Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 1 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
ShareTweetSend

स्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ । उत्पादन बढ्दै जाँदा जिल्लाको सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट २० हजार ८८२ मेट्रिक टन सुन्तला बाहिर निकासी हुँदा एक अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।

गत वर्ष जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादनमध्ये दुई हजार ३५६ मेट्रिक टन सुन्तला घरायसी उपभोग तथा कोसेलीका रूपमा जिल्लामै खपत भएको कार्यालयले जनाएको छ ।

अधिकारीका अनुसार कार्यक्रम कार्यान्वयन एकाइले गत आर्थिक वर्ष ८५ प्रतिशत भौतिक र ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम सुरु हुँदा आर्थिक वर्ष २०७३/७४ मा ८८६ हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती हुँदै आएको थियो । अहिले त्यो विस्तार भएर दुई हजार ४५० हेक्टर पुगेको छ ।

स्याङ्जाको सुन्तला रसिलो, चिल्लो र स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको अधिकारीले बताए । पुतलीबजार नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा सुन्तलाले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा सुन्तलाबाट जाम, जुस, वाइन तथा सौन्दर्य सामग्रीसमेत उत्पादन हुन थालेपछि यसको व्यावसायिक सम्भावना थप विस्तार भएको छ ।

गत आर्थिक वर्ष किसान प्रोत्साहन कार्यक्रमका लागि सात करोड रुपैयाँ बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्ष २०८३/८४ मा भने उक्त बजेट घटेर चार करोड रुपैयाँमा सीमित भएको अधिकारीले जानकारी दिए ।

कार्यालयले सुन्तला, कफी, आँप, लिची, अदुवा र बेसारलाई सुपरजोन कार्यक्रमअन्तर्गत समेट्दै आएको छ । गत वर्ष सुन्तलाको ९३ हेक्टर, आँप–लिचीको १० हेक्टर, कफीको सात हेक्टर तथा अदुवा–बेसारको पाँच हेक्टर क्षेत्रफल विस्तार गरिएको थियो । १४५ हेक्टर विस्तार गर्ने लक्ष्य रहे पनि ११५ हेक्टरमा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको कार्यालयले जनाएको छ ।

सिँचाइ पूर्वाधारतर्फ सुन्तलाका लागि १३ हेक्टर, आँप–लिचीका लागि २.०६ हेक्टर, कफीका लागि १.५५ हेक्टर तथा चैते धान प्रवर्द्धनका लागि ८.५ हेक्टर क्षेत्रफलमा सिँचाइ निर्माण तथा मर्मत गरिएको छ ।

जिल्लामा हाल ४३९ कृषि संघ–संस्था राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग आबद्ध छन् । तीमध्ये २८५ कृषि उद्यमी, ९० कृषि समूह, ५८ सहकारी, चार कम्पनी र दुई प्राविधिक शिक्षालय रहेका छन् ।

सुन्तला, आँप–लिची, कफी तथा अदुवा–बेसारको ११५ हेक्टर क्षेत्रमा उन्नत प्रविधिसहित खेती विस्तार गर्न ४९ लाख २७ हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै २९ मिनी टिलर, १३ कम्बाइन मिल, दुई थ्रेसर, २९६ आरी, ३३१ सिकेचर, ६९ ह्यान्ड स्प्रे र ८७ चार्जिङ स्प्रेसहित विभिन्न कृषि उपकरण वितरणमा २७ लाख सात हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी तरकारी, अकबरे खुर्सानी, कुखुरापालन, बंगुरपालन, मौरीपालन तथा सुन्तलाको बोक्राबाट फेसप्याक, साबुन र अचार उत्पादनलगायत १५ वटा कृषि उद्यम सञ्चालनका लागि ४३ लाख ७४ हजार रुपैयाँ लगानी गरिएको छ ।

यद्यपि सुन्तला उत्पादनसँगै केही चुनौती पनि रहेको अधिकारीले बताए । उनका अनुसार सिट्रस ग्रीनिङ रोग लागेका बगैंचा व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नहुँदा रोग नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

त्यसैगरी जिल्लामा सुन्तला भण्डारणका लागि पर्याप्त चिस्यान केन्द्र नहुँदा किसानले अफ सिजनमा राम्रो मूल्य पाउने अवसर गुमाइरहेका छन् । सुन्तलाका लागि कोल्ड स्टोर परीक्षणकै चरणमा रहेको र सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको अभाव देखिएको अधिकारीले बताए । उनका अनुसार सिङ्गल–च्याम्बर कोल्ड स्टोर सञ्चालन गर्न दक्ष जनशक्ति आवश्यक छ भने भविष्यमा बहु–च्याम्बरयुक्त चिस्यान केन्द्र निर्माणको आवश्यकता पनि देखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान
गण्डकी क्षेत्र

बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

by राम बहादुर रोकाहा
2026 October 27 मा प्रकाशित
गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’
Breaking 2

गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’

by राम बहादुर रोकाहा
2026 October 26 मा प्रकाशित
नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै
गण्डकी क्षेत्र

नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै

by राम बहादुर रोकाहा
2026 October 26 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
Main News 1

दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख

by राम बहादुर रोकाहा
2026 October 26 मा प्रकाशित
बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो
गण्डकी क्षेत्र

बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो

by राम बहादुर रोकाहा
2026 October 25 मा प्रकाशित
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
Breaking 1

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 October 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

2026 October 27 मा प्रकाशित
गुल्मीमा स्कार्पियो दुर्घटना : स्याङ्जाका पूर्व जिसस उपप्रमुख बगालेसहित ६ जनाको मृत्यु

गुल्मीमा स्कार्पियो दुर्घटना : स्याङ्जाका पूर्व जिसस उपप्रमुख बगालेसहित ६ जनाको मृत्यु

2026 October 26 मा प्रकाशित
गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’

गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’

2026 October 26 मा प्रकाशित
नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै

नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै

2026 October 26 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख

2026 October 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews