतीको क्षेत्रफल बढाउन ४९ लाख २७ हजार रुपैयाँ, कृषिमा उद्यमशीलता विकासका लागि ४३ लाख ७४ हजार रुपैयाँ तथा सिँचाइ पूर्वाधार निर्माणका लागि ४० लाख ५२ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

यस्तै कृषि यान्त्रीकरणका लागि २७ लाख रुपैयाँ तथा बगैँचा सुदृढीकरण र बाली संरक्षणका सामग्री वितरणका लागि २१ लाख रुपैयाँ खर्च गरिएको छ । भैँसी प्रवर्द्धन तथा मासु निर्यात कार्यक्रमअन्तर्गत ११ लाख ९१ हजार रुपैयाँ बराबरका पाडापाडी वितरण गरिएको उनले जानकारी दिए ।

त्यसैगरी साइलो बंकर निर्माणमा १० लाख ६३ हजार रुपैयाँ, गोठ सुधारमा नौ लाख ३७ हजार रुपैयाँ, दाना बनाउने मेसिन खरिदमा सात लाख रुपैयाँ तथा कृषि उपजको लेबलिङ र प्याकेजिङका लागि सात लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

नर्सरी स्रोत केन्द्र स्थापना गर्न छ लाख रुपैयाँ, शिक्षालयसँग व्यावसायिक उत्पादन साझेदारी कार्यक्रम सञ्चालनका लागि चार लाख ८१ हजार रुपैयाँ तथा दूध प्रशोधन सामग्री खरिदका लागि एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

साना सिँचाइ आयोजनाका लागि ९८ हजार रुपैयाँ, घाँसको बीउ खरिदमा ७३ हजार रुपैयाँ तथा चैते धानको क्षेत्रफल विस्तार गर्न २२ हजार रुपैयाँ अनुदान वितरण गरिएको कार्यालयकी सूचना अधिकारी तथा कृषि अधिकृत प्रतिभा बुढाथोकी क्षेत्रीले बताइन् ।

गत आर्थिक वर्ष सुन्तलामा ९३ हेक्टर, आँप–लिचीमा १० हेक्टर, कफीमा सात हेक्टर र अदुवा–बेसारमा पाँच हेक्टर गरी कुल १४५ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य लिइएको थियो । तीमध्ये ११५ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न सफल भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिइन् ।

सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतमार्फत सुन्तलामा १३ हेक्टर, आँप–लिचीमा २.५ हेक्टर, कफीमा १.५ हेक्टर तथा चैते धान प्रवर्द्धनका लागि ८.५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको पनि कार्यालयले जनाएको छ ।

यस्तै, यान्त्रीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सुन्तला उत्पादक तथा पशुपालक कृषकलाई २९ वटा मिनी टिलर, १३ वटा कम्बाइन मिल, दुई वटा थ्रेसर, प्रशोधन मेसिन, २९६ वटा आरी, ३३१ वटा सिकेचर, ६९ वटा ह्यान्ड स्प्रे, ८७ वटा चार्जिङ स्प्रे, तराजु, पानी ट्याङ्की, निलोतुथो, क्रेट तथा कार्टुनलगायत कृषि सामग्री वितरण गरिएको छ ।

कार्यालयको गत आर्थिक वर्षको चालु तथा पुँजीगत गरी कुल बजेट छ करोड ७० लाख रुपैयाँ रहेको थियो । त्यसमध्ये चार करोड ३६ लाख रुपैयाँ खर्च हुँदा वित्तीय प्रगति ६५ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार गत आर्थिक वर्ष कृषक प्रोत्साहन कार्यक्रमका लागि करिब सात करोड रुपैयाँ बजेट विनियोजन भए पनि चालु आर्थिक वर्ष २०८३/८४ मा बजेट कटौती भई चार करोड रुपैयाँमा सीमित भएको छ । उनका अनुसार बजेट घटे पनि उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै कृषकलाई उत्पादनमुखी कार्यक्रममार्फत सहयोग गर्ने योजना रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews