Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 1 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
ShareTweetSend

स्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ । उत्पादन बढ्दै जाँदा जिल्लाको सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट २० हजार ८८२ मेट्रिक टन सुन्तला बाहिर निकासी हुँदा एक अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।

गत वर्ष जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादनमध्ये दुई हजार ३५६ मेट्रिक टन सुन्तला घरायसी उपभोग तथा कोसेलीका रूपमा जिल्लामै खपत भएको कार्यालयले जनाएको छ ।

अधिकारीका अनुसार कार्यक्रम कार्यान्वयन एकाइले गत आर्थिक वर्ष ८५ प्रतिशत भौतिक र ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम सुरु हुँदा आर्थिक वर्ष २०७३/७४ मा ८८६ हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती हुँदै आएको थियो । अहिले त्यो विस्तार भएर दुई हजार ४५० हेक्टर पुगेको छ ।

स्याङ्जाको सुन्तला रसिलो, चिल्लो र स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको अधिकारीले बताए । पुतलीबजार नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा सुन्तलाले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा सुन्तलाबाट जाम, जुस, वाइन तथा सौन्दर्य सामग्रीसमेत उत्पादन हुन थालेपछि यसको व्यावसायिक सम्भावना थप विस्तार भएको छ ।

गत आर्थिक वर्ष किसान प्रोत्साहन कार्यक्रमका लागि सात करोड रुपैयाँ बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्ष २०८३/८४ मा भने उक्त बजेट घटेर चार करोड रुपैयाँमा सीमित भएको अधिकारीले जानकारी दिए ।

कार्यालयले सुन्तला, कफी, आँप, लिची, अदुवा र बेसारलाई सुपरजोन कार्यक्रमअन्तर्गत समेट्दै आएको छ । गत वर्ष सुन्तलाको ९३ हेक्टर, आँप–लिचीको १० हेक्टर, कफीको सात हेक्टर तथा अदुवा–बेसारको पाँच हेक्टर क्षेत्रफल विस्तार गरिएको थियो । १४५ हेक्टर विस्तार गर्ने लक्ष्य रहे पनि ११५ हेक्टरमा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको कार्यालयले जनाएको छ ।

सिँचाइ पूर्वाधारतर्फ सुन्तलाका लागि १३ हेक्टर, आँप–लिचीका लागि २.०६ हेक्टर, कफीका लागि १.५५ हेक्टर तथा चैते धान प्रवर्द्धनका लागि ८.५ हेक्टर क्षेत्रफलमा सिँचाइ निर्माण तथा मर्मत गरिएको छ ।

जिल्लामा हाल ४३९ कृषि संघ–संस्था राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग आबद्ध छन् । तीमध्ये २८५ कृषि उद्यमी, ९० कृषि समूह, ५८ सहकारी, चार कम्पनी र दुई प्राविधिक शिक्षालय रहेका छन् ।

सुन्तला, आँप–लिची, कफी तथा अदुवा–बेसारको ११५ हेक्टर क्षेत्रमा उन्नत प्रविधिसहित खेती विस्तार गर्न ४९ लाख २७ हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै २९ मिनी टिलर, १३ कम्बाइन मिल, दुई थ्रेसर, २९६ आरी, ३३१ सिकेचर, ६९ ह्यान्ड स्प्रे र ८७ चार्जिङ स्प्रेसहित विभिन्न कृषि उपकरण वितरणमा २७ लाख सात हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी तरकारी, अकबरे खुर्सानी, कुखुरापालन, बंगुरपालन, मौरीपालन तथा सुन्तलाको बोक्राबाट फेसप्याक, साबुन र अचार उत्पादनलगायत १५ वटा कृषि उद्यम सञ्चालनका लागि ४३ लाख ७४ हजार रुपैयाँ लगानी गरिएको छ ।

यद्यपि सुन्तला उत्पादनसँगै केही चुनौती पनि रहेको अधिकारीले बताए । उनका अनुसार सिट्रस ग्रीनिङ रोग लागेका बगैंचा व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नहुँदा रोग नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

त्यसैगरी जिल्लामा सुन्तला भण्डारणका लागि पर्याप्त चिस्यान केन्द्र नहुँदा किसानले अफ सिजनमा राम्रो मूल्य पाउने अवसर गुमाइरहेका छन् । सुन्तलाका लागि कोल्ड स्टोर परीक्षणकै चरणमा रहेको र सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको अभाव देखिएको अधिकारीले बताए । उनका अनुसार सिङ्गल–च्याम्बर कोल्ड स्टोर सञ्चालन गर्न दक्ष जनशक्ति आवश्यक छ भने भविष्यमा बहु–च्याम्बरयुक्त चिस्यान केन्द्र निर्माणको आवश्यकता पनि देखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews